Please Update Your Browser.

रुस्लान अत्तरीया कपः राईजिङ्ग क्रिकेट वुमन काठमाडौको विजय

कैलाली, २६ बैशाख । कैलालीको अत्तरीयामा भएको रुस्लान अत्तरीया कपमा विभागीय टोली एपिएफलाई पराजित गर्दै राईजिङ्ग क्रिकेट वुमन काठमाडौले उपाधि जितेको छ । उपाधि संगै उसले नगद २ लाख र ट्रफी हात पारेको छ भने दोस्रो भएको विभागिय टीम एपिएफले १ लाखमै चित्त वुझाएको छ ।

अत्तरीया स्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले व्याटिङ्ग गरेको राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५२ रन बनायो । राईजिङ्गका लागि अलराउण्डर विदेशी खेलाडी पुजा निमा भाटले ३८ बलको सामना गर्दै ४ चौकाको मद्दतले ३७ रन बनाईन । त्यस्तै सहनाज प्रविण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१, नेरी थापा र आरती विडारीले समान १३\१३ रन बनाए । एपिएफकी सरिता मगरले ४ ओभरमा २९ रन खर्चिदै ३ विकेट लिईन । त्यस्तै एपिएफकी करुणा भण्डारीले समेत २ विकेट हात पारिन ।

१ सय ५३ रनको विजय लक्ष्य पछ्याउदै मैदान प्रबेश गरेको विभागिय टिम एपिएफले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३६ रन मात्रै बनाउन सक्यो । एपिएफकी ज्योती पाण्डेले ४२ बल खेल्दै ५ चौकाको मद्दतले ४८ रन बनाएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन् । त्यस्तै एफिएफकी करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाएपनि बाँकी खेलाडीले भने दोहरो अंकको रन बनाउन सकेनन । एपिएफलाई सस्तैमा समेट्न राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौकी पुजा निमाभाटले ४ ओभरमा १७ रन खर्चिदै ४ विकेट हात पारिन । जितपछि प्रतिक्रिया दिदै राईजिग वुमन काठमाण्डौकी कप्तान आरती विडारीले आफुहरुले सोचे अनुसारको प्रदर्शन गर्न सफल भएको र १५० रन वनाउन सकेमा जित्न सक्ने रणनिति अनुसार जित हासिल गरेको वताए ।

एपिएफकी कप्ता विनु वुढा मगरले सुरुवात राम्रो भएपनि मध्उक्रम चल्न नसक्दा र विपक्षी टोलीका विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शनले पराजित हुनुपरेको वताए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रम गरी सिल्ड नगद तथा प्रमाण पत्र वितरण गरिएको छ । प्रतियोगितामा १ सय ७ रन बनाउदै ११ विकेट लिएकी राईजिङ्ग क्रिकेट वुमन काठमाण्डौकी पुजा निमाभाट उत्कृष्ट खेलाडी घोषित हुदै नगद २५ हजार रुपैया हात पारिन । त्यस्तै राईजिङ्गकै शान्ता मुखर्जी उत्कृष्ठ विकेट किपर भईन भने विभागिय टोली एपिएफकी ज्योति पाण्डेय र सरिता मगर क्रमशः उत्कृष्ठ ब्याट्वुमन र बलर घोषित हुदै १० हजार नगद प्राप्त गरे ।