Please Update Your Browser.

सात नम्बर प्रदेशको एकमात्रै उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिने घोषण गरेका सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमाल के भन्छन् ?

सदूूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उप–महानगरपालिकाको स्वतन्त्र उम्मेदवार गोपाल हमाल सुदूरपश्चिमका व्यवसायी हुन्। १४ वर्ष उद्योग वाणिज्य महासंघको सदस्य रहिसकेका हमालले आफ्नो कार्यकालमा कैलाली उद्योग वाणिज्य संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए। दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायहरूमा ६ सय जना बढीले रोजगारी पाइरहेका छन्। कैलालीको तत्कालीन मोनिकापुर गाविसमा जन्मिएका हमाल विगत ३३ वर्षदेखि निरन्तर उद्योग वाणिज्य क्षेत्रमा सक्रिय छन्।

सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचय गराउन उनले थालेको सुन्दर सुदूरपश्चिम अभियानले निकै चर्चा बटुलेको थियो। उनले घोषणापत्रमा समेटेका भ्रष्टाचारमा शून्य सहनशीलता, मेयरले पाउने सेवा सुविधा, गाडी र इन्धन समेत नलिने, एकीकृत सम्पत्ति करलाई वर्गीकरण गरी जनतालाई सहुलियत दिने, धनगढीसँग जोडिएको भारतीय नाकाको स्तरोन्नति गरी धनगढीबासीलाई लाभ लिन सक्ने वातावरण बनाउने तथा खुटिया दीपायल फाष्ट ट्रयाक, गेटा मेडिकल कलेज, धनगढी विमानस्थल, क्षेत्रीय आयुर्वेद औषधालय, क्षेत्रीय सहरी विकास आयोजना र सघन सहरी विकास आयोजनाहरूलाई समयमै सम्पन्न गराउने, सेती अञ्चल अस्पतालको स्तरोन्नति गरी आइसियु विस्तार गरिने र नगरबासीलाई कर, बिजुली, पानी र बिल घरमै बसीबसी तिर्ने व्यवस्था मिलाउने, ज्येष्ठ नागरिक, अपांग, एकल महिलालाई दिइने सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने व्यवस्था गर्ने जस्ता कार्यक्रमको यतिबेला धनगढीमा चर्चा हुने गरेको छ। 

रोकौं सहरको विनाशलाई, ६ भोट दललाई एक भोट विकासलाईभन्ने नाराका साथ स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिनुभएको छ। तपाईंले रोज्नुभएको नाराको तात्पर्य के हो ?

विनाश भनेको खोलानाला अतिक्रमण गरेर बाढीको समस्या, धनगढी नगर क्षेत्रभित्रका सार्वजनिक जग्गाहरू नगरविकास समितिले राजनीतिक संयन्त्रसँग मिलेर अनधिकृत जग्गा वितरण गरिसके। खोलानाला र बजार क्षेत्रको अतिक्रमणले एकातिर बजार अव्यवस्थित तथा बजार कुरुप भयो भने अर्कातिर सानो पानी आउँदा पनि बाढी आउने, बजार क्षेत्र जलमग्न हुने अवस्था आयो। सहर भनेको व्यवस्थित हुनुपर्छ भन्ने मान्यताका साथ मैले व्यवस्थित सहरको नारासहित निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ। प्राविधिक रूपमा यसपालिको निर्वाचनमा एक व्यक्तिले एकै पटक सात जनालाई मतदान गर्न पाउने छन्। वडामा वडा अध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य, दुई जना खुला सदस्य र मेयर, उपमेयर गरी सात जनालाई भोट हाल्न पाइने छ। मैले छ जना व्यक्ति राजनीतिक दलको चुन्नु भए पनि एक जना स्वतन्त्र व्यक्ति चुन्न आग्रहका साथ यो नारा लिएको हुँ।

तपाईंले इच्छाएको खण्डमा ठूला पार्टीहरूले पनि तपाईंलाई मेयरको पदमा टिकट दिन सक्थे तर स्वतन्त्र रुपमा चुनावमा उठ्ने घोषणा गर्नुको कारण चाहिँ के हो?

