Please Update Your Browser.

इन्टरनेटबाट बालबालिकामाथि परेको नराम्रो प्रभावलाई ख्याल गरी वर्ल्डलिंकको सेफनेट सेवा सुरु

काठमाडौं, ९ भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले इन्टरनेटको प्रयोगबाट बालबालिकामाथि परेको नराम्रो प्रभावलाई ख्याल गरी सेफनेट सेवा सुरु गरेको छ ।

सेफनेट सेवाले अभिभावकहरुलाई वर्ल्डलिंक इन्टरनेट जडानमा कुन इन्टरनेट साइट नियन्त्रण गर्नको लागि पहुँचयोग्य छ भन्ने अनुमति दिँदै प्रयोगकर्ताहरुलाई कुन समयमा कस्ता नियन्त्रण सामाग्रीको छनोट गर्ने भन्ने बारेमा अनुमति दिने गर्दछ । यो सेवा वर्ल्डलिंकका ग्राहकहरुका लागि निशुल्क प्रदान गरिने छ ।

सेफनेटको सेटिङ्ग र कन्ट्रोलहरु वर्ल्डलिंकको ग्राहक पोर्टल अथवा माई वर्ल्डलिंक एप्सबाट प्राप्त गर्न सकिन्छ ।

सेफनेट प्रयोगबाट हुने फाइदाहरुः

  • बच्चाहरुको अध्ययनको अवधिमा सामाजिक मिडियालाई प्रतिबन्धित गर्ने,
  • डिभाइसहरुलाई नकारात्मक प्रभाव पार्ने वेवसाइटहरु ब्लक गर्ने,
  • वेवसाइटहरु ब्राउजिंग गर्दा विज्ञापनहरु फिल्टर गर्ने,
  • वयस्क सामग्रीहरुलाई पूर्ण रुपमा बन्देज गर्ने,
  • फेसबुक,ट्वीटर,युट्युब जस्ता सामाजिक सञ्जालको प्रयोगलाई बन्देज गर्ने,
  • आफ्नो समय तालिका अनुसार वेवसाइट अन र अफ गर्ने,

विशेष वेवसाइट वा डोमेनहरु ब्ल्याक लिस्ट वा ह्वाइट लिस्ट गर्ने । यो सेवा नेपाली बजारमा अभ्यासको रुपमा सञ्चालन गर्न लागेको हुनाले सेवामा कुनै किसिमको वारेन्टी वा ग्यारेन्टीको व्यवस्था नरहेको कम्पनीले बताएको छ । साथै सेफनेट सेवा सामान्य अभ्यास, जागरुकता र ज्ञानको कार्यान्वयन पश्चात सर्वोत्तम प्रयासका आधारमा प्रदान गरिन्छ ।

वर्ल्डलिंकले प्रदान गरेको सेफनेटका फिल्टरिंग अल्गोरिदम,डोमेन सूचीहरु लगभग सही हो भनेर सुनिश्चित गर्ने प्रयास हो तर कुनै विशेष डोमेन वा वेवसाइटको गलत वर्गीकरणको लागि कुनै दायित्व स्विकार गरिने छैन ।