Please Update Your Browser.

वर्षको पहिलो महिनामै ९० महिला हिंसामा

काठमाडौं, १३ जेठ । गएको बैशाख महिनामा ९० जना महिलामाथि हिंसा भएको तथ्यांक पाईएको छ । ओरेक नेपालले अभिलेखिकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त तथ्यांकका आधारमा बैशाख महिनामा ९० महिलामाथि हिंसा भएका हुन् ।

प्राप्त तथ्याकंका आधारमा ४६ प्रतिशत महिलामाथि शारिरीक हिंसा, ३३ प्रतिशत महिलाहरुमाथि मानसिक हिंसा ८ प्रतिशत महिलामाथि बलात्कार, ६ प्रतिशत महिलामाथि यौन दुव्र्यवहार, ४ प्रतिशत महिलाहरुमाथि बोक्सिको आरोपलगाई मानसिक तथा शारिरीक हिंसा भएको छ । यस्तै ३ प्रतिशत महिलाहरुको हत्या भएको ।

हिंसा प्रभावित महिलाहरुमध्ये ६० प्रतिशत श्रीमान्बाट, २१ प्रतिशत छिमेकीबाट, ९ प्रतिशत परिवारका सदस्यहरुबाट, ७ प्रतिशत साथीबाट र ३ प्रतिशत शिक्षकबाट हिंसा भएको पाईएको छ ।

हिंसा प्रभावित मध्ये सबैभन्दा बढी ३५ देखि ४४ वर्ष उमेर समुहका ३१ प्रतिशत महिलाहरु छन् । यस्तैगरि २५ देखि ३४ वर्ष उमेर समुहका २४ प्रतिशत महिलाहरु, १७ देखि २४ वर्ष उमेर समुहका २१ प्रतिशतमहिलाहरु, ४५ वर्षमाथिका १६ प्रतिशत महिलाहरु र १६ वर्ष उमेर समुहका १० प्रतिशत बालिकाहरु विभिन्न किसीमका हिंसा बाट प्रभावित भएका छन् ।