Please Update Your Browser.

लुम्बिनी र शाक्य गणराज्यको रहस्यहरु

परिचय
बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बौद्ध धार्मिक मान्यता अनूसार बुद्धत्व प्राप्त गर्ने २८ बुद्धहरू मध्ये सप्त बुद्ध भन्नाले कनक मूनी, शाक्य मूनी, शिखी, बिश्वभू,काश्यप, बिपश्वी, क्रकुच्छन्द हून् । यी बुद्ध मध्ये शाक्यमूनी “गौतम बुद्ध” को जन्मस्थल लुम्बिनीक्षेत्र भ्रमण गर्ने योजना धेरै अघि देखि नै बनाएका थिए । यो यात्रा संस्मरणमा पाठक बृन्दहरूलाई लुम्बिनीक्षेत्र सम्बन्धमा मेरो जानकारीमा भएका ज्ञान तथा अनूभवहरू बड्ने कोशिस गरेको छु । बौद्ध धर्मको चार पवित्र महत्वपूर्ण स्थलहरू मध्ये शाक्यमूनी सिदार्थ गौतम “गौतम बुद्ध” को जन्मस्थान लुम्बिनी, बुद्धत्व प्राप्त गरेकोस्थान बोधगया, प्रथम धर्म चक्र प्रवचन दिएको स्थान सारनाथ, महापरिनिर्वाण (मृृत्यू) प्राप्त भएको स्थान कुशीनगर मध्ये हाल नेपालको सरहद भित्र पर्ने एक मात्र स्थान लुम्बिनीनेपालीहरूले भ्रमण गर्नै पर्नेमहत्वपूर्ण स्थान मध्ये एक स्थान हो । बि.सं. २०५४।०३।२८ गते बिश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्र संसारका शान्ति प्रेमी तथा बुद्धत्वको अस्तित्व स्वीकार गर्ने जो कोहीको लागि पनि प्रेरणाको श्रोतको रुपमा स्थापित भईसकेको छ ।

गौतम बुद्धको जिवनी

“गौतम बुद्ध”को जन्म कपिलबस्तूको शाक्य शाही परिवारमा राजा शूद्धोधन तथा रानी मायादेवीको पूत्रको रुपमा लुम्बिनीमा भएको थियो । रानी मायादेवी कपिलबस्तूबाट माईती देवदह जाने क्रममा लुम्बिनी वाटिकामा गौतम बुद्धको जन्म भएको थियो । उनको वास्तबिक नाम सिद्धार्थ गौतम हो । Light Of Asia को रुपमा चिनिने गौतम बुद्धको जन्म लुम्बिनीमा ई.पू. ५६३ बैशाख पूर्णिमामा भएको थियो । सिद्धार्थ गौतमको जन्मको ७ दिन पश्चात उनकी आमा मायादेवीको मृत्यू भएको हूंदा उनको सम्पूर्ण स्याहार सूसार मायादेवीकी बहिनी महामाया प्रजापतिले गरेकी थिईन । सिद्धार्थ गौतमले २९ बर्षको उमेर सम्म प्राचिन कपिलबस्तूको राजकूमारको रुपमा आफ्नो जिन्दगी ब्यतीत गरेका थिए । त्यस समयमा बुद्ध जन्मेका Mile Stone, हुर्केका तिलौराकोट दरबारको अवशेष, मामाघर देवदहमा मावाली तर्फको आवास क्षेत्र आदीको अवशेष अझै पनि नेपालको वर्तमान रुपन्देही तथा कपिलबस्तु जिल्लामा सूरक्षित नै छन् । सिद्धार्थ गौतमले २९ बर्षको उमेरमा गृह त्याग गरेपछि ज्ञान प्राप्तीको लागि बिभिन्न स्थानमा भौतारिदै ध्यान, तपस्या गर्न थाले । यही शिलशिलामा उनीले आफ्नो उमेरको ३५ औं बर्ष ई.पु. ५२८ मा हाल भारतको बिहार स्थित बोधगयामा ध्यानमग्न अवस्थामा उनलाई आकस्मात ज्ञान प्राप्त भयो । उनले पहिलो पटक आफुलाई प्राप्त ज्ञान बारे शिष्यहरूलाई सारनाथ हाल भारतमा प्रवचन दिएका थिए । ती ज्ञानहरू उनी आफ्नो जीवनभर प्रचार प्रसार गरेर मानिसलाई दुखबाट मुक्त हुने ब्यहारिक एवं आध्यात्मिक उपायहरू बताए । उनको मृत्यू ईशा पूर्व ४८३ मा कूशिनगर (हाल भारत) मा भएकोथियो ।

