Please Update Your Browser.

गर्मी छल्न भेडेटार र नमस्ते झर्ना अाउने पर्यटकहरू ह्वात्तै बढे

पूवी तराईमा बढेको अत्याधिक गर्मीका कारण शितलताको खोजीमा अहिले धनकुटाको भेडेटार र त्यहा रहेको नमस्ते झरनामा घुम्न जानेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।केही समयदेखि तराईमा बढेको गर्मीका कारण पूर्वी तराइका मात्र हैन नेपालका विभिन्न स्थान र भारतबाट समेत भेडेटारको चीसो हावापानीमा दृश्वलोकनसंगै नजिकै रहको नमस्ते झर्नामा पौडी खेल्न र डुबुल्की मार्नेहरुको संख्यामा अत्याधिक वृद्धि भएको सिमसुवा नमस्ते झर्ना समितिका सचिव जीवन सुब्बा बताउनुुहुन्छ । 

 

धनकुटाको भेडेटार तथा नाम्जे पछि पर्यटकहरुले प्राकृतिक नमस्ते झरनालाई आफ्नो गन्तव्य बनाउन कम्मर कस्सिएका स्थानीहरुको सपना भेडेटाको चीसा हावापानी र प्राकृतिक दृश्यालकनसगैे नमस्ते झरना कारण सो क्षेत्रमा पर्यटकहरु आउने गरेका समितिको दाबी छ । त्यहा आउने पर्यटकले समेत आकर्षक स्थान भएपनि यसलाई अझ व्यवस्थित गर्न बाँकी रहेको बताउने गरेका छन् । काठमाण्डौबाट नमस्ते झर्नाको चर्चा सुनेरै घुम्न आउनु भएकी कल्पना घिमिरेले सुन्दरतासंगै अझै व्यवस्थित गर्न समिति लाग्नुपर्नेमा जोड दिनुभयो ।

एक दशक अघि सम्म पर्यटकनै नपुग्ने गरेकोमा हाल बिदाको दिन दैनिक दुई हजार र अन्य दिन पाँच सयको हाराहारीमा पर्यटक झरना सम्म पुग्ने गरेका छन् । अन्य स्थल भन्दा झरना धरै सुन्दर भएकाले यहा आउने गरेको पर्यटक बताउछन् ।
करिब ८० मिटरको उचाइबाट झरेको पानीको झर्ना हेर्न आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ । झरना व्यवस्थापन समितिको तथ्यांक अनुसार दैनिक पाँच सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।

शनिबार र बिदाको दिन भने पाँच सयभन्दा बढी पर्यटक आउने गरेका छन् । नमस्ते झर्नामा युवकयुवतीदेखि उमेर ढल्कँदै गरेका प्रौढसमेत आउँछन् । बिदाको समयमा एकै दिन करिब २५ सय सम्म पर्यटकहरु घुम्न आउने गरेको नमस्ते सिम्सुवा नमस्ते झरना सरक्षण समितिका सचिव जीवन सुब्बा बताउनुहुन्छ । उहाले विगतमा भन्दा अहिले भौतिक पूर्वाधारमा समेत सुधार गर्दै लगेको दाबी गर्नुभयो ।

पर्यटकीय क्षेत्रको विकासका लागि जिल्ला विकास समितिले दुई दशकअगाडि नै सूचीकृत गरे पनि प्रचारप्रसार नहुँदा यो झरना ओझेलमा परेको थियो । यसको प्रचार प्रसार संगै पर्यटकहरुको घुइचो लाग्न थालेको छ । झरना स्थलसम्म जाने फराकिलो बाटो बनेको छ । खोलाको अप्ठयारो ठाउँमा फलामको भ¥याङ लगाइएको छ । गोविन्द बस्नेत / धरान