Please Update Your Browser.

क्रिकेट प्रतियोगीतामा एक्सीस विद्या आश्रम र ग्यालेक्सी स्कुल विजयी

धनगढी, १६ जेठ । धनगढीमा जारी डिसीए अन्तरत विद्याल क्रिकेट प्रतिोगीतामा आज भएका खेलमा एक्सीस विद्या आश्रम र ग्यालेक्सी स्कुल विजयी भएका छन् । आज भएको पहिलो खेलमा पञ्चोदय उच्चमावीलाई ९ रनले पराजीत गर्दै एक्सीस विजयी भएको हो ।

टस जिते व्याटीङ गरेको एक्सीस विद्या आश्रमले पानी परेपछि छोट्याईएको खेलमा १० ओभरमा ७ विकेट गुमाउदै ५९ रन बनायो । एक्सीसका लागी अमित रावतले १६, कविन्द्र शाह र ईश्वर रावतले समान १५\१५ रन बनाए । बलीङमा पञ्चोदयका गोकर्ण जोशीले ३ तथा महेश चन्दले २ विकेट लिए ।

६० रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको पञ्चोदय उच्चमावी १० ओभरमा ३ विकेट गुमाउदै ५० रनमा समेटीएको हो । पञ्चोदयलाई हराउने क्रममा एक्सीसका ईश्वर रावत र अमित रावतले समान १÷१ विकेट लिए । एक्सीसका अमित रावत म्यान अफ द म्याच घोषीत भए ।

यस्तै आजै भएको दोश्रो खेलमा सरस्वती मावीलाई ८१ रनको फराकीलो अन्तरले पराजीत गर्दै ग्यालेक्सी स्कुल विजयी भएको छ । टस हारेर व्याटीङको निम्तो पाएको ग्यालेक्सीले निर्धारीत १० ओभरमा एक विकेट गुमादै एक सय २१ रन बनायो । ग्यालेक्सीका सौरभ चौधरीले सर्वाधीक ५१ रन बनाए । आयुश शाहले २९ रन बनाए ।

१ सय २२ रनको लक्ष्य सहित मैदान उत्रिएको सरस्वती मावी मनहेराले १० ओभरमा ९ विकेट गुमाउदै ४० रन मात्रै बनाउन सक्यो । ग्यालेक्सीका आशीष शाहले ३, देवेन्द्र बोहरा र आयुश शाले २÷२ विकेट लिए ।