लुम्बिनीको खोजी

गौतम बुद्धको मृत्यू पछि लुम्बिनीबिभिन्न बौद्ध यात्रीहरूको आध्यात्मिक केन्द्र बन्न पूग्यो । राजा अशोकले अशोक स्तम्भ खडा गरेका थिए । बिभिन्न बौद्ध भिक्षूहरूले आआफ्नो यात्रा वर्णनमा लुम्बिनीको बयान गरेका थिए । १४ औं शताब्दीमा राजा रिपू मल्लले अशोक स्तम्भमा आफ्नो राजकीय भ्रमण लुम्बिनीमा भएको भनी लिपिबद्ध गरे । गौतम बुद्धले प्रचार प्रसार गर्नु भएको बौद्ध धर्म बिश्व ब्यापी हुँदै जादां लुम्बिनीक्षेत्रमा बिभिन्न भूकम्प, बाढी लगायतको बिपद्ले लुम्बिनीको प्राचिन एवं ब्यवस्थित बस्ती जंगलमा परिणत भयो । १५ औं शताब्दी पछि बिभिन्न बिपद्का कारण अशोक स्तम्भ पूरियो र लुम्बिनी सबैको खोजीको बिषयमा परिणत भयो । लुम्बिनी बिभिन्न ग्रन्थ र यात्रीहरूको डायरीमा मात्र सिमित भयो । खास लुम्बिनी क्षेत्र पत्ता लगाउन बिभिन्न बिज्ञहरूले आ आफ्नो स्थानबाट प्रयासहरू गरी राखे । लुम्बिनीको वास्तविक स्थानका सम्बन्धमा सन् १८९५ मा जर्मनी Archaeologist Dr. A Feuhere र तत्कालीन पाल्पाका गर्भनर खड्ग शम्शेरले संयूक्त रुपमा लुम्बिनीमा उत्खनन् शुरु गरे र सन् १९९६ मा अशोक स्तम्भ पत्ता लगाएका थिए । अशोक स्तम्भपत्ता लागेपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो भनी प्रमाणित भएको थियो । बौद्धमार्गी मौर्य सम्राट अशोक आफ्नो राजकीय भ्रमणको क्रममा ई.पू. २४९ मा बुद्ध जन्मस्थल लुम्बिनीआएको समयमा आफ्नो लुम्बिनी भ्रमणलाई स्मरणीय रहोस् भनी स्तम्भ गाड्न लगाएका थिए । त्यस स्तम्भलाई अशोक स्तम्भ भनिन्छ । उक्त स्तम्भमा “देवताहरूका प्रिय प्रियदर्शी अशोक राजा राज्यकालको २० औं बर्षमा आफै आउनू भयो। यहां शाक्यमूनी बुद्धको जन्म भएकोले बुद्ध जन्म संकेतक Marker Stone शिलामा पूजा गरी यो शिला स्तम्भ स्थापना गर्नुभयो । यहां भगवान्को जन्म भएकोले लुम्बिनी गांउका कर घटाई आठौं भाग मात्र कायम गर्नूभयोे” भनी अभिलेखमा उल्लेख गरिएको छ । अभिलेखमा पाली भाषा बाम्ही लिपीमा उल्लेखित (ईदं बुद्ध जाते hidabuddhajate Hida Budhe jate Sakyamuni, ले पनि यहां बुद्ध जन्मनु भयो, यहां शाक्यमूनी जन्मनु भयो भनीस्पष्ट पारेको छ । सिद्धार्थ गौतम “गौतम बुद्ध” को जन्मस्थल लुम्बिनी आवलोकन हरेक नेपालीहरूको लागि महत्वपूर्ण छ । म काठमाडौंबाट लुम्बिनीतर्फ हानिए । महेन्द्र राजमार्गको नवलपरासी जिल्लाको बर्दघाट ईलाका नजिक देखी हरियो सूचनामूलक द्धारहरूले लुम्बिनी तर्फको दूरी कम हूंदै गएको आभाष गराउदै थियो मलाई । म लुम्बिनी बसपार्कबाट बौद्ध संग्राहलय, कृत्रिम नदी, शान्ति दिप हूंदै मायावती मन्दिर परिसर पूगे ।लुम्बिनी बसपार्क सानो भएतापनि ब्यवस्थित नै छ । बसपार्कबाट र्ओ्लिए पश्चात नजिकै रहेको लुम्बिनी बौद्ध संग्राहलय तर्फ अग्रसर भए । बौद्ध मार्गीहरूमा बुद्धको जन्मस्थान लुम्बिनी, ज्ञान प्राप्त गरेको स्थान बोधगया, प्रथम पटक शिष्यहरूलाई आफूलाई प्राप्त ज्ञान बारे प्रवचन दिएको स्थान सारनाथ पछि उनले महापरिनिर्वाण गरेको स्थान कुशीनगर ज्यादै महत्वपूर्ण स्थान मानिन्छ । बुद्धको मृत्यू ई.पू. ४८३ मा कुशीनगर(हाल भारतको उत्तर प्रदेशमा भएको थियो ।

बौद्ध संग्राहलय

छिमेकी राष्ट्र भारतको सहयोगमा निर्माण गरिएको लुम्बिनी बौद्ध संग्राहलय र बौद्ध पुस्तकालय उस्तै (अर्ध गोलाकार) डिजाईनमा निमार्ण भएको छ । संग्राहलयमा नेपालको लुम्बिनी र काठमाडौंमा प्राप्त प्राचीन मूर्ती,पैसा तथा अन्य सामाग्रीहरूका साथै भारतका बिभिन्न स्थानमा प्राप्त भएका पूरातात्विक महत्वका बौद्ध मूर्तीहरू तथा बौद्ध धर्मसंग सम्बन्धीत प्राचीन पूरातत्वीक महत्वका सामानहरू राखिएका छन् । भारतका बौद्ध सामाग्रीहरू समेत नेपाली पूरातात्विक महत्वका सामाग्रीहरू समान संख्यामा प्रर्दशनी गरिनूले उक्त संग्राहलयमा आवलोकन गर्ने आम सर्वसाधरण तथा पयर्टकहरूमा बुद्ध नेपाल वा भारत कून देशमा जन्म भएको हो भनी अल्मल्याउन सहयोग गरेको छ । गौतम बुद्धको जीवनका ४ महत्वपूर्ण स्थानहरू मध्ये जन्मभूमी लुम्बिनीबाहेक बुद्धत्व प्राप्ती गरेको स्थान बोधगया, प्रथम धर्म प्रवचन गरेको स्थान सारनाथ र महापरिनिर्वाण गरेका स्थान कुशीनगर हाल भारतमा पर्ने हूंदा त्यसको प्रभाव स्वरुप पनि त्यहां भारतीय क्षेत्रका प्राचीन बौद्ध सामाग्रीहरू समेत राखिएको हून सक्छ तथापी लुम्बिनीको बिशिष्ट पहिचान झल्काउने सामानहरूको बाहूल्यता संग्राहलयमा हुनु पर्ने तर्फ लुम्बिनी बिकास कोषले उचित ध्यान नदिनू नेपालीहरूको लागि दूखद पक्ष हो ।

