Please Update Your Browser.

कुवँरद्धारा मेयर पदको उमेदवारी फिर्ता, मेयर र उप मेयरमा कुल बहादुर र बुड थापा को नाम घोषणा

कालु बोहरा,
 जेठ २९, साफेबगर अछाम । नेकपा एमालेको तर्फ बाट साफेबगर नगरपालीकाको मेयर पदका उमेदवार शिव बहादुर कुवँर शिलोजले आफ्नो मेयर पदको उमेदवारी फिर्ता लिएका छन् ।

विरोध गर्ने केही व्याक्तिले झुटा समचार प्रकाशन गरि आफु माथि नैतिक प्रश्न उठ्नेगरी प्रचारबाजी भएपछि कुवँरले पत्रकार सम्मेलगरी आफुले मेयर पदको उमेदवारी फिर्ता लिएको जानकारी दिए ।

उनले एक प्रेस बिज्ञप्ती जारी गर्दै आफ्नो तर्फबाट कुनै अनियमितता र गल्ती नभए पनि आफु र आफ्नो पार्टीको बदनाम गरी स्थानीय निर्वाचनमा कु प्रभाब पार्ने नियत कु प्रचारबाट देखिएकाले जनता र पार्टी नेतृत्वमा सकारात्मक प्रभाब परोस भन्दै उमेदवारी फिर्ता लिएको उल्लेख गरिएको छ ।

उनले कार्यकर्तालाई आफनो मनोबल कमजोर नपार्न र कुप्रचारको पछि नलाग्न अनुरोध गर्दै आफु पार्टीलाई जिताउन अवरात्र खट्ने प्रतिबद्धता जनाए ।

कुवँरद्वारा हस्ताक्षरित बिज्ञप्तिमा आफना सहयात्रीहरूको सडयन्त्रबाट आफुलाई बिभिन्न ठाउँमा लगाईएको आरोप साँचो नभएको लेखिएको छ । साथै निर्वाचन पछि आफु माथि लान्छना लगाउनेमाथि कानुनी उपचार खोज्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै पत्रकार सम्मेलनमा साफेबगर नगरपालिकाको मेयर पदमा नेकपा एमाले प्रदेश न ७ का सदस्य कुल बहादुर कुवँर र उपमेयरमा पार्टीका जिल्ला कमिटी सदस्य बिर्मला बुडथापाको नाम जिल्ला अध्यक्ष शेर बहादुर कुवँरले घोषणा गरे ।