Please Update Your Browser.

माओवादी केन्द्रले कञ्चनपुरमा उम्मेदवारको टुंगो लगायो

कञ्चनपुर, १३ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) कञ्चनपुरले उम्मेदवारको टुङ्गो लगाएको छ । नौ स्थानीय तह रहेको कञ्चनपुरमा केन्द्रले सात तहका उम्मेदवारको टुङ्गोे लगाएको हो ।

केन्द्रले भीमदत्तनगरपालिका प्रमुखमा गोपाल रसाइली, वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी, शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरी र लालझाडी गाउँपालिका अध्यक्षमा मदनसिंह वडायकलाई उम्मेदवारका रुपमा अघि सारेको छ । 

महाकाली र बेलौरी नगरपालिका तथा बेलडाँडी गाउँपालिकाका उम्मेदवारको टुङ्गो दुई दिनभित्रै लगाइने केन्द्रका केन्द्रीय सदस्य गोपाल रसाइलीले बताए । प्रमुख उपप्रमुखको टुङ्गो लागेका स्थानीय तहमा वडाध्यक्ष र सदस्यसमेत छनोट गरिएको उनले जानकारी दिए। उम्मेदवारको टुङ्गो लागेका गाउँपालिका र नगरपालिकामा केन्द्रले घरदैलो कार्यक्रमसमेत सुरु गरेको छ ।