Please Update Your Browser.

महिला सशक्तिकरण परियोजना लागु

धनगढी, १८ जेठ । कैलालीको साविक तीन गाविसम महिला सशक्तिकरण सम्बन्धी परियोजना लागु भएको छ ।

डिसिए तथा दलित अधिकार मञ्च कैलालीको सझेदारीमा जिल्लाको साविक उदासीपुर, बसौटी र हसुलिया गाविसम्म सन २०१७ देखि २०२१ सम्म सञ्चालन हुने परियोजना लागु भएको हो ।

सुरु भएको परियोजनावारे दलित अधिकार मञ्च कैलालीले बिहीबार धनगढीमा सरोकारवाला निकायसंग अभिमुखीकरण कार्यक्रम आयोजना गरेर जानकारी दिएको थियो । मञ्चको जिल्ला अध्यक्ष विमला बगालेको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल रहेका थिए ।

मञ्चको कार्यक्रम संयोजक रोशा थापाद्धारा सञ्चालित सो कार्यक्रममा परियोजना अन्तरगत विशेष गरि दलित महिलाहरुको सचेतीकरणसंगै उनीहरुकोे जिविकोपार्जनमा सहयोग पुग्ने जानकारी दिईन् ।

कार्यक्रममा परियाृजनाले साढे ३७ लाख बजेट मध्ये १५ लाख ६० हजार बजेट दलित महिलाहरुको सशक्तिकरणको लागि सीपमूलक तालिम र व्यवसाय सञ्चालनको लागि आर्थिक सहयोग गर्ने बताईन् । परियाजना साविक तीन गाविसमा समूह गठन गरि कुखुरा पालन सम्बन्धी व्यवसायम लगानी गर्ने बताइएको छ । जुन लगानी अन्तरगत समूहमा सदस्यहरुले २० र संस्थाको ८० प्रतिशत रहने कार्यक्रम संयोजक थापाले बताईन् ।

कार्यक्रममा उपस्थित सरोकारवाला निकायको प्रतिनिधीहरुले कार्यक्रम आपुर्तिको आधारमा नभएर समुदायको मागको आधारमा करेक पर्नामे गर्नु पर्ने जोड दिए । साथै कुनै नक्कल नगरि वास्ताविक रुपमा दीगो आर्थिक विकास सचेतीकरण गरे कार्यक्रम प्रभावकारी हुने बताए ।

कार्यक्रमा प्रजिअ गोविन्द रिजाल, अन्तरपार्टी महिला सञ्जाल कैलाली अध्यक्ष निर्मला रिजाल, एनएनएसडब्लुएके चक्र बिक, आरडिएनका टेक बिक, पिसवीनका हर्क ओली, जिल्ला कानूनी सहायता केन्द्रका अधिवक्ता देवीलाल चौधरी, कृषि विकास कार्यालय कैलालीका प्रमुख युवराज पाण्डेलगायत कार्यक्रमा सुझाब दिएका थिए । कार्यक्रममा सहभागीहरुबाट हमएका जिज्ञासा उप्पर मञ्चको कार्यकारी निर्देशक सावित्रा घिमिरे प्रकाश पारेकी थिईन् ।