Please Update Your Browser.

“मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा

काठमाडौं, १३ साउन । शिक्षा क्षेत्रमा निरन्तर लागी परेका दुई युवाको संयुक्त पहलमा गीत “सुभाषित: मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग” बजारमा आएको छ ।

त्रिभुवन विश्व बिद्यालयमा सामाजिक कार्य विषयका उप प्राध्यापक, युवा अभियन्ता, साहित्य र शिक्षामा लामो समयदेखि क्रियाशील गीतकार सरोज गिरीको सांगीतिक क्षेत्रमा यो पहिलो कदम हो ।

यसै गरी अंग्रेजी बिषय अध्यापन गराउने अभिषेक श्रेष्ठको स्वर र सङ्गीत रहेको यो गीत फरक प्रकारको बनेको छ ।

एउटा गीतबाट प्रेम र बिछोडको भावलाई सबल र सरस शब्दमा लेखिएको यो सांगीतिक रचनालाई सुन्दर बनाउन संजिव बराइलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी समिश्रणले अझै सशक्त भुमिका निर्वाह गरेको छ ।

भिडियोमा हेर्नुस