मैले अहिलेसम्म कुनै पनि राजनीतिक दलको साधारण सदस्यको पनि सदस्यता समेत लिएको छैन्। अर्को कुरा राजनीति गर्ने मेरो चाहना अहिलेसम्मको होइन। तर, भविष्यमा के हुन्छ तत्काल भन्न सक्दिनँ। मैले राजनीतिक दलहरूसँग आवद्ध नभएर स्वतन्त्र उम्मेदवारी दिनुको केही कारणहरू छन्।

पहिलो कुरो, मैले नगरको गुरुयोजना बनाएर योजनाबद्ध हिसाबले विकास निर्माण प्राथमिकताको आधारमा सञ्चालन गर्नका स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ। हालसम्म यहाँको परम्परा विकास निर्माण प्राथमिकताको आधारमा नभएर पहुँचका आधारमा हुँदै आएका छन्। जुन परम्परा तोड्दै जुन ठाउँमा जे आवश्यक छ, त्यस ठाउँमा सो कुराको पूर्ति मेरो प्राथमिकतामा पर्नेछ।

दोस्रो, राजनीतिक दलबाट चुनाव लड्दा इमानदार हुन अलि गाह्रो हुन्छ। दलहरूबाट चुनाव लड्दा उनका कार्यकर्ता पाल्नुपर्ने, पोस्नुपर्ने अवस्था आउन सक्छ। नगरको स्रोतलाई उनको पार्टीको स्रोतका रुपमा प्रयोग गर्न थालिन्छ। विभिन्न अवसरहरूमा आफ्नै कार्यकर्तालाई मात्रै प्राथमिकता दिनुपर्ने अवस्था रहन्छ। राजनीतिक दलबाट उठ्दा विभिन्न महत्वपूर्ण निर्णयहरूमा नगर प्रमुखको हैसियतले भन्दा पनि राजनीतिक दलको प्रतिनिधिको रुपमा गर्नुपर्ने हुन्छ।

मेरो सोचाई के हो भने सामाजिक र आर्थिक रुपमा नगरलाई विकास गराउन सही ठाउँमा प्राथमिकता के पर्छ? त्यसलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने हो। दलको कार्यकता म भएँ भने मैले त्यो गर्न सक्दिनँ। मेयर पदमा उम्मेदवारी घोषणा गर्दा मैले कुनै पनि किसिमका तलबसुबिधा, भत्ता, गाडी नलिने घोषणा गरेको छु। साथै, इमानदारितापूर्वक काम गर्दै भष्ट्राचारलाई निर्मूल पार्ने बताएको छु। यदि मैले पार्टीका तर्फबाट चुनाव लडेँ भने यी कुराहरूमा पनि अंकुश लाग्न सक्छन्। म कसैको प्रभावबिना खुला र स्वतन्त्र रुपमा विकास निर्माणमा लाग्न चाहन्छु। त्यसैले स्वतन्त्र रुपमा चुनावमा उठेको हुँ।

तपाईंले उम्मेदवारी घोषणा गर्दा धनगढीलाई पाँच वषभित्र देशकै नमूना र उत्कृष्ट सहर बनाउने उद्घोष गर्नुभएको छ। ठोस योजना के छन् तपाईसँग?

धनगढी विकासोन्मुख सहर हो। सहर ठूलो र जनसंख्या मात्रै धेरै हुनु भनेको उत्कृष्ट सहरका मापदण्ड हैनन्। गुणस्तरीय स्वास्थ्य, शिक्षा, व्यवस्थित बसोबास, यातायातका सुविधा, सञ्चारको सुविधा, पर्यावरण लगायत गुणस्तरीय जीवनयापनका लागि एउटा राम्रो सहरमा जुन सूचकहरू छन् त्यो मेरो प्राथमिकतामा पर्नेछ।

कैलाली देशमै सबैभन्दा बढी वनजंगल भएको क्षेत्र हो। धनगढी नगरभित्र मात्रै चार–पाँच वटा नदी र खोलाहरू छन्। स्रोतसाधनमा पनि अब्बल अनि एसियाली विकास बैंकको झन्डै तीन अर्ब र डेढ अर्बको सघन सहरी विकास कार्यक्रम पनि धनगढीमा लागू हुने अवस्था भएकाले यसलाई मात्रै उत्कृष्ट व्यवस्थापकीय कुशलता देखाउँदै उचित प्रयोग गर्नसक्ने हो भने धनगढीलाई देशकै उत्कृष्ट र नमूना सहरका रुपमा हामीले बनाउँन सक्छौं।

अर्को महत्वपूर्ण कुरा भनेको धनगढीका जनताहरू विकासप्रेमी भनेर चिनिन्छन्। धनगढी विमानस्थललाई देशकै दोस्रो ठूलो विमानस्थलका बनाउन हामीले थालेको एकपैसे अभियानमा हरेकले साथ दिएका छन्। कैलाली बहुमुखी क्याम्पस जसको संरचना र विद्यार्थी संख्या स्वयंमा विश्वविद्यालय बन्न योग्य छ। यो यहाँका स्थानीयहरूकै साथ र सहयोगले बनेको लगायत थुप्रै उदाहरण छन्, यहाँका जनताहरू विकास प्रेमी छन् भन्ने स्पष्ट हुन्छ। यही कुराले पनि मलाई आँट दिएको हो, मैले स्वतन्त्र रुपमा विकासको नारा लिएर जनतासामु गएँ भने उहाँहहरूले मलाई चुन्नुहुनेछ र उहाँहरूकै साथबाट मैले पाँच वर्षमा धनगढीलाई सुन्दर अनि नमूना सहर बनाउने घोषणा गरेको हुँ।

