Please Update Your Browser.

पुरुष भन्दा बढी महिला एचआइभी संक्रमित

Image result for HIVबझाङ, २३ वैशाख । जिल्लामा पुरुषभन्दा बढी महिला एचआइभी संक्रमित भएको बझाङ जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्राप्त तथ्याङ्कअनुसार जिल्लामा पुरुषभन्दा बढी महिलामा एचआइभी संक्रमण देखिएको हो । एकसय पन्ध्र एचआइभी संक्रमित मध्ये जिल्लामा ५७ पुरुष र ५८ महिला रहेको एचआइभी काउन्सेलर अरुणा खड्काले बताइन् । तीमध्ये नौ एचआइभी संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमित मध्ये तीन बालकलाई उनकै आमाबाट एचआइभी सरेको स्वास्थ्य बताइएको छ । बालबालिका तथा महिलामा बढी एचआइभी संक्रमण हुनुको प्रमुख कारण रोजगारीकालागि छिमेकी देश भारत गएका पुरुषले असुरक्षित यौन सम्पर्क राख्नु र लापर्बाहीकाकारण महिला तथा बालबालिका समेत प्रभावित भएको जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कका आधारमा ५८ जनाले मात्र एआरटी सेवा लिइरहेका र बाँकीले सो सेवा लिन नमानेको बताइएको छ ।

पीडितहरुलाई समाजले चिनेपछि अपहेलित हुने डरले सेवा लिन नमानेको स्वास्थ्यकर्मीको भनाइ छ । जिल्लाको सबैभन्दा बढी संक्रमित रायल गाविसमा नौजना संक्रमित रहेको जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले बताए ।