Please Update Your Browser.

चितवनको कालिकामा एमालेको शानदार जीत, ६ वडा अध्यक्ष सहित एमाले अग्रस्थानमा

नेपाली कांग्रेस ५ वडा अध्यक्ष सहित विजयी र माओवादी केन्द्र शून्य

Displaying 20170501_085808.jpgशिशिर सिंखडा,

खोलेसिमल, (चितवन) ६ जेठ । पूर्वी चितवनको कालिका नगरपालिकामा नेकपा एमालेले शानदार जीत हासिल गरेको छ । गत बैसाख ३१ गते भएको स्थानीय निर्वाचनको मत परिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार खुमनारायण श्रेष्ठ (गोपी)ले ३ सय २८ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार कमल आचार्यलाई पराजित गरी विजय हासिल गरेका हुन् ।

श्रेष्ठले ७ हजार ४ सय ९२ मत र आचार्यले ७ हजार १ सय ६४ मत प्राप्त गरेका थिए । त्यस्तैगरी उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार कमला भट्टराईले नेपाली कांग्रेसकी निरुजा श्रेष्ठलाई ७ सय ८५ मतले पराजित गरेकी थिइन् । भट्टराईले कुल ७ हजार ५ सय ३५ मत र श्रेष्ठले कुल ६ हजार ७ सय ५० मत प्राप्त गरेकी थिइन् ।

त्यस्तै माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रामध्वज डल्लाकोटीले २ हजार ३ सय ७८ मत र उपमेयरकी उम्मेदवार सविता लामाले २ हजार १ सय २५ मत प्राप्त गरेकी थिइन् । यस नगरपालिकामा नेकपा एमालेले ६ वटा वडामा वडा अध्यक्ष सहित सम्पूर्ण टिम विजयी भएको छ भने नेपाली कांग्रेस ५ वटा वडा मध्ये ४ वटा वडामा वडा अध्यक्ष सहित सम्पूर्ण टिम विजयी भएको छ भने एउटा वडामा वडा अध्यक्ष र १ सदस्य मात्र विजयी भएको छ ।

माओवादी केन्द्र भने सबै तहमा तेश्रो भई कुनैपनि पदमा विजयी हासिल हुन सकेको छैन ।

११ वटा वडा रहेको कालिका नगरपालिकामा २२ हजार ९ सय ८० मतदाता रहेका थिए भने १७ हजार ८ सय ९७ मतदाताले मतदान गरेका थिए ।

११ वटा वडामा विजयी वडा अध्यक्ष तथा सदस्यहरु तपसिल अनुसार रहेका छन्,

वडा नं. १ – वडा अध्यक्ष – लिला बहादुर गुरुङ्ग (नेपाली कांग्रेस) – ६६८ मत
सदस्यहरु – अनिता लामा (नेपाली कांग्रेस)
खडानन्द सापकोटा (नेपाली कांग्रेस)
कुम्भु कुमारी सुनुवार (नेपाली कांग्रेस)
शान्ति परियार (नेपाली कांग्रेस)

वडा नं. २– वडा अध्यक्ष – सोम बहादुर गुरुङ्ग (नेकपा एमाले) – ८१५ मत
सदस्यहरु – शान्ति महतो (नेकपा एमाले)
चन्द्र रेखा वि.क. (नेकपा एमाले)
रुद्रलाल बास्तोला (नेकपा एमाले)
लक्ष्मण पौडेल (नेकपा एमाले)

वडा नं. ३– वडा अध्यक्ष – टिकाराज रिजाल (नेकपा एमाले) – ४७९ मत
सदस्यहरु – फुल कुमारी चौधरी (नेकपा एमाले)
सकुन्तला वि.क. (नेकपा एमाले)
दिनानाथ अर्याल (नेकपा एमाले)
कुल बहादुर थिङ (नेकपा एमाले)

वडा नं. ४ – वडा अध्यक्ष – कृष्ण कुमार श्रेष्ठ (नेपाली कांग्रेस) – ५१२ मत
सदस्यहरु – हरेराम तमाङ (नेपाली कांग्रेस)
राम कुमारी चौधरी (नेपाली कांग्रेस)
रामलाल महतो (नेपाली कांग्रेस)
भगवती वि.क. (नेपाली कांग्रेस)

वडा नं. ५ – वडा अध्यक्ष – जियना महतो (नेपाली कांग्रेस) – ९३८ मत
सदस्यहरु – दिपक भट्टराई (नेपाली कांग्रेस)
मल्लु बोट (नेपाली कांग्रेस)
रिता चौधरी (नेपाली कांग्रेस)
जुना परियार (नेपाली कांग्रेस)

वडा नं. ६ – वडा अध्यक्ष – बिनोद रेग्मी (नेकपा एमाले) – १४७७ मत
सदस्यहरु – बालकृष्ण अधिकारी (नेकपा एमाले)
दशरथ सापकोटा (नेकपा एमाले)
दुर्गा सुवेदी (नेकपा एमाले)
सम्झना परियार (नेकपा एमाले)

