Please Update Your Browser.

धनगढीमा काँग्रेसको अग्रता कायम

धनगढी, २३ असार । धनगढी उपमहानगरको जारी मतगणनामा नेकपा एमाले र माओवादी केन्द्रको रिङआउट भएका छन् । स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसका नृप वडलाई पछ्याउदै आए पनि जित हुने सम्भावना कम देखिन्छ ।

अहिले वडा नम्बर ९ को मत गणना अन्तिम चरणमा पुगेको छ भने ११ र १२ नम्बर वडाको मतगणना जारी छ । १० नम्बर वडाको मतपेटिका खोल्न बाँकी छ ।

पछिल्लो मत अपेडट अनुसार कांग्रेसका उम्मेदवार वडले १८०० बढी मतको अग्रता लिएका छन् । पछिल्लो अपडेट अनुसार नृपले १२ हजार ५६२ मत पाएका छन् भने गोपालले १०७२६ मत पाएका छन् ।

र, अब ५ हजार मत गणना हुन बाँकी छ र गोपाल हमालले भेट्टाउने सम्भावना कम लगभग छैन ।