Please Update Your Browser.

एमालेको चेतावनीः भरतपुरमा मतगणना नभए देशभर चुनाव हुन सक्दैन

काठमाडौँ, १७ जेठ । नेकपा एमालेले भरतपुरमा मतगणना नभए देशभर चुनाव हुन नसक्ने कडा चेतावनी दिएको छ ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमाले चितवनका सांसद एवं स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हार्ने परिस्थिति भएपछि भरतपुरमा मतगणना बिथोलिएको बताए । मेयरका उम्मेदवार देवी ज्ञवालीले जित्ने निश्चित भएपछि नतिजालाई प्रभावित पार्ने गरी गलत काम भएको टिप्पणी गरे

सांसद पाण्डेले मतगणना सुरु गर्नुको सट्टा अन्यथा निर्णय भए एमालेले आफै विजयी घोषणा गर्ने बताए । ‘मतगणना बाहेक हामी अरु मान्दैंनौँ, यदि अन्यथा निर्णय भयो भने हामी आफै विजयी घोषणा गरेर अघि बढ्छौँ ।’, चेतावनी दिँदै उनले भने – ‘भरतपुरमा यदि अन्यथा ढंगबाट सोच्ने काम भयो भने नेपालभर अब चुनाव हुनेछैन् । निर्वाचन आयोगले ५ बर्षसम्म चुनाव नै गरेर बस्नुपर्छ । सबै ठाउँमा भरतपुर जसरी मतपत्र च्यातिन सक्छ ।’

नेता पाण्डेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद बैठक अबरुद्ध गर्ने पार्टीको निर्णय पनि सुनाए । एमाले सांसदको अवरोधपछि संसद बैठक बिहीबारसम्मलाई स्थगित भएको छ ।