Please Update Your Browser.

विप्लबका जिल्ला इन्चार्ज सहित ४ पक्राउ

Displaying saugat.jpg
अर्जुन आचार्य
पाँचथर, ५ जेठ । नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँचथर इन्चार्ज सहित ४ नेता कार्यकर्तालाई प्रहरीले बुधवार पक्राउ गरेको छ ।
 
ने.क.पा.का जिल्ला इन्चार्ज अर्जुन आचार्य ‘सौगात’, मेची अञ्चल व्यूरो सदस्य सकल लिम्बू र पाँचथर जिल्ला सचिवालय सदस्य वीरेन्द्र मंग्रातीलाई प्रहरीले बुधवार दिँउसो फिदिमबाट पक्राउ गरेको उक्त पार्टीका जिल्ला सचिवालय सदस्य विजय नेम्वाङले वताए । उनीहरुसँगै पक्राउ परेका पार्टीको युवा संगठनका अर्का एक कार्यकर्ता नाम खुल्न बाँकी छ ।
 
नेम्वाङले आफूहरु भाडामा बस्दै आएको कोठामा प्रहरीले विना कारण खानतलासी गरेको वताए । उनीहरु पक्राउ परेको पुष्टि गर्दै पाँचथर प्रहरी प्रमुख डिएसपी नकुल पोखरेलले विहीवार सबै कुरा पुष्टि गरिने वताए । प्रहरी निकट स्रोतका अनुसार चन्दा उठाएको विषयलाई लिएर उनीहरुलाई पक्राउ गरिएको हो । उक्त पार्टीले स्थानीय तह निर्वाचनको खारेजीको माग गर्दै आएको छ ।