Please Update Your Browser.

सदस्यहरुलाई सामाजिक उत्तरदायित्व बुझाउदै तारापुञ्ज

लक्ष्मण गौतम,

चितवन, २ असार । बजार र बजार क्षेत्रसंगै जोडिएका ग्रामीण क्षेत्रका स्थानीयहरुलाई लक्षीत गरि ६ बर्ष अगाडी चितवनको भरतपुरमा स्थानपना गरिएको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था चितवनकै उदहारणीय सहकारीका रुपमा चिनिन थालेको छ ।

सहकारीले बिभिन्न सामाजीक कामका साथै शेयर सदस्यहरुको आर्थिक, सामाजिक उत्तरदायित्ब बहन गर्दै अगाडी बढेपछि सहकारी संस्था सबैको साझा चौतारी बन्न सफल भएको हो ।

Displaying 20170615_115524.jpg

सहकारी संस्थाले सहकारीमा आबद्ध सदस्यहरुलाई रकम जम्मा गर्न र ऋण लगानी गर्न मात्र सिकाउने नगरेको तथा सामाजीक उत्तरदायित्वका लागी बिभिन्न कार्यक्रम संचालन गर्ने गरेपछि सहकारी अधिकांश स्थानीयबासीको सहारा समेत बन्दै गएको हो ।

भरतपुर महानगरपालिका वार्ड नं ७,८,९,१०,११ का करिब ८ सय सदस्यहरु सहभागी रहेका सहकारी संस्थाले छोटो समयमा उल्लेख्य सफलता समेत हासिल गरेको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुको स्वास्थ्य सुरक्षा देखी सामाजीक कार्यमा निरन्तर रुपमा बिभिन्न कार्यक्रमहरु संचालन गर्दे आएको छ ।

सहकारीले सदस्यहरु लाई समय समयमा सहकारी आधारभुत शिक्षा तालिम देखी सफल ब्यबसायी बनाउन बिभिन्न किसीमका उपयोगी तालिमको संचालन देखी रक्तदान लगायत भरतपुर क्षेत्रमा रहेका बृद्धबृद्धा संरक्षणका लागी खोलिएका बिभिन्न संघ संस्थाहरुलाई आर्थिक र जिन्सी सामानहरु समेत उपलब्ध गराउने गरेको छ ।

सहकारी संस्थामा बिभिन्न पेशा र क्षेत्रमा आबद्ध जानकारी सदस्यहरु भएका कारण संस्था गतिशिल भएको संस्थाका अध्यक्ष हरि प्रसाद गैरे बताए ।

सहकारीमा आबद्ध शेयर सदस्यको संस्था प्रतिको अगाढ माया नै निरन्तर सफलताको कडी भएको उनको भनाई छ ।

तारापुञ्जले समय समयमा आफना सदस्यहरुको क्षमता अभिबृद्धीका लागी बिभिन्न शिक्षा मुलक कार्यक्रम संचालन गर्ने तथा हरेक क्षेत्रमा आत्मनिर्भर हुन सिकाउने गरेकाले  चितवन जिल्लामा नै अग्रणी सहकारीका रुपमा स्थापित हुन सकेको डिभिजन सहकारी प्रमुख ईमानाथ कडेल बताउछन् ।

थोपा थोपा संकलन गरेर गाग्री भर्ने अभियान मात्र नभएर सहकारीले  सामाजिक रुपान्तरणका लागी उल्लेख्य भुमिका निर्बाह गरेकाले सहकारीको मापदण्ड पुरा गरेको कडेलको भनाई छ ।

सहकारी संस्थाले हाल बिभिन्न किसीमका बचत कार्यक्रमका र सदस्यहरुलाई बिभिन्न कामका लागी ऋण दिने गरेको सहकारीका प्रबन्धक कृष्ण वस्तीले बताए ।

शेयर सदस्यहरुको सुजबुझका कारण हाल सम्म संचालन गरेका सबै किसीमका कार्यक्रमहरु सफल बनेको प्रबन्धक वस्तीको भनाई रहेको छ ।