बौद्ध संग्राहलयमा सिद्धार्थ गौतम “गौतम बुद्ध” तथा लुम्बिनी सम्बन्धी मात्र सामाग्रीहरूको अलवा बिभिन्न कालखण्डमा बुद्धत्व प्राप्त गरेको बुद्ध सम्बन्धी तथा अन्य बिभिन्न कालखण्डका मूर्तीहरू राखिनूले पयर्टकरुलाई लुम्बिनी लगायत, बौद्ध मार्गीहरू सम्बन्धित अन्यत्र स्थानको पनि जानकारी गराउदै आएको छ । संग्राहलयमा लुम्बिनीउत्खनन्का क्रममा फेला परेका सामाग्रीहरूको छुट्टै प्रर्दशन कक्षको ब्यवस्था गरिएको छैन जून ब्यवस्थापनको दूखद पक्ष हो । संग्राहलयका गाईड तथा कर्मचारीहरू सहयोगी छन् ।

कृत्रिम नदी, केन्द्रिय नदी

संयूक्त राष्ट्र संघका महासचिव U. Thant  र नेपाल सरकार तत्कालीन श्री ५ को सरकार को संयूक्त पहलमा जापानका पूरातत्व बिज्ञ ईन्जिनियर एचया। Kenzo Tang ले लुम्बिनीको ब्यवस्थापनको लागि सन् १९७२ मा लुम्बिनी बिकासको गूरु योजना तयार गर्न सूरु गरिएको थियो । उक्त योजना तयार गर्न सन् १९७२ देखी सन् १९७८ सम्म लामो ६ बर्ष लागेको थियो । सोही योजना अनूसार लुम्बिनीमा बिभिन्न मठ, मन्दिर, पोखरी, नदी, गुम्बा आदीको निर्माण गरिएको छ । यसै योजना अनूसार लुम्बिनी संग्राहलय नजिक देखी शान्तिदीप नजिक सम्म सिधा उत्तर दक्षिण बहने गरी निर्माण भएको केन्द्रिय नदीले लुम्बिनीको शोभा बढाएको छ । संग्रहलय भ्रमण पश्चात मायादेवी मन्दिर तर्फ जान लाग्दा रिक्साहरूले तपाईलाई आफ्नो रिक्सा चढ्न प्रस्ताव राख्छन् । संग्राहलय नजिकैबाट शुरु भई शान्ति दिप नजिक पुगी टुंगिएको कृत्रिम नदि केन्द्रिय नदीको दुई किनारामा पक्की ईटा ओछ्याईएको सडकको नदी छेउको भागमा लेउ परेको भएतापनि हिड्न र साईकलमा यात्रा गर्न सकिन्छ । कृत्रिम नदिको दुई किनाराबाट बिभिन्न ठांंउमा अर्ध गोलाकार आकाशे पूलले कृत्रिम नदिलाई अझ आकर्षक बनाईएको छ । संग्राहलयबाट मायादेवी मन्दिर जान कृत्रिम नदिको किनारा किनारै शान्ति दिप सम्म पूूगियो । जे होस् कृत्रिम भएपनि नदिको पानी जमेको भागमा चलीरहेको साना साना बोटले साच्चीकैनदीको अनूभूती दिलाई रहेको थियो । नदीको पूर्बी किनारामा थेरा सम्प्रदाय र पश्चिमी किनारामा महायान सम्प्रदायका बिभिन्न राष्ट्रहरूको गुम्बाहरू निर्माण भईसकेको र हुने क्रममा रहेका छन् । नदिको अन्तिम प्वाइन्ट बिश्व शान्ति दिपबाट उत्तर तर्फ बिश्व शान्ति स्तूपा देखिन्छ भने सुरुवातको प्वाईन्ट संग्राहलय नजिकबाट अशोक स्तम्भ सिधा एकै लाईनमा पर्छ ।

मायादेवी मन्दिर

शाक्यमूनी सिद्धार्थ गौतमको आमा मायादेवी, प्रजापति, सिद्धार्थ गौतमको जन्म अवस्थाको मूर्ती र Mile Stone रहेको मायादेवी मन्दिर लुम्बिनीको मूख्य आकर्षक गन्तब्य हो ।

