Please Update Your Browser.

देवी ज्ञवालीको भनाई, भरतपुर महानगरलाई स्मार्ट सिटी बनाइदैं

शिशिर सिंखडा,

चितवन, २० बैशाख । नेकपा एमाले भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार देवी ज्ञवालीले भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन आफु लागीपरेको बताएका छन् ।

नेकपा एमाले भरतपुर महानगर कमिटी वडा नंं ३ ले नारायणगढमा आयोजना गरेको घरदैलो कार्यक्रम पश्चात बोल्दै मेयरका उम्मेदवार ज्ञवालीले स्वच्छ, सफा, हराभरा महानगर बनाउन नेकपा एमालेले गुरुयोजनाका साथ अगाडि बढेको बताए ।

Displaying 123.jpg

नारायणगढको बेलचोकमा आयोजित कोणसभामा ज्ञवालीले नगरलाई यातायात, ट्राफिक र पार्किङ्गको उचित व्यवस्थापन गर्ने, नारायणी किनार र नगर वनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, औद्योगिक क्षेत्रको रुपमा र मेडिकल सिटीको रुपमा चितवनलाई विकास गर्ने बताए ।

पर्यटकीय सम्भावना बोकेको चितवनलाई पर्यटकको गन्तव्यको रुपमा विकास गरी कृषियोग्य जमिनलाई व्यवस्थित गरी आधुनिक कृषि प्रणालीमा खेती गर्ने तर्फ आफु प्रतिवद्ध रहेको बताए ।

देशकै नमुना नगरको रुपमा विकास गरी भरतपुर महानगरपालिकालाई विश्वकै गन्तव्य स्थलको रुपमा विकास गर्न नेकपा एमालेलाई मतदान गरी विजयी गराउन समेत उनले अनुरोध गरे ।

कार्यक्रममा नेकपा एमाले वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार खोमकान्त रेग्मीले तरकारी मण्डीलाई व्यवस्थित गर्ने, वडा भित्र वधशालाको व्यवस्थापन गर्ने, खाडलरहित सडक बनाई नमुना वडाको रुपमा विकास गर्ने, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्ग, दलित, आदिवासी, महिला, जनजाती, मुस्लिम र पछाडी पारिएका वर्गको उत्थानको लागि विभिन्न कार्यक्रम संचालन गर्ने बताए ।

वडामा रहेका सम्पूर्ण टोल विकास संस्थालाई संस्थागत रुपमा विकास गर्ने बताउँदै वडा अध्यक्षका उम्मेदवार रेग्मीले शिक्षा, स्वास्थ्य र रोजगारीको अधिकारलाई सुनिश्चित गर्न नेकपा एमाले प्रतिवद्ध रहेको समेत उनले बताए ।

नेकपा एमाले भरतपुर महानगरपालिका वडा नं. ३ को आयोजनामा भएको घरदैलो कार्यक्रममा महानगरपालिकाको मेयरका उम्मेदवार देवी ज्ञवाली, उपमेयरको उम्मेदवार दिव्या शर्मा आचार्य, प्रदेश नं. ३ का सदस्य विजय सुवेदी, वडा नं. ३ का अध्यक्षका उम्मेदवार खोमकान्त रेग्मी, सदस्यहरु दुर्गा श्रेष्ठ, विकास थापा, मनमाया रुचाल, विष्णु सापकोटा लगायत सयौं एमाले कार्यकर्ता सहभागी रहेका थिए ।

घरदैलो वडा नं. ३ को विभिन्न स्थानमा गरिएको प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष तिर्थ नेपालले जानकारी दिए ।