Please Update Your Browser.

बाँदर लघट्दा लडेर एक जनाको मृत्यु

अर्घाआचीँ, साउन ३० । अर्घाआचीँको मालारानी गाउँपालिका वडा नम्बर ६ मेहेलपानी बस्नेमा  बाँदर लघट्दा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेकपा मसालका नेता जंगबहादुर थापाको बाँदर लखट्ने क्रममा ज्यान गएको छ । बाँदर लखेटिरहँदा हृदयघात भएर उनको ज्यान गएको हो ।

घर नजिकै बाँदर लखेट्ने क्रममा हृदयघात भई ६४ वर्षको उमेरमा उनको निधन भएको स्थानीय बासीहरुले बताएका छन् । थापा लामो समयदेखि राजमो जिल्ला समिती अर्घाखाँचीको उपाध्यक्ष पदमा रहेर काम गर्दै आएका थिए ।