सिद्धार्थ गौतम “गौतम बुद्ध” को आमा मायादेवीको मन्दिर तथा बुद्ध जन्मस्थल मन्दिर परिसरको उत्तरीद्धारमा जूत्ता राख्ने ¥याकमा जूत्ता फूकाली सूरक्षाकर्मीको सूरक्षा चेकजांच पश्चात नेपालीहरू निशूल्क रुपमामन्दिर परिसर प्रबेश गर्न पाईन्छ । भगवान गौतम बुद्धको जन्म स्थल कून रुपमा सूरक्षित छ भन्ने उत्सुकता मेटाउने समय आउदै थियो । मायादेवी मन्दिर परिसरको मूलद्धार देखि नै चारकूने वर्गाकार पक्की ईटाओछ्याईएको बाटो दूबै तर्फ हरियो कार्पेट दूबो तथा सजावटका बिरुवाहरूको कलात्मक सजावट बिच सेतो रंगमा रंगाईएको वर्गाकार मन्दिरको चार कुना मध्ये २ कूनामा राष्ट्रिय झण्डा र २ कूनामा बौद्ध झण्डा देख्दास्वर्गीय आनन्दको अनूभूती हुन्छ । लाग्छ यही बगौचा तथा पावन भूमीमा बसी रहू तर यो मन कहां मान्थ्यो र मेरो मन्दिर दर्शन गर्ने ईच्छाले मलाई मन्दिर भित्र प्रवेश गर्न मोहित तूल्यायो । मन्दिरको उत्तर तर्फको दुई द्धार मध्ये एक द्धारबाट म मन्दिर परिसर भित्र प्रवेश गर्दा भित्र बिजूली बत्ती बलीरहेको थियो । उत्तरी ढोकाबाट मन्दिरको भित्री कुना कुना हिड्दै ईश्वी सम्बत् ३ औं शताब्दीदेखीका स्तूपाका पूरानो ठूलो फराकिलोपक्की ईटाको भग्ना अवशेषलाई मन्दिर भवनले सूरक्षित राखिएको देखिन्छ जून १८९५ मा उत्खनन् गरिएको थियो । मन्दिर भित्र लगभग केन्द्रिय भागमा रहेको बुद्ध जन्म स्लेट ःष्भि क्तयलभ लाई हाल बूलट पूफ्र सिसालेढाकिएको छ । यो जन्म स्लेटको नजिक माथी अग्लो गाहेमा मायादेवी, प्रजापति लगायत सिद्धार्थ गौतमको जन्म अवस्था झल्कने मायादेवीका प्रस्तर मूर्ती छ । मायादेवीले प्रसवको क्रममा शालको रुखको हागांमासमातेको, नवजात शिशू (सिद्धार्थ गौतम “गौतम बुद्ध”) जन्मनु भई कमलको फूलमा उभिईरहनु भएको, मायादेवीको बहिनी महामाया प्रजापतिले नवजात शिशूलाई जलले सफा गर्न लागेको र स्वर्गबाट बम्ह र ईन्द्र देवलेपूष्प बर्षा गरेको मातृत्व झल्काउने यो प्रस्तर मूर्ती मायादेवी मन्दिरको नामले बिश्व प्रसिद्ध छ । ई.सम्बत् तेश्रो र चौथो शताब्दीमा निर्मित मायादेवी मन्दिर १५ औं शताब्दीमा भएको बौद्ध मन्दिरहरू माथीको आक्रमणपछि हिन्दूहरूले हिन्दू देवीको रुपमा पूजा आजा गर्न थाले तत् पश्चात शताब्दी सम्म लगातार जल, अबिर केशरी चढाउदां मूर्ती धेरै खिईसकेको अवस्थामा रहेको छ । बुद्ध जन्म स्लेट बूलेट पूफ्र सिसाले ढाकेको भएतापनिधर्मालम्बी तथा आस्थावान ब्यक्तिहरूले चढाउने रकम सफा गर्न बेला बेलामा कर्मचारी सिसा भित्र पसी बूलेट पूफ्र सिसा तथा Mile Stone सफा गरेको पनि देखियो । मन्दिरको भित्री भागको फोटो खिच्न निषेध गरिएको छ। मन्दिर भवन भित्र तथा मन्दिर परिसर भित्र ई.पू.को तेश्रो शताब्दी देखी ईश्वीको १५ औं शताब्दी सम्मको स्तूपाहरू रहेका छन् ।