तपाईं कैलाली उद्योण वाणिज्य संघको अध्यक्ष (२०६३–६६) हुँदाबाट थालिएको सुन्दर सुदूरपश्चिमको अभियानले यस क्षेत्रका बारेमा मानिसहरूको धारणा परिवर्तन गर्दै सम्भावना देखाउन भूमिका खेलेको थियो। अहिले यो अभियानको समीक्षा कसरी गर्नुहुन्छ?

हामीले सुदूरपश्चिमप्रतिको त्यस बाहिरका मानिसहरूको धारणा, दृष्टिकोण गलत पायौं। राजधानीसँग कनेक्टिभिटीका नाताले पनि टाढा रहेकाले हामी पछाडि पारिएका थियौं। नामको अगाडि पनि हाम्रो सुदूर थियो। मिडियामा पनि सुदूरका नकारात्मक समाचारहरूले मात्र प्राथमिकता पाइरहे। सुदूरको छाउपडी गोठमा एक जना महिलाको मृत्यु भयो भने काठमाडौंबाटै रिपोर्टर पठाएर रिपोर्टिङ गरिन्थ्यो, जसले लामो समयसम्म यस भूमिलाई छाउपडी, गरिबी, अशिक्षाका भूमिका रुपमा मात्रै यस ठाउँलाई चित्रण गर्याे।

सुरुवातमा हामीले यहाँका सम्भावनाहरू, पर्यटकीय गन्तव्यहरूको फोटोग्राफी गरायौं । त्यसको जानकारीसहितका सामग्रीहरूको प्रचारप्रसार गर्यौं। राजधानीमा हामीले मेलाको पनि आयोजना गर्याैं । त्यहाँ यस क्षेत्रका सम्भावनायुक्त फोटोहरू र तिनका सम्भावनाहरू केलाएको थियो। अहिले त सुदूरपश्चिमको नाम नै सुन्दरपश्चिम भएको छ।

तर, कसैले पनि यस क्षेत्रको सम्भावनालाई देखेन। देशको सबै क्षमताको एक तिहाइ बिजुली त सुदूरपश्चिममै उत्पादन हुन्छ। कर्णाली, महाकाली, सेती, पञ्चेश्वरको सम्भावनाले सदूरपश्चिमलाई चिनाउन सकिरहेको थिएन। मिडियाले पनि त्यो सम्भावना लेखेको थिएन। देखेको थिएन। अभाव, गरिबी, छाउपडीको मात्र नभएर सुदूरपश्चिम अथाह सम्भावनाको क्षेत्र भनी चिनाउन हामीले सुन्दर सुदूरपश्चिम आन्दोलन थालेका हौं।

धनगढी विमानस्थललाई देशकै दोस्रो ठूलो विमानस्थलका बनाउन हामीले थालेको एकपैसे अभियानमा हरेकले साथ दिएका छन्। कैलाली बहुमुखी क्याम्पस जसको संरचना र विद्यार्थी संख्या स्वयंमा विश्वविद्यालय बन्न योग्य छ। यो यहाँका स्थानीयहरूकै साथ र सहयोगले बनेको लगायत थुप्रै उदाहरण छन्, यहाँका जनताहरू विकास प्रेमी छन् भन्ने स्पष्ट हुन्छ। यही कुराले पनि मलाई आँट दिएको हो, मैले स्वतन्त्र रुपमा विकासको नारा लिएर जनतासामु गएँ भने उहाँहहरूले मलाई चुन्नुहुनेछ।

सुरुवातमा हामीले यहाँका सम्भावनाहरू, पर्यटकीय गन्तव्यहरूको फोटोग्राफी गरायौं । त्यसको जानकारीसहितका सामग्रीहरूको प्रचारप्रसार गर्यौं। राजधानीमा हामीले मेलाको पनि आयोजना गर्याैं । त्यहाँ यस क्षेत्रका सम्भावनायुक्त फोटोहरू र तिनका सम्भावनाहरू केलाएको थियो। अहिले त सुदूरपश्चिमको नाम नै सुन्दरपश्चिम भएको छ।

देशलाई सिन्डिकेट मुक्त गराउने उद्देश्यले गरिएको चर्चित सिन्डिकेट आन्दोलन कहाँ पुग्यो?

