Please Update Your Browser.

बाढी पीडितलाई चोको सास्ती

काठमाडौं, साउन ३२ । बाढीबाट विस्थापित रौतहटको देबाही गोनाही गाविस ८ स्थित दोहारटोलमा चोरी हुन थालेको छ ।

बाढीबाट विस्थापित सो बस्तीमा एक सय ४० घरधुरीका परिवारले वडानम्बर २ बजारटोलका छिमेकी बस्तीमा आश्रय लिएपछि उनीहरूको घरमा चोरी भएको बताएका छन् ।

पानीको सतह घट्दै गए पनि उनीहरूको घर भत्किएका कारण आफ्नो घरमा फर्कन सक्ने स्थिति रहेको छैन ।