हालको मायादेवी मन्दिर भवन

मन्दिरको भित्री सूरक्षाको लागि लुम्बिनी बिकास कोष तथा सशस्त्र प्रहरी बलका कर्मचारीहरू खट्टिनुका साथै CCTV  समेत जडान गरिएको छ । ई.सं. १८९५ मा लुम्बिनी उत्खनन् अघि हिन्दूहरूले मायादेवी मूर्तीलाई पूजाआजा तथा जल स्नानले गर्दा मायादेवीको प्रस्तर मूर्ती निकै खिईसकेको अवस्थामा देख्न सकिन्छ । हाल उक्त मूर्ती साधारण उचाई भएका ब्यक्तिहरूले नभेटने उचाईमा राखीनूले भक्तजनहरूले दर्शन मात्र गर्नसक्नेछन् । मन्दिर भवनको दक्षिणी ढोकाबाट प्रवेश गरेपछि उत्तरी ढोकाबाट बाहिरिदां दक्षिणी ढोकाको अगाडी दक्षिण पश्चिम दिशामा सिद्धार्थ कुण्ड Puskarini Pond र कुण्डको आडमा पिपलको रुख रहेको छ । मायादेवीआफ्नो घर कपिलबस्तूबाट माईती देवदह जाने क्रममा लुम्बिनीमा प्रसव पिडा भएको स्थानमा रहेको सालको बृक्ष नजिक रहेको कुण्डलाई पुस्कारिनी कुण्ड (पबित्र कुण्ड) भनिन्छ । यो कुण्ड मायादेवी मन्दिरको दक्षिण पश्चिममा रहेको छ । सिद्धार्थ गौतमको जन्म पश्चात मायादेवी र सिद्धार्थ गौतमले पहिलो स्नान यसै कुण्डमा गर्नुभएको बिश्वास गरिन्छ । मन्दिर भवनको उत्तरी ढोकाबाट बाहिरिदां मन्दिर परिसरमा साना सानाप्राचीन स्तूपाका भग्ना अवशेषहरूलाई पनि संरक्षण गरिएको छ । मन्दिर भवनको पश्चिम तर्फ अशोक स्तम्भ छ जून मगधका राजा अशोक ई.पू. २४९ मा लुम्बिनी भ्रमणमा आउँदा उनका उपासक भिक्षू उप गूप्तले सिद्धार्थ गौतम “गौतम बुद्ध” यहां जन्मनु भएको र र वंहा जन्मनूभएको जन्म स्लेट त्यो हो भनी जानकारी गराए पश्चात यस पावन लुम्बिनी ग्राममा शाक्यमूनी गौतम बुद्ध जन्मनु भएको हो र यंहा आफ्नो शाही भ्रमण भएको भनी पाली भाषा बाह्मी लिपीमा लिपिबद्ध अभिलेख लेख्न लगाई ढुङ्गे स्तम्भ निर्माण गर्न लगाएको थिए । साथै जन्म स्लेट वरीपरी चारकुना घेरी पर्खाल निर्माण गर्न लगाएको थिए । उक्त स्तम्भमा यस स्तम्भको बारेमा चिनीयां यात्री Fa Hsien (ईश्वीको ७ औंं शताब्दी) हरूको यात्रा वर्णनमा यस स्तम्भ र लुम्बिनी क्षेत्रका स्तूपा तथा मन्दिरहरूको बारेमा चर्चा गरिएको छ । राजा अशोकले क्रकूछन्द बुद्धको जन्मस्थल गाछीहवा, कनकमूनी बुद्धको जन्मस्थल निग्लीहवा समेत भ्रमण गरी उक्त स्थानहरूमा समेत अशोक स्तम्भ निर्माण गरेका थिए । निग्लीहवामा १४ औं शताब्दीको सुरुवात तिरराजा रिपू मल्लले आफ्नो लुम्बिनीमा भएको राजकीय भ्रमणको बारेमा सोही स्तम्भमा थप विवरणहरू लेख्न लगाएबाट यो स्तम्भ १४ औं शताब्दी सम्म धरोहरको रुपमा रहेतापनि कालन्तरमा पुरिएको थियोे ।

यो स्तम्भ सम्बन्धमा बिभिन्न यात्री तथा भिक्षूहरूको वर्णनको आधार लुम्बिनी क्षेत्रमा गरिएको उत्खनन्बाट सन् १८९५ मा पत्ता लागेबाट सिद्धार्थ गौतम “गौतम बुद्ध” नेपालको लुम्बिनीमा जन्मनु भएको भनी प्रमाणितभएको थियो । यस क्षेत्रमा सन् १८९५ मा जर्मनी Archaeologist Dr= A Feuhere र तत्कालीन पाल्पाका गर्भनर खड्ग शम्शेरले अशोक स्तम्भ पत्ता लगाएपछि Dr. Dr. A Feuhere ले सन् १८९६ मा मायादेबी मन्दिर हिन्दू देबीकोमूर्ती नभई सिद्धार्थ गौतमको आमाको मूर्ती भएको वास्तबिकता प्रकाशमा ल्याएका थिए । मायादेवी मन्दिर भवनको हालको डिजाईन गौतम बुद्ध १६ मे २००३ का दिन नेपाल सरकार र लुम्बिनी बिकास कोषको संयूक्त पहलमा पूनः निर्माण सम्पन्न भई सर्व साधरणका लागि पूनः खूल्ला भएको थियो ।

शान्ति दिप

कृत्रिम नदिको अन्तिम भाग नजिकै शान्ति दिप २४ घण्टा नै लगातार प्रज्वलीत भईरहेको देखिन्छ । गौतम बुद्धको जन्मस्थलमा रहेको यो ज्ञ (एक) मात्र शान्ति दिप हो । शान्ति दिप प्रज्वलनको लागि LP ग्यासकोप्रयोग गरिएको छ । सन् १९८६ मा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह लुम्बिनीक्षेत्र बिकास कोषको अध्यक्ष हूंदा संयूक्त राष्ट्र संघ, न्यूयोर्क (संयूक्त राज्य अमेरिका) बाट यो दिप नेपाल ल्याई यस शान्ति दिपकोस्थपना गरिएको थियो ।