हो, सिण्डिकेट आन्दोलन देशका विभिन्न ठाउँहरूमा भइरहेका थिए। विराटनगर, भैरहवा, वीरगन्जमा। पछि हामीले धनगढीमा सो आन्दोलन सुरू गर्यौं। सोही आन्दोलनका क्रममा धनगढीमा झन्डै ६९ दिन नाकाबन्दीको स्थिति सिर्जना भयो भने १७ दिन बजार बन्द भयो। ६९ औं दिनमा हामी सुदूरपश्चिम र मध्यपश्चिमका सबै उद्योग वाणिज्य संघका अध्यक्षहरूको भेलाले मेरो नेतृत्वमा काठमाडौंमा गई आन्दोलन गर्ने निर्णय गर्यो।   

माइतीघर मण्डलामा बसेर हामीले धर्ना सुरु गर्यौं। त्यसबेला पुष्पकमल दाहाल प्रधानमन्त्री थिए। हामीले एकातिर सिण्डिकेट गैरकानुनी काम हो भन्दै सर्वाेच्चमा मुद्दा दायर गरेका थियौ भने अर्कातिर मन्त्रिपरिषदको निर्णयबाटै सिण्डिकेट खारेज पनि गराउन सफल भयौं।

त्यसबेलासम्म कानुनी रुपमा सिन्डिकेटको व्याख्या थिएन। त्यसको फाइदा व्यापारी, यातायात क्षेत्रका लगानीकर्ताहरूले उठाइरहेका थिए। पछि हामीले मुद्दा जित्यांै त्यसपछि यातायात क्षेत्र होस् या अन्य कुनै पनि क्षेत्रमा लाग्दै आएको सिन्डिकेट विस्तारै हट्दै गयो। हाल देश नै लगभग पूर्ण रूपमा सिन्डिकेट मुक्त हुने अवस्थामा छ। सिन्डिकेटले उपभोक्ताको वस्तु तथा सेवा छान्न पाउने अधिकारमाथि अंकुश लगाएको थियो। मेरो नेतृत्वमा त्यो तोड्न सफल भयौं।

धनगढी विमानस्थललाई देशकै दोस्रो ठूलो विमानस्थलका बनाउन हामीले थालेको एकपैसे अभियानमा हरेकले साथ दिएका छन्। कैलाली बहुमुखी क्याम्पस जसको संरचना र विद्यार्थी संख्या स्वयंमा विश्वविद्यालय बन्न योग्य छ।

राजनीतिक दलका आफ्नै संगठन छन्, थुप्रै कार्यकता पनि छन्। यस्तो अवस्थामा ती मतदातालाई आफ्नो पक्षमा भोट दिने बनाउन के–के चुनौतीहरू देख्नुभएको छ?

त्यही चुनौतीको महसुस गरेर मैले मेरो उम्मेदवारीलाई अभियानका रुपमा लिएको हुँ। राजनीतिले धेरै व्यवस्था त बदलियो तर जनताको अवस्था खै त बदलिएको? कसैले कसैले त सुरुवात गर्नुपर्छ। यो मेरो साहस हो या धृष्टता त्यो मलाई थाहा छैन। तर, मैले परिवर्तनका लागि एक कदम अगाडि बढाइसके। राजनीतिले बिगार्यो भनेर कति चुप लागेर बस्ने ? हिलो छ भनेर कराएर त भएन नि। हिलो छ भने हिलोभित्र सफा गर्न त कुद्नपर्यो।

विगतमा पनि मैलेजति गरेका काम छन्। ती कामहरू बुझेर धनगढी नगरबासीले मलाई जिम्मेवारी दिनुहुन्छ भने म उदाहरण बनेर देखाउने छु। मैले काम गरेर देखाउन सकें भने भोलिका दिनमा देशैभरि त्यो लहर आउने छ। 

अहिले राजनीतिक दलले आन्दोलन, बन्द हड्ताल वा पार्टीलाई सहयोग गरेका आधारमा मेयरको टिकट बाँडिरहेका छन्। नगरको मेयर भनेको त व्यवस्थापकीय सिट पो हो। आन्दोलनमा होमिँदैमा मेयरका लागि आवश्यक मापदण्डहरू पुग्दैनन्। कसैले पार्टीका लागि जेल बस्नुपरेको छ, आन्दोलनमा होमिनुपरेको छ भने उसलाई पार्टीले पार्टीभित्रै सम्मान गरोस् न, पद दियोस्। तर, मेयर भनेको कार्यकारी पद  हो। प्रत्यक्ष जनताको विकाससँग सरोकार राख्ने पद हो। त्यसैले यस भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नसक्ने ज्ञान, सिप र क्षमता भएको मान्छेलाई ल्याउनुपर्छ। यो कुरा बुझेर म मेयरको पद उठेको हुँ र अहिले जनतालाई पनि बुझाउने प्रयास गर्दैछु। शुभदिन डटकमका लागि यज्ञराज जोशीले गर्नुभएको कुराकानी ।