Please Update Your Browser.

धान उत्पादन बढाउने भए बेर्नामा ध्यान दिऔंः कृषि विज्ञ

धनगढी, २४ बैशाख । धान उत्पादनका लागी अग्रणी स्थानमा रहेको कैलाली जिल्लामा बार्षीक करिब ७२ हजार हेक्टर जमिनमा धान खेती हुदै आएको छ भने औसतमा ३ देखी साढे ३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर जतिसुकै नयाँ प्रविधिको विकास भएता पनि किसानहरूले परम्परागत तरिकाबाट नै धान खेती गर्दै आएका कारण अपेक्षाकृत रुपमा धानको उत्पादन बढ्न सकेको छैन् ।

Related imageयस्को मुख्य कारण बेर्नाको उचित हेरचाह गर्न नसक्नुलाई पनि कृर्षी विज्ञहरुले ठहर गरेका छन् । धानको उत्पादन बढाउनका लागी सबैभन्दा पहिले धानको विउ पहिचान गर्न आवश्यक छ । बीउ छान्दा १० लिटर पानीमा १ दशमलव ६५ किलो खाने नुन घोलेर तयार पारिएको घोलमा बीउलाई हाल्नुपर्दछ । यसो गर्दा पुष्ट र असल बीउ पिँधमा र कमसल बीउ पानीको सतहमा आउछ ।

थिग्रिएको बीउलाइ पानीबाट निकाली, सफा पानीले पखाल्दै बीउको लागि प्रयोग गरे धानको उत्पादन बढाउन सकिने जिल्ला कृर्षी विकास कार्यालय कैलालीका कृर्षी प्रशार अधिकृत तथा सुचना अधिकारी गौरीसंकर गुप्ताले बताए। उच्च र मध्य पहाडमा बैशाख देखी जेठ सम्म र तराईमा जेठ देखी आषाढ सम्म विउ छर्नका लागी उपयुक्त समय भएपनि कैलाली जिल्लामा भने किसानहरुले अहिले देखी नै धानको विउ छर्न सुरु गरीसकेका छन् ।

तर यो क्षेत्रमा विगतदेखी नै धानको बेर्नामा विभीन्न रोग लाग्दा किसानहरुले धानखेतीबाट सोचे जस्तो उत्पादन गर्न सकेका छैनन् । धानलाई रोगबाट बचाउनका लागी बिउ छर्न पुर्व नै उपचार हुन आवश्यक छ । छिटो पाक्ने जातको लागि ३ देखि ४ हप्तासम्मको बेर्ना र ढिलो पाक्ने जातको लागि ४ देखि ५ हप्ताको बेर्ना उपयुक्त हुन्छ । धानको बिउ नर्सरीमा छरेपछि २–३ पातको बेर्ना भएपछि रोपाइँ गर्नु पर्छ ।

विउ छर्दा पनि समान रुपले छर्न नसकीए धान बेर्नामै विग्रीने हुनाले बिउ छर्दा विशेष ध्यान दिन आवश्यक छ । ३० किलो विउलाई डेढ कठ्ठा क्षेत्रफलमा समान रुपमा छर्न सके त्यसबाट स्वच्छ विउ जन्मीन्छ । बिउलाई बाक्लो छरे बेर्ना राम्ररी हुर्कीन पाउदैन भने पातलो छरे वरीपरि घास उम्रीएर बेर्ना उम्रिन पाउदैन् ।

ब्याडमा धानको बिउ छर्कीसकेपछि पानीको व्यवस्थापन पनि चुनौतीपुर्ण छ । धेरेको सोचाई जति पानी हाल्न सक्यो त्यति नै राम्रो बेर्ना हुर्कीन्छ भन्ने छ । तर विउ छर्कीसकेपछि बेर्नालाई बचाउनका लागी माटोलाई सुख्खा पार्ने गरी नहाल्दा पनि बेर्ना मर्छ भने धेरै पानी पनि हाल्नु हुदैन् । खेतमा चिस्यान रहने गरी सिचाई गरे स्वच्छ धानको बेर्ना उतपादन गर्न सकिन्छ ।

जिल्ला कृर्षी विकास कार्यालयका अनुसार यि सबै विधी प्रयोग गरेर बेर्ना उतपादन गर्दा पनि कहिलेकाँही बेर्नामा किरा लाग्न सक्छ । किरा लागे कृर्षी विज्ञहरुको सुझाव अनुसार रसायनीक र जैवीक विशादी प्रयोग गर्न सकिने गुप्ताले बताए । प्रधानमन्त्री कृर्षी आधुनीकीकरण कार्यक्रम अन्तरगत कैलालीमा फुलवारी, पवेरा र रतनपुर गावीस जोडेर एक सय हेक्टरमा ब्लकको कार्यक्रम सञ्चालनमा आएको छ भने जिल्ला भरी ५५ वटा पकेट क्षेत्र तोकिएका छन् ।