Please Update Your Browser.

गोविन्द केसीको अनसन स्थगित

काठमाडौं, साउन ३२ । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै २३ दिनदेखि अनशन बसेका डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।

बाढीपहिरोबाट देशमा आक्रान्त भएको र बाढीपीडित क्षेत्रमा स्वास्थ्य क्षेत्रमा गम्भीर समस्या आउने भएकाले त्यसमा ध्यान केन्द्रित गर्न अनशन स्थगित गरेको डा. केसीले बताए ।

यस अघि नेपाल सरकारका सचिव शान्त बहादुर श्रेष्ठले डा। गोविन्द केसीको बिग्रिदो स्वास्थ्यप्रति प्रधानमन्त्री गम्भीर रहेको बताएका थिए । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सचिव श्रेष्ठले अधिकांश माग पुरा भइसकेको भन्दै तत्काल अनसन तोड्नको लागि आग्रह गरेका थिए ।

त्यस्तै कार्यक्रममा एमाले नेता एवम सांसद डा. वंशीधर मिश्रले कार्यदल समितिबाट पास भएको चिकित्सा शिक्षा विधेयक संसदमा छलफल गर्नको लागि आग्रह गरेका छन् । उनले मनमोहन अधिकारीको नाममा झगडा गर्नु उचित नहुने बताएका छन् ।

त्यस्तै कार्यक्रममा मनमोहन मेडिकल कलेज सरकारलाई बेच्न आफूहरू तयार रहेको कलेजका सचिव रामकुमार अधिकारीले बताएका छन् ।