Please Update Your Browser.

सात नम्बर प्रदेशको एकमात्रै उपमहानगरपालिकामा एमालेले मेयर र उपमेयरको टुंगो लगायो

मेयरमा दुर्गा प्रसाद जोशी र उप मेयरमा रुक्मणी देवकोटा

12507235_1053257318060303_7003930851867251817_n 12985566_118502338552816_5000716416883989146_nधनगढी, ७ जेठ । सात नम्बर प्रदेशको एकमात्रै उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर छानेको छ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तरगत यही जेठ ३१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयरको टुंगो लगाएको हो ।

एमाले केन्द्रीय कार्यालय धुम्वाराही काठमाडौंमा बसेको स्थायी समितिको बैठकले मेयरमा दुर्गाप्रसाद जोशी र उपमेयरमा रुक्मणी देवकोटालाई छानेको छ ।

एमाले जिल्ला कमिटी र सात नम्बर प्रदेशले मेयरका लागि दुर्गाप्रसाद जोशी, यज्ञराज बास्तोला र कलावति जोशीलाई मेयरको दावेदारका रूपमा नाम सिफारिस गरेको थियो । यस्तै रुक्मणी देवकोटा, छाया थापा र सुशीला बुढाथोकीको नाम उपमेयरमा पठाएको थियो ।

नगर र गाउँपालिकाका प्रमुख र उपप्रमुख प्रदेश कमिटीले र उपमहानगरका प्रमुखर उपप्रमुख केन्द्रले छान्ने एमालेको केन्द्रीय कमिटीको निर्णयअनुसार शनिबार जोशी र देवकोटा उम्मेदवार छानिएका हुन् ।

राजनीतिज्ञका साथसाथै शिक्षासेवीको रुपमा परिचित जोशी नेकपा एमालेभित्र ईमान्दार, जुझारु, लगनशील र विवादरहित व्यक्तिका रुपमा परिचित छन् ।

सुदूरपश्चिमको प्रमूख व्यापारिक केन्द्र धनगढीलाई नमूना शहरका रुपमा विस्तार गर्न आफुसँग महत्वकांक्षी योजनाहरु रहेकाले आफुलाई धनगढीवासीको साथ, समर्थन र सहयोग रहने विश्वास जोशीको छ ।

यस्तै उपमेयरकी उम्मेदवार रुक्मणी देवकोटा पनि कुसल राजनीतिज्ञका साथै नेपालकै सफल उद्यमी महिलाको रुपमा परिचित छिन् ।

धनगढी उपमहानगरपालिकामा उप मेयरको रुपमा अन्य पार्टीका उम्मेदवार भन्दा अनुभवी, मेहेनती र संघर्षशील महिलाको रुपमा पहिचान बनाएकाकारण रुक्मणीप्रति धनगढीवासीको विश्वास रहने देखिन्छ ।

कैलाली उद्योग वाणिज्य संघको उपाध्यक्षमा अत्यधिक बहुमतका साथ विजयी उनी सात नम्बर प्रदेशमा उद्योग वाणिज्य महासंघमा उपाध्यक्ष भई ईतिहास रच्ने पहिलो महिला पनि हुन् ।

सात नम्बर प्रदेशले यसअघि यस क्षेत्रका ८७ वटा स्थानीय निकायका उम्मेदवार छानिसकेको छ ।