Please Update Your Browser.

विद्यार्थी नेता जाग्रीको अन्त्येष्टी

डम्बर जाग्री

कञ्चनपुर, ३० साउन । गत शनिबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटान सिद्धनाथ विज्ञान क्याम्पसको छात्रावास भित्र घाँटी रेटेर हत्या गरिएका विद्यार्थी नेता डम्बर जाग्रीको सोमबार महाकालीमा अन्त्येष्टी गरिएको छ ।

अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सदस्य तथा सिद्धनाथ विज्ञान क्याम्पस मुल इकाई कमिटिका संयोजक जाग्रीलाई उनका बाबु मने जाग्रीले दागबत्ती दिएका थिए भने, पार्थिक शरिरमा क्रान्तिकारी र माओवादी केन्द्रको झण्डा ओढाई सम्मान गरेको थियो ।

क्रान्तिकारीका केन्द्रीय सचिव राधाकृष्ण जोशीले कायरतापूर्ण तरिकाले विभत्स हत्या गरिएको बताउदै दोषीामाथि कारवाही नगरे क्रान्तिकारीले आन्दोलन चर्काउने चेतावनी दिए ।

अन्त्येष्टीमा अखिल क्रान्तिकारी, नेवि संघ, अनेरास्ववियु, वैद्य\विप्लव क्रान्तिकारीका विद्यार्थी नेता, विज्ञानका प्राध्यापक, आफन्त इष्टमित्र साथीभाइ ठूलो उपस्थिति थियो ।

बझाङ्ग थलेदुर्गा गाउँपालिका–६ का २४ वर्षिय जाग्री विज्ञान क्याम्पस विएस्सी चौथो वर्षमा अध्ययनरत थिए । उनका परिवारले घटनाका दोषिउपर छानविनको माग राख्दै हत्यारालाई कारवाहीको माग गरेका छन् ।

डम्बरका बाबु माने जाग्रीले आइतबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता भीम बहादुर दाहालले मृतका बाबुले छोराका हत्यारालाई कारवाहीको माग राख्दै जाहेरी दिएको बताए । प्रवक्ता दाहालले जाग्रीको घटनाबारे गहिरो अनुसन्धान भईरहेको बताउँदै घटनाबारे सत्य तथ्य पत्ता लगाउन प्रहरीले कुकुरको परिचालन गरेको छ ।

घटनाका संकास्पद क्यान्टिनमा कार्यरत सुरेन्द्र सिह रावत, सुरज ढगौरा र दिनेश लोत्थ्याललाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरी प्रवक्ता दाहालले घटनाबारे थप अनुसन्धान गर्न विद्यार्थी, क्याम्पस प्रशासनसँग पनि सोधपुछ गरेको जानकारी दिए । ‘अहिले शवको पोष्टमाष्टम भएको छ, ‘उनले भने,‘पोष्टमाष्टमबाट थप विषय खुल्छ ।’ कञ्चनपुर प्रहरीले पक्राउ परेका व्यक्तिको पोलिग्राफका माध्यमबाट पनि सोधपुछ गर्ने तयारी गरेको छ