वडा नं. ७ – वडा अध्यक्ष – डिल्लीराम दवाडी (नेकपा एमाले) – ९०० मत
सदस्यहरु – खिला सिंखडा (नेकपा एमाले)
कल्पना परियार (नेकपा एमाले)
उमाकान्त सापकोटा (नेकपा एमाले)
दिपक सिं परियार (नेकपा एमाले)

वडा नं. ८ – वडा अध्यक्ष – इम प्रसाद अधिकारी (नेकपा एमाले) – ७९८ मत
सदस्यहरु – हरि बहादुर गोतामे (नेकपा एमाले)
मीन बहादुर गुरुङ्ग (नेकपा एमाले)
मंगली माया सुनार (नेकपा एमाले)
फुलमाया गुरुङ्ग (नेकपा एमाले)

वडा नं. ९ – वडा अध्यक्ष – हेम बहादुर क्षेत्री (नेपाली कांग्रेस) – ७०९ मत
सदस्यहरु – लाल बहादुर गुरुङ्ग (नेपाली कांग्रेस)
वकिल पुरी (नेकपा एमाले)
भुव कुमारी राना (नेकपा एमाले)
मान कुमारी वि.क. (नेकपा एमाले)

वडा नं. १० – वडा अध्यक्ष – डिल बहादुर गुरुङ्ग (नेपाली कांग्रेस) – ३६७ मत
सदस्यहरु – नरजङ्ग चेपाङ (नेपाली कांग्रेस)
शेर बहादुर तमाङ (नेपाली कांग्रेस)
ज्ञानीमाया चेपाङ (नेपाली कांग्रेस)
फुलमाया वि.क. (नेपाली कांग्रेस)

वडा नं. ११ – वडा अध्यक्ष – कृष्ण बहादुर प्रजा (नेकपा एमाले) – ३११ मत
सदस्यहरु – मिलन चेपाङ (नेकपा एमाले)
मन बहादुर प्रजा (नेकपा एमाले)
निरमाया चेपाङ (नेकपा एमाले)
(यस वडामा दलित महिला नभएको)

Displaying 1.jpegको हुन् गोपी श्रेष्ठ ?

२०४० सालदेखि जन जागृति मा.वि. पिठुवाबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका खुमनारायण श्रेष्ठ, स्थानीय रुपमा गोपी श्रेष्ठको नामले परिचित छन् । २०२२ साल असोज ७ गते साविक शक्तिखोर गाविस वडा नं. ६ हालको कालिका वडा नं. ९ मा बुबा गौरीमान र आमा यदु कुमारी श्रेष्ठको कोखबाट जन्मिएका उनी २०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

२०४९ सालमा साविक शक्तिखोर गाविस अध्यक्षमा पराजित श्रेष्ठ २०५४ सालमा भने निर्वाचित भई जनताको सुख दुःखमा काम गर्दै आएका थिए । युवा संघ नेपाल चितवनको संस्थापक सदस्य समेत रहेका श्रेष्ठ २०५३ सालदेखि नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुँदै हाल सचिवालय सदस्य एवं क्षेत्र नं. २ का इञ्चार्ज समेत रहेका छन् ।

शक्तिखोरमा रहेको चतुर्मुखी उ.मा.वि. को २ पटकसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई काम गरेका थिए भने शहीद स्मृती बहुमुखी क्याम्पसमा २ पटकसम्म संचालक समिति सदस्य तथा विभिन्न सामाजिक संघ संस्थामा संलग्न भई सामाजिक कार्य गर्दै आएका छन् ।

Displaying 6.jpeg

बोलेको कुरा व्यवहारमा उतार्छु – मेयर श्रेष्ठ

नेकपा एमालेका तर्फबाट उम्मेदवार भई विजयी भएका कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले आफुले बालेको कुरा व्यवहारमा उतारेर यस नगरपालिकालाई चितवनकै नमूना नगरपालिका बनाउने बताएका छन् । आफु विजयी भएपछि कालिका नगरपालिका परिसरमा छाटो प्रतिक्रिया दिँदै उनले सुकुम्बासी समस्या समाधान, भूमिहिनको समस्या समाधान, चिउरी, चेपाङ र चमेरोको संरक्षण, जुटपानी र पदमपुर क्षेत्रलाई व्यवस्थित बसोबास र आधुनिक कृषि तथा व्यवसायिक कृषि एवं पकेट क्षेत्रको रुपमा विकास गर्ने, शक्तिखोर र सिद्धिलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, रोजगार, सडक, ढल, बत्ती, बिजुली लगायतका हरेक क्षेत्रलाई व्यवस्थित गरी हाम्रो कालिका राम्रो कालिकालाई व्यवहारमै परिणत गरी चितवनकै नमूना नगरपालिका बनाउन आफु प्रतिवद्ध रहेको बताए ।