Please Update Your Browser.

डि डब्लु आर एफ रणनीतिक योजनामा सफल

धनगढी, २३ असार । कैलाली जिल्लामा अवस्थित दलित महिला अधिकार मञ्च (डि डब्लु आर एफ) रणनीतिक योजनामा सफल भएको बताईएको छ । संस्थाले छोटो समयमा अधिकारको क्षेत्रमा काम गरि जिल्लादेखि केन्द्र स्तर सम्म स्थापित हुन सफल भएको हो ।

बुधबारदेखि धनगढीमा शुरु भएको नेतृत्व विकास तथा संस्थागत विकास तालिमको समापनमा संस्थाका कार्यकारी निर्देशक साबित्र धिमिरेले सो कुरा बताइन् ।

उनले दलित महिला अधिकार मञ्च आवश्यकतामूखि नभएर अधिकारमूखि काम गर्दै आएको बताईन् । संस्थाले कुनै पनि कार्यक्रम सञ्चालन गर्नुपूर्व समुदायमा भएको मुदा पहिचान गरी निश्पक्ष र पारदर्शिताका साथ अगाडी बढेको उनको भनाई छ ।

उनले संस्थामा दलित समुदायको मात्र प्रतिनिधित्व नभएर सिमान्तकृत समुदायलाई समेत समेतेर समावेसीकरण गरेकोे बताईन् ।
उनले आफूले काम गर्ने समुदायबाट थुप्रै दलित महिलाहरु दोस्रो चरणको स्थानीय तहको निर्वाचानमा निर्वाचित भएको बताउदै आफूले काम गरेको क्षेत्रमा उदेश्य परिपुरण हुदै गएकोमा गौरम्वित भएको बताईन् ।

त्यसै गरी संस्थाकी लेखा अधिकृत संगिता विकले संस्थाले तयार पारेको आर्थिक तथा प्रशासनिक नियामावली निर्देशिकामा रहेका मात्र आर्थिक कारोबार गर्ने गरेको बताईन् । उनले आर्थिक कारोबार गर्दा नगद भन्दा पनि बैक भौचर उठाएर मात्र रकम निकास गरेको बताईन ।
उनले आर्थिकरुपमा पारदशिता हुना कार्यक्रमको रिर्पोट विना कुनैपनि रकम निकास नगर्ने बताइन् ।

तालिममा संस्थाका सल्लाहकार गोविन्द न्यौपाने र दिपक बड्स्यालले सहजीकरण गरेका थिए । तालिम अवधिभर नेतृत्व शैली, नेतामा हुनुपर्ने गुण, नेताको काम कर्तव्य के कस्तो हुने, वकालत कसरी गर्ने द्धन्द्ध व्यवस्थापन कसरी गर्ने लगायत विषयमा सरल तरिकाले सहजीकरण गरेका थिए ।

तालिममा संस्थाका सञ्चालक समिति सदस्य, संस्थाका कर्मचारी, संस्थाले काम गर्ने क्षेत्रका समुदायको सहभागिता रहेको थियो । तालिम तिन दिन सम्म सञ्चालन भएको थियो ।