गुम्बा तथा स्तूपा

लुम्बिनीमा करौडौं खर्च गरी निर्माण गरिएका गुम्बाहरूको भ्रमण गर्न उत्सुकता मेटाउन लुम्बिनी बिकास कोषले सर्वसाधरणको लागि न जानकारी मूलक ब्रोसर बाड्छ न बिभिन्न स्थानमा सडक सूचना बोर्ड नैराख्छ । मूख्य द्धार लगायत केहि स्थानमा मात्र सडक सूचना बोर्ड राखिएको छ जून अप्रयाप्त छ । कतिपय गुम्बाहरूमा सफा गर्ने कर्मचारी र सुरक्षाकर्मी मात्र खट्टाईएकोले बिभिन्न राष्ट्रहरूको बौद्ध संस्कृतीको बिबिधपक्ष बारे जानकारी पाउन असहज स्थिती छ । आम सर्वसाधरण गुम्बा स्तूपा भ्रमणको लागि रिक्सावालामा नै भर पर्नू पर्ने स्थिती छ । जबकी रिक्सा यात्रामा चालकले अत्याधिक बल प्रयोग गरी परिश्रम गर्ने हूंदा धेरैबौद्ध मार्गीहरू हिडेर वा अन्य साधनहरूबाट भ्रमण गर्न रुचाउछन् जसको ब्यवस्थापनमा लू.बि.को. कमजोर देखिएको छ । स्वदेशी पयर्टकहरूको लागि लुम्बिनीबिकास कोषले लुम्बिनीको जानकारी मूलक ब्रोसर प्रबेशद्धारबाट निशूल्क बितरण नगर्नाले उनीहरू प्राय मायादेवी मन्दिर र थोरै गुम्बाहरू भ्रमण गरी फिर्ता हुन्छन् । लुम्बिनी बिकास कोषले लुम्बिनीप्रबेश गर्ने प्रबेशद्धारहरू, संग्राहलय, पूस्तकालय, कृत्रिम नदि, शान्ति दिप,मायदेवी मन्दिर, अशोक स्तम्भ, सिद्धार्थ कुण्ड, बृक्ष, गुम्बाहरू लगायतको स्थान बिशेषमा गाईड नराख्दा बिभिन्न देशबाट भारत हूंदै आउने पयर्टकहरूलाई भारतीयहरूले नै गाईड गर्ने हुँदा नेपालको लुम्बिनी सम्बन्धी बिभिन्न भ्रमहरू फैलाउन सहज भएको छ । लुम्बिनीबसपार्कको उत्तर तर्फ रहेको आकर्षक लुम्बिनीशान्ति स्तूपा लुम्बिनी क्षेत्रको आवलोकनको लागि निकै सहयोगी र मनमोहक स्थान हो । जापानका दुई सहर हिरोसिमा र नागासाकीमा द्रोस्रो बिश्व युद्धका क्रममा प्रहार भएको अणू बमबाट भएको नरसंहारको दर्दनाक दृश्यबाट भाव बिह्वल भई निष्पोजन ग्याहोजी (फूजिé गूरुजीद्धारा स्थापित बौद्ध संस्था) नेपाली र जापानी श्रद्धालूहरूको सहयोगमा यो स्तूपा निर्माण गरिएको हो । यस स्तूपाको महत्वपूर्ण कूरा भनेको यहां बुद्धको अस्थी धातु प्रतिस्थापन गरिएको छ । ४५.छ मिटर उचाई भएको यस स्तूपा तीन तह (Step) को छ । पहिलो (Step) बाटस्तूपा नजिकको बगैचा, दोश्रो र तेश्रोबाट लुम्बिनीक्षेत्रको मनमोहक दृश्यको आवलोकन गर्न सकिन्छ । लुम्बिनीमा रहेको नेपाली गुम्बाश्री श्री श्री बोधीपथक्रम मातृबिहारमा मायादेवीको मन्दिर, चांदी कलरको स्तूपा, आकर्षक द्धार, मनमोहक ध्यान कक्ष, नेपाली थाड्ढाले गुम्बानिकै आकर्षक देखिन्छ ।

