Please Update Your Browser.

वाइसीएलको सक्रियतामा दश किलोमिटर मोटरबाटो मर्मत

,nhh

लेखनाथ खतिवडा,

पाँचथर, ५ जेठ । पाँचथरको फिदिम नगरपालिका–८ इथुङमा १० किलोमिटर मोटरबाटो मर्मत गरिएको छ । माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लीग ९वाइसीएल० को सक्रियतामा मोटरबाटो मर्मत गरिएको हो । वर्षाका कारण बाटो भत्किएको, बाटोमा खाल्डा–खुल्डी परेर सवारी सञ्चालनमा कठिनाई भएका कारण बाटो मर्मत गरिए पाईसिएलले जनाएको छ ।

फिदिम नगरपालिका–८ को इथुङदेखि सोही वडाको तमाखेसम्म १० किलोमिटर मोटरबाटो मर्मत गरिएको वाइसीएल फिदिम नगर कमिटीका कोषाध्यक्ष दीपेन्द्र गुरुङले वताए । मोटरबाटो मर्मतमा ४० वढी वाइसीएलका कार्यकर्ता खटिएको गुरुङले वताए । उनले वर्षायाममा मोटरबाटो मर्मतमा खटिइरहने प्रतिवद्धता समेत व्यक्त गरे ।

स्थानीय राजेन्द्र गुरुङले प्रत्येक वर्ष वर्षायामको सुरुवातसँगै पौवाभञ्ज्याङदेखि इथुङसम्मको मोटरबाटो मर्मत गरिँदै आएको र यस वर्ष वाइसीएलले सहयोग गरेको वताए । विगतमा पारिश्रमिक दिएर तथा दैनिक ज्यालादारीमा मर्मत गर्ने मजदुर खटाएर बाटो मर्मत हुँदै आएकोमा यस वर्ष वाइसीएलले निःशुल्क बाटो मर्मतमा सहयोग गरेको उनको भनाई छ । चुनाव केन्द्रीत नभई वर्षायाममा बाटोका कारण हुनसक्ने दुर्घटनालाई ध्यानमा राखेर बाटो मर्मतका लागि आव्हान गरिएको गुरुङको भनाई छ । उनले बाटो मर्मतका लागि अन्य दलका कार्यकर्ता पनि आव्हान गरिएपनि वाइसीएलका कार्यकर्ता मात्रै सहभागी भएको वताए ।

उक्त वडाका माओवादी केन्द्रका अध्यक्षका प्रत्यासी पासाङ तामाङले विगतदेखि गर्दै आएको मर्मतको कार्यलाई निरन्तरता दिइएको वताए । पर्यटकीय क्षेत्र पौवाभञ्ज्याङका ६६ वर्षीय नरवीर नेम्वाङले वर्षायाममा सवारी सञ्चालन र निर्वाचनका लागि बाटो मर्मत अत्यावाश्यक रहेकाले मर्मत आफू समेत सहभागी भएको वताए । उनले पौवाभञ्ज्याङ–इथुङ–रानीटार सडकको मर्मत तथा स्तरोन्नतीका लागि सरकारी क्षेत्रबाट सहयोग हुने विश्वास समेत व्यक्त गरे ।