Please Update Your Browser.

पत्रकार तथा साहित्कार यशोदा अधिकारीको बालकथा संग्रह ‘जुरेली र मयुर’ लोकार्पण

काठमाडौं, ८ साउन । पत्रकार तथा साहित्कार यशोदा अधिकारीको बालकथा संग्रह ‘जुरेली र मयुर’ को आज लोकार्पण गरिएको छ । कृतिको एक समारोहकाबीच साझा प्रकाशन पुल्चोकमा प्रमुख अतिथि तथा साहित्कार प्रदिप नेपाल, साहित्कार प्रमोद प्रधान, अन्नपूर्ण राष्ट्रिय दैनिकका पृष्ठ संयोजक रामकला खड्का र पत्रकार आनन्द वाग्लेले संयुक्त रुपमा पुस्तकको विमोचन गरे ।

रेडियो नेपालमा कार्यरत पत्रकार तथा साहित्यकार अधिकारीको यस पुस्तकका कथाहरुमा कलाकार राजकुमार प्रजापतिले चित्र बनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा साहित्कार प्रदिप नेपाल, पत्रकार आनन्द वाग्ले, साहित्कार प्रमोद प्रधान, साझा प्रकाशनका अध्यक्ष डोलेन्द्र शर्मा, अन्नपूर्ण राष्ट्रिय दैनिकका पृष्ठ संयोजक रामकला खड्का लगायतले कृतिमाथि समिक्षा गरेका थिए ।

वक्ताहरुले बाल साहित्य नयाँ पुस्तामा आकर्षको विषय भएको भन्दै उमेरगत आधारमा बाल साहित्य लेखिनुपर्ने बताए ।

पत्रकार तथा साहित्यकार अधिकारीले ५ वर्षदेखी १२ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर पुस्तक लेखेको बताइन् ।

२१ पृष्ठको पुस्तकमा हजुर आमाको गहना, जुरेली,मेयुर लगायत ७ वटा बालकथा समावेश गरिएको साहित्कार अधिकारीको भनाई छ ।

यस भन्दा अघि उनका निषेधविरुद्ध (कवितासङ्ग्रह), अस्विकार (कवितासङ्ग्रह), संसार हल्लाउने एक सय एक सङ्घर्षशील नारीहरु (जीवनीसंग्रह) र क ख गीत (बालकविता संग्रह) प्रकाशित भैसकेका छन् । जुरेली र मयुर (बालकथा सङ्ग्रह) अधिकारीको पाँचौ कृति हो ।