तिलौराकोट

लुम्बिनी घूम्दा घूम्दै सांझ परेपछि तिलौराकोटको यात्रा त्यो दिन संभव भएन । तिलौराकोट प्राचिन बुद्धकालीन कपिलबस्तु राज्यको राजधानी हाल कपिलबस्तु जिल्लाको तिलौराकोट गा.बि.स. अन्तरगत पर्दछ । जहाँ सिद्धार्थ गौतम “गौतम बुद्ध” ले आफ्नो जिवनकालको महत्वपूर्ण २९ बर्ष अर्थात गृह त्याग अघि सम्मको समय बिताउनू भएको थियो । कपिलबस्तूको सदरमूकाम तौलिहवाबाट ५ कि.मि. नजिक रहेको तिलौराकोटजान तयार भएं । म भिक्षू चोकमा ओर्लिए । तिलौराकोट जान म कपिलबस्तूको महेन्द्र राजमार्गको ४ नं., जितपूर बजारबाट तौलिहवा हूंदै भिक्षू चोकमा आईपूगे । साहित्यकार भवानी भिक्षूको प्रतिमा चोकको बिचमाथियो । चोकबाट सिधा करिब २ कि.मि. पर तिलौराकोट दरबार छ । भिक्षू चोकमा तिलौराकोट सम्बन्धी सडक बोर्ड, पर्यटकीय नक्सा केही राखिएको थिएन बिडम्बना यही बर्षलाई नेपाल सरकारले लुम्बिनीभ्रमण बर्ष २०१२ मनाउदा समेत तिलौराकोट प्राथमिकतामा देखिएन । गौतम बुद्धले आफ्नो २९ बर्ष उमेर बिताएको स्थान तिलौराकोटलाई नेपाल सरकार प्राथमिकतामा नपरेको देख्दा म अचम्मीत भए । तिलौराकोट दरबार पूग्नूअगाडी कपिलबस्तु संग्राहलय चोक पूगें । चोकको ठिक अगाडी सडक सूचना बोर्ड (पर्यटकीय नक्शा), बायां कपिलबस्तु संग्राहलय र दायां तिलौराकोट दरबार तर्फ जाने बाटो थियो । चोकबाट शाक्य राजा शूद्धोधनकोदरबार तिलौराकोट दरबार क्षेत्र पहिला गई पछि संग्राहलय घूम्ने सोच गदै म तिलौरकोट तर्फ दरबार जाने बाटो तर्फ लागे । तिलौराकोट दरबार उत्खनन् गरिए पश्चात हाल सम्म पनि सोही हालतमा छ । त्यहां दरबारनजिक खाने पानी, फोहोर फाल्ने कन्टेनर, बगौचा कुनै ब्यवस्था गरिएको थिएन । तिलौराकोट दरबारलाई हाल लुम्बिनीबिकास कोषले दरबारको भग्ना अवशेष, पूर्बी तथा पश्चिमी द्धार आदीलाई एउटै घेरामा पारी वरीपरीपर्खाल लगाई अतिक्रमण हूनबाट मात्र बचाउ गरेको छ । म तिलौराकोट दरबारको पश्चिमी गेट पूगे त्यहां पयर्टकीय सूचनामूलक बोर्डहरू राखिएको थियो । दरबारको पश्चिमीद्धार नजिक बेत्रावती नदी (हाल वाण गंगा)करिब २०० मिटर नजिक छ । दरबार, गेट तथा अन्य प्राचीन भवनको अवशेषमा पूरानो डिजाईन अनूसार निर्माण गरीएको नयां ईटा एक सल लगाई भग्ना अवशेषलाई सिल गरिएको छछ जसबाट पूरानो भवनका ईटाहरूचोरीको संभावनालाई कम गरेको छ । यस दरबार क्षेत्रमा लुम्बिनीबिकास कोषले केही सूरक्षा कर्मी तथा कर्मचारी मात्र खटाएको छ । तिलौराकोटको जानकारी मूलक ब्राउजर बितरण र छूरिष्टछ गाईडहरूको ब्यवस्थागरिएको छैन तथापी भग्नाअवशेष नजिकै भग्ना अवशेषको जानकारीमुलक बोर्डहरू राखिएको छ । यस क्षेत्रमा उचित ब्यवस्थापनको अभावमा पूरातात्विक महत्वका बस्तूहरू जंगलीकरणबाट प्रभावित भईरहेको पाईन्छ ।

पश्चिमी द्धार

तिलौराकोट दरबार भ्रमण गर्दा पश्चिमी द्धारबाट प्रबेश गर्नु पर्ने ब्यवस्था गरिएको छ । बुद्धकालीन दरबारको अवशेष भनिएको यो द्धारको अवशेष जमीनबाट करिब १ मिटर अग्लो बांकी छ । २२ फिट फराकिलो र करिब ३फिट मोटो गाहे भएको ४ वटा प्रवेशद्धारमा घांस, झार र लेउ उम्रिएका छन् जून हटाउने कार्यमा सरोकारवाला निकाय मौन रहेको छ । यी क्षेत्रमा उत्खन्न गर्दा मानव र जनावरको प्रस्तर प्रतिमा, बाह्मी लिपीकाअभिलेखहरू पाईएको उल्लेख गरिएको छ । तथापी कपिलबस्तु संग्राहलयमा बाम्ह्ी लिपीका अभिलेखहरू प्रर्दशनीमा देखिएन ।

दरबारको मूख्य भाग

पश्चिमीद्धारबाट करिब ५ मिनेटको जंगलको यात्रा गरे पश्चात दरबारको मूख्य भागको अवशेष देख्न पाईन्छ । पश्चिमी द्धारबाट दरबारको मूख्य भाग पूग्दा जंगलको यात्रा गरे झै आभाष गराउछ । पयर्टकहरूलाई हिड्नपक्की ईटा टायल ओछ्याईएका सडक नहूंदा पयर्टकहरू जथाभावी हिड्न बाध्य भएका छन् । दरबारको मूख्य भागमा साना साना कोठाहरू रहेको ३ वटा भवन र १ ठूलो मूख्य भवन गरी ४ वटा भवनको अवशेष देखिन्छन्। दरबारको पूर्ब तर्फ कूवांको अवशेष पनि अझै जिवन्त छ तर त्यो कुवा हो वा सूरुङ्ग हो भनी कुनै जानकारी राखिएको छैन । राजा शूद्धोद्धनको दरबार भनी प्रमाणित भईसकेको यो दरबारको भग्ना अवशेषमाथी उस्तैपूरानै डिजाईनमा नयां ईटा थपी सिल गरिएको भएतापनि भग्ना अवशेषमा उम्रेको घांस, झार तथा लेउले ढाकेको दरबारकोे बेवारिसे अवस्था रहेको अवशेष देख्दा हरेक नेपालीलाई यसको उचित संरक्षण तथा रेखदेखकहिले होला ? भनी सोच्न बाध्य तूल्याउछ । यो भग्नावशेष नेपाल र नेपालीसंगमा मात्र सम्बन्धित नभई बिश्वका शान्ति प्रेमी एवं बुद्ध प्रति आस्था राख्ने जो कोहीलाई एउटा खूल्ला पूस्तक एवं संग्राहलय हो । तिलौराकोट घूम्दा पनि जो कोहीलाई लुम्बिनीको यात्राले सम्झिन बाध्य तूल्याउछ । लुम्बिनीमा बगैचाको ब्यवस्थापन, मन्दिर, गुम्बा, मन्दिर परिसरमा प्रवेश गर्न जूत्ता चप्पल प्रबेशद्धार बाहिर राख्नू पर्ने, पयर्टक हिड्नेभित्री सडकको लागि ईटा, टायल तथा मार्वल बिछ्याईएका ठांउहरू, सर सफाई र बगौचाको उचित ब्यवस्थापन गनुृ पर्ने देखिन्छ । गौतम बुद्धले आफ्नो जीवनको महत्वपूर्ण २९ बर्ष यही तिलौराकोटमा बिताए त्यहांबगौचा, उचित सडक लेनको ब्यवस्थापन हून सकेको छैन । लुम्बिनीबिकास कोषका कर्मचारी तथा सूरक्षाकर्मीहरू पश्चिमी द्धारमा मात्र बस्ने हूंदा शाक्य कालीन दरबार जस्तो महत्वपूण स्थानमा कोही पनि नखटाउनूआफैमा लुम्बिनीबिकास कोषको प्राथमिकता लुम्बिनीमा मात्र रहेको प्रष्ट हुन्छ । पयर्टकहरूमा दरबार प्रति रहेको उत्सुकता, कौतूहलता मेटाउन लुम्बिनीबिकास कोषका तर्फबाट स्थलगत रुपमा कर्मचारी वा गाईड खटाईएमा, वन सूचना केन्द्र स्थापना गरिएमा, आन्तरिक तथा बाह्य पयर्टकहरूलाई धेरै राहत हुने कुरा महसुस गर्न सकिन्छ ।

