Please Update Your Browser.

कैलालीबाट कति गए बैदेशिक रोजगारीमा (हेर्नुहोस् तथ्यांक)

जीवन बिष्ट,

कैलाली, ३२ साउन । कैलालीबाट बैदेशीक रोजगारमा जानेको सख्या बड्दै गएको छ । सुरक्षित आप्रवासन परियोजना कैलालीका अनुसार सन् २०१४\१५ मा ३ हजार ६ सय ७६ जना बैदेशिक रोजगारमा गएको तथ्याङ्क रहेको छ ।

बैदेशिक रोजगारीमा जानेमा पुरुष ३ हजार ६ सय १५ जना र महिला ५८ जना रहेका छन । सन् २०१५\१६ मा २ हजार ३ सय ६७ जना गएकोमा पुरुष २ हजार २ सय ९५ र महिला ७२ जना रहेको सुरक्षित आप्रवासन परियोजनाको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै सन् २०१६\१७ मा ३ हजार ९ सय ८८ जना गएकोमा पुरुष ३ हजार ८ सय १२ र महिला १ सय ७६ जना रहेका छन् ।तथ्याङ्कलाई बिश्लेषण गर्दा सन २०१४\१५ मा ३ हजार ६ सय ७६ जना बैदेशिक रोजगारीमा गएकोमा सन् २०१५\१६ मा २ हजार ३ सय ६७ जना गएका छन् । २०१४\१५ भन्दा २०१५\१६ बैदेशिक रोजगारीमा जानेको संख्या १३०९ ले घटेको छ । सन् २०१६\१७ मा ३ हजार ९ सय ८८ जना बैदेशीक रोजगारीमा गएको देखिएको छ ।

२०१५\१६ को भन्दा् २०१६\१७ बैदेशीक रोजगारीमा जानेको संख्या १७२१ले बढेको छ । ३ बर्षको अवधिमा कैलाली बाट १० हजार ३१ जना बिदेशिएका छन् ।नेपालमा रोजगारी नहुन, बिदेशबाट छोटो समयमा धेरै पैसा कमाउने लोभमा ठुलो संख्यामा कैलाली बाट बैदेशीक रोजगारीको लागी बिदेशीएको र कमै मात्रामा ओषधि उपचार र अध्यानको लागी नेपालि बिदेशि रहेको सुरक्षित आप्रवासन परियोजना कैलाली संयोजक पञ्चराम चौधरीले जानकारी दिए ।