Please Update Your Browser.

डोरीमा झुण्ड्याएर प्रसव गराउँदै गरेको अवस्थाबाट समाजसेवी पुरुषले बचाए महिलाको ज्यान

लेखनाथ खतिवडा,

पाँचथर, भदौ ८ । हाम्रो समाजमा अझै पनि चेतनाको कमि छ । समाजमा पछौटेपनको प्रभाव छँदै छ । पाँचथरको हिलिहाङ–४(साविक पञ्चमी–८) मा यस्तो एउटा घटना घट्यो त्यो घटना सुन्ने वितिकै सबैको आङ जिरीङ्ग हुन्छ ।

कुरा हो हिलिहाङ–४ (साविक पञ्चमी–८) की २२ वर्षिया तारा लुवागुनको उनलाई सुत्केरी व्याथा लागेको रहेछ । शनिवारको कुरा हो स्थानीय लयप्रसाद संग्रौला आफ्नो खेतमा पानी लगाउन गइरहेका थिए । लुवागुनको घरमा केहि मानिसहरुको होहल्ला सुनेर उनि पनि त्यतैतिर गए । त्यहाँ उनले लुवागुनलाई केहि महिलाहरुले डोरीमा झुण्ड्याएर केहिले पछाडिवाट ठेल्दै त केहिले छेउ छेउबाट निचोर्दै गरेको देखेपछि उनले “यो के गरेको भनि सोध्दा” त्यहाँ भएका महिलाहरुले “यसलाई सुत्केरी गराउन लागेको” भनेपछि संगौलाले उनलाई यसो गर्नु हुन्न यसो गर्नाले आमा र वच्चा दुवैको ज्यान जोखिममा हुन सक्छ, तुरुन्त जिल्ला अस्पताल लैजानु पर्छ भनि तत्काल सवारी साधन समेतको व्यवस्था गरी स्वयंले लिएर आएको बताए ।

नियमित गर्भ जाँच समेत गरेको बताउने लुवागुन सुत्केरी हुन भने कसैले पनि अस्पताल जानु पर्छ नभनेको बरु हामीले कतिवटा वच्चा जन्मायौ भन्दै स्थानियहरुले घरमै वच्चा जन्मिन्छ भनेको सुनाउँछिन् । उनी अस्पतालको वेडमा आफ्नी छोरीका साथ छिन अहिले उनी“भन्छिन् धन्य छ लय अंकललाई उहाँले मलाई बचाउनु भयो ।”

शुक्रबार देखि व्यथाले च्यापेको र अरुले अस्पताल जानु पर्दैन यहि हुन्छ भनेपछि आफुले डोरीमा झुन्डीएर वच्चा जन्माउन खोजेको लुवागुनले बताइन् ।

“मैलै केहिबेर ढिला गरेर देखेको भए यी महिला र वच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो” संग्रोला भन्छन्ः– “हाम्रो समाजमा चेतनाको कमि त छदै छ तर यतिसारो पिछडिएकै छ भन्ने मलाईनै थाहा थिएन ।”

आर्थिक रुपमा समेत कमजोर र पारिवारका अन्य सदस्यहरु समेत अपांग भएकी ती दलित महिलाको लागि संग्रौलाकै पहलमा जिल्लामा आर्थिक सहयोग समेत जुटेको छ । अहिले उनलाई विभिन्न स्रोतवाट करिव १५ हजार वढीको सहयोग भएको तारा स्वयंले वताउँछिन् । आफ्नो पहिलो सन्तानको जन्म दिने अस्पतालका डाक्टर र स्थानीय समाजसेवी संग्रौलालाई उनी भगवान भन्छिन् ।

महिलाको शारिरीक अवस्थाको कारण पनि सल्यकृया गर्नु परेको भएपनि अहिले उनको र वच्चाको अवस्था सामान्य भएको डा.पवनकुमार साहले बताए ।

जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यरत धेरै संघ संस्थाहरु र स्वयं सरकारले आमा र वच्चाको पोषण र सुरक्षासंगका थुप्रै योजनाहरु र कार्यक्रमहरु संचालन गरेपनि दुरदराजका यस्ता तारा लुवागुनहरुको पहुँच सम्म पुग्न नसक्नुले त्यस्ता कार्यक्रमहरु पहुँच भएका र सुगम क्षेत्रका लागी मात्र त होइनन् भन्ने प्रश्न उव्जनु अस्वभाविक होइन ।