Please Update Your Browser.

दोस्रो चरणको निर्वाचन मिति पुनः सर्ने

काठमाडौँ, जेठ १७ गते ।  जेठ ३१ का लागि तय भएको दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते हुने भनिएकोमा पुनः सर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बस्ने बैठकले निर्वाचनको नयाँ मिति तय गर्नेछ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मङ्गलबार निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितको आयोगको टोलीसँग गर्नुभएको परामर्शपछि निर्वाचनको नयाँ मिति असार १४ गते बुधबार तोकिने सम्भावना बढेको छ ।  सरकारले राजनीतिक सहमति जुटाउने प्रयोजनका लागि जेठ ३१ मा हुने तय भएको निर्वाचन असार ९ गतेका लागि सार्ने निर्णय गरेको थियो ।  

असार ९ गते शुक्रबार मुस्लिम समुदायको पवित्र चाड रमजान पर्वको अन्तिम शुक्रबार प्रार्थना गर्ने दिन परेकाले सो दिनको निर्वाचनको मिति परिवर्तन गर्न सो समुदायले प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारबाट निर्वाचनको मिति पुनः सार्ने तयारी भएको हो ।