Please Update Your Browser.

“कम्यूनिष्टकोलागि जेल लडाईको मोर्चा हो”

धनगढी, २५ असार । निर्वाचन बहिस्कार गरेको भन्दै बन्दी बनेका विप्लब कार्यकर्ताहरुलाई रिहाई पछि आईतबार धनगढीमा सम्मान गरेको छ । उहाँहरुलाई सम्मान गर्ने क्रममा पोलिट व्यूरो इन्चार्ज ओम पुनले कम्यूनिष्टकोलागि जेल पनि लडाईको मोर्चा रहेको बताए ।

नेपाल कम्यूनिष्ट पाटीका कार्यकर्ताहरुले स्थानीय निर्वाचन बहिस्कारको क्रममा १४ जना कार्यकर्ता महिनौ दिन जेलबन्दी जीवन विताएका थिए ।

जेल बन्दीहरुलाई सम्ममान गर्ने क्रममा नेता पुनले भने ‘हामी एउटा मिसन पुरा गरेका छौं ।’ राज्यको विरोधमा जेल बन्दी बन्नु पार्टीले सफलता हाँसिल गरेको बताए ।

उनले भने निर्वाचनको क्रममा पार्टीले चलाएको बहिस्कार अभियानलाई विफल पार्न राज्यले आफ्नो शक्तिलाई पार्टी केन्द्रीत गरेर देश भरिका सयौं नेता तथा कार्यकर्ताहरुलाई बन्दी बनाएर आफ्नो पार्टीलाई थप उर्जा पैदा गरिदिएको बताए ।

उनले बन्दी बनेका कार्यकर्ता रिहाई पछि बैचारिकरुपले झन निखारिएको दाबी गरे । अभियानको क्रममा गिरफ्तारमा परेका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र विकले आफूलाई विना प्रमाण गिरफ्ता गरे पनि गिराफ्तारी पछि अपहरण मुद्धा लगाएर प्रशासनले धेरै दुःख दिएको अनुभव सुनाए ।

उनले बन्दी बनेपछि बैचारिकरुपले विक्षिप्त बनेकाहरुलाई राजनीतिक आन्दोलनकोलागि मानसिकरुपले थप तयार बनाई दिएको अनुभव सुनाए ।

त्यसै गरी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विमल धामीले गरिफ्तारि पछि प्राविधिक सुचनामा पार्टी कत्तिको गोप्नियता कायम गर्ने भन्ने बारे प्रष्ट भएको बताए ।

उनले प्रसाशन भित्रको गतिविधिको अनुभव सुनाउदै राजनीति गर्ने जेल बन्दी जीवन विताउनै पर्ने अनुभव सुनाउदै जेल जीवनले क्रान्तिकोलागि थप उर्जा पैदा गर्ने उत्साह दिएको बताए ।

सम्मान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सरदसिंह भन्डारी, जिल्ला पार्टीका नेता तथा कार्यकर्ता तथा जेल बन्दीहरुको सहभागिता रहेको थियो ।