Please Update Your Browser.

योगगुरु खड्काको ‘स्वस्थ जीवन जिउने कला’ पुस्तक बिमोचन

काठमाडौं, १० भदौ । पतञ्जली योग समिति भक्तपुरका महामन्त्री केदार खड्काको दोस्रो पुस्तक ‘स्वस्थ जीवन जिउने कला’को पतञ्ली योग समिति नेपालका केन्द्रिय सदस्यद्वय लवदेव मिश्र र अर्चना घिमिरेले बिमोचन गरे । पतञ्जली योग समिति भक्तपुरको ११औं स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक विमोचन गरियो ।

योग गुरु खड्काले आफ्नो दोस्रो कृतिमा १३ वर्षभन्दा बढीको अध्ययन तथा अभ्यासको अनुभवको आधारमा योगका विभिन्न पक्षलाई केलाएका छन् ।

पुस्तकले शारीरिक, मानसिक र आध्यात्मिक उत्थानमा सघाउ पु¥याउने आशा राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराइले गरेका छन् । योगमय समग्र जीवनशैली सिकाउने पुस्तकका रुपमा रहेको यस कृतिमा पतञ्जली योग शिक्षकहरुकले प्रशिक्षण दिने ६० प्याकेजको सबै अभ्यासलाई ब्याख्या र सचित्र वर्णन गरिएकाले यसबाट योग शिक्षक प्रशिक्षार्थी र सामान्य अभ्यासकर्तालाई पनि विशेष लाभ पुग्ने केन्द्रीय प्रभारी लवदेव मिश्रले बताए ।

आफ्नो पहिलो पुस्तकलाई धेरै योगप्रेमीले मन पराएका कारण विमोचन भएको करिव १० दिनभित्रै सबै बिक्रि भएको प्रशंग कोट्याउँदै लेखक खड्काले आफूले यसलाई पहिलेको भन्दा थप अध्ययन गरेर अझै स्तरीय बनाउने कोशिस गरेको बताए ।

जिल्ला सहकारी संघ लिमिटेड भक्तपुरको उपाध्यक्ष, नेपाल बहुउदेश्यीय केन्द्रिय सहकारी संघ लिमिटेडका संचालक, लोहकिल्थली सहकारी संस्था लिमिटेडका अध्यक्षलगायतका विभिन्न संघसंस्थामा आवद्ध लेखक खड्काको योग, ध्यान, सहकारी, सामाजिक, राजनीतिकलगायतका क्षेत्रमा पनि विशेष दखल रहेको छ ।

पतञ्जली योग समिति भक्तपुरको ११औं स्थापना दिवसको अवसरमा आयोजित विमोचन कार्यक्रममा भक्तपुरलाई नेपालको पहिलो योग जिल्ला घोषणा गर्न नेतृत्वदायी भूमिका निर्बाह गर्ने योग गुरुहरुलाई सम्मान पनि गरियो । सम्मानित हुने ब्यक्तित्वमा केन्द्रीय सदस्यद्वय ललित शंकर योगी र ग्रौबेन तौजलेका साथमा पतंजली योग समिति भक्तपुरका संरक्षक बालमुकुन्द सुवाल रहेका छन् ।

त्यसैगरी हालै सम्पन्न स्थानिय निर्वाचनमा योगदान पु¥याउने योग प्रशिक्षकहरुलाई पनि कार्यक्रममा सम्मानित गरियो ।

कार्यक्रममा बाढी पीडितका सहयोगगार्थ संकलित दुई लाख १२ हजार रुपैंया पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष कृष्णराम गणेषलाई हस्तान्तरण गरियो ।