Please Update Your Browser.

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

रोल्पा, २९ जेठ । रोल्पामा एक ब्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

सुवर्णावती गाउँपालिका९१ घोडागाउँका ७४ वर्षीय गणेशबहादुर शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राती खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते लक्ष्मीको उपचारका क्रममा सोमबार विहान भैरहवामा मृत्यु भएको प्रहरी चौकी खुग्रीका प्रहरी सहायक निरीक्षक कमल शाहले बताए ।

अभियुक्त गणेशलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मादक पदार्थ सेवन गरेका शाहले घरायसी झगडाका क्रममा खुकुरी प्रहार गरेको प्रहरीले अनुमान गरेको छ ।