Please Update Your Browser.

युद्ध गर्ने धम्की

unnamedmhgधनगढी, २३ बैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती महाकाली कमाण्ड प्रमुख ओमप्रकाश पुनले स्वतन्त्र अभिव्यक्तिलाई कुण्ठित गरे युद्ध गर्ने धम्की दिएका छन् ।

शनिबार धनगडीमा पत्रकार सम्मेलन गरी उनले सरकारले आफ्ना नेता तथा कार्यकर्तालाई विना कसुर गिरफ्तार गर्ने काम गरिरहेकोले त्यसलाई रोक्नुपर्ने बताए ।

शान्तिपूर्ण तरिकाले आफ्ना स्वतन्त्र अभिव्यक्तिहरु जनता सामु दिन खोज्दा पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक भएको र देशलाई गृहयुद्धमा धकेल्न खोजेको उनले आरोप लगाए ।

नेता पुनले यसरी सरकारले एकलौटी रुपमा पेलेर नेता तथा कार्यकर्तालाई गिफ्तार गदै जाने हो भने पार्टी चुप लागेर नबस्ने र छिट्टै युद्धको घोषण गर्ने चेतावनी दिए ।