Please Update Your Browser.

कांग्रेस र माओवादीबीच झडप, हवाई फायर

रुकुम, २६ बैशाख । सानीभेरी गाउँपालिका-१ चाईनाबगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड हवाई फायर गरेको छ।

झडप नियन्त्रणका क्रममा ३ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन रजाँलीले जानकारी दिए। १ जना प्रहरी जवान र २ म्यादी प्रहरी घाइते भएको उनले जानकारी दिए। 

रजाँलीका अनुसार दुबै पार्टीका कार्यकर्ताहरु झडपमा सामान्य घाइते भएका छन्। दुबै पक्षका कार्यकर्ताहरुले गरेको ढुंगामुढा लागेर प्रहरी घाइते भएको उनले बताए चुनावी घरदैलो कार्यक्रम गरेर हिडिंरहेका नेकपा माओवादी केन्द्र रुकुमका कार्यकर्ता र नेपाली काग्रेसका कार्यकर्ता बिच भेट भएपछि दुई पक्षबिच झडप भएको प्रहरीले बताएको छ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओजादी केन्द्रका कार्यकर्ताबीच चुनावी घरदैलो कार्यक्रमका क्रममा जिल्लामा दिन-दिनै झडपमा घटना हुँदै आएका छन्।