पूर्बीद्धार

“महाभिनिष्क्रमण द्धार” का नामले चिनिने यस द्धारबाट गौतम बुद्धले संसारिक जिवन त्याग गर्नु भएको थियो । राजकुमार सिद्धार्थ गौतमले आफ्नो उमेरको २९ बर्ष सम्म तिलौराकोटमा जिवन ब्यतीत गरेका थिए । राजकुमार सिद्धार्थ गौतमले गृह त्याग गर्ने निर्णय गरेपछि पहेलो कपडा लगाई आफ्नो घोडा कष्ठक लिई यसै द्धारबाट सांसरिक जीवन त्याग गर्नु भएको थियो । यो द्धारमा पनि घांस, झार र लेउ उम्रिएका छन् जूनहटाउने कार्यमा सरोकारवाला निकाय मौन रहेको छ । पूर्बीद्धार पश्चिमी द्धार भन्दा केही फराकिलो छ । बुद्धले गृहत्याग के कारणले गरे भन्ने बिषयमा भारतीय दलित नेता तथा संबिधान बिज्ञ अम्बरटेकरले भनेका छन्ः रोगी, बृद्ध र मृत्यूलाई देखी राजकुमार सिद्धार्थ गौतमले तिनको निराकरणको लागि प्राचिन किम्बदन्ती अनूसार गृह त्याग गरेको नभई कपिलबस्तु राज्य र कोलीय राज्यहरू बिच भएको सिमा बिवादमा गौतम बुद्धलेशान्ति पूर्ण रुपमा दुई छिमेकी राज्य बिच आपसी समझदारीमा विवाद अन्त्य गर्नु पर्ने प्रस्ताव तत्कालीन शाक्य संघमा राख्दा उनका बिपक्षी “युद्ध गरी समस्या समाधान गर्ने पक्ष” मा सेनापति तर्फ बहूमत भएपछिआफ्नो परिवारलाई हून सक्ने सजाय रोक्न उनीले गृह त्याग गरेको दृष्टान्त पेश गरेका छन् । उक्त समयमा यूवाहरूको शाक्य संघ शक्तिशाली तथा राजकीय निर्णयको मूख्य आधार शिला थियो । जून कारणबाट बुद्धलेगृह त्याग गरेता पनि उनले प्राप्त गरेको बुद्धत्वबाट आज बिश्वका अबौं मानिस प्रभावित छन् जसले गर्दा वहांको मृत्यूवरण गरेको सयौं बर्ष पूग्दा समेत उनका उपदेशहरूलाई शिरोधारण गरी आफ्नो जीवन ब्यतीत गदैआईरहेका छन् ।

कपिलबस्तु संग्राहलय

भिक्षू चोकबाट तिलौराकोट दरबार पुग्नु भन्दा करिब ३०० मिटर अगाडी कपिलबस्तु संग्राहलय छ । नेपाल सरकारको यस संग्राहलयमा तिलौराकोट तथा आसपासमा उत्खनन्को क्रममा फेला परेका प्राचीन मानवतथा जनावरहरूको प्रस्तर मूर्ती, माटाका भाडाहरू, ढुङ्गे धाराहरू लगायतका सामानहरू राखिएको छ । तिलौराकोट उत्खनन् गर्दा खिचिएका तस्वीर पनि संग्राहलयको हेर्न पाईन्छ । प्राचीनकालको ढुङ्गाको कलात्मक मूर्तीतथा चित्रहरू खूल्ला आकाश मूनी सानो करिब १ मिटर अग्लो सानो फलामे घरमा राखिएका छन् । जून सूरक्षात्मक दूष्टिकोण तथा प्राचीन सम्पदाकोे सूरक्षा सिद्धान्तको बिरुद्ध देखा पर्छ । यी सम्पदा घर निर्माणसामाग्री जसरी खूल्ला आकाश मूनी सानो करिब १ मिटर अग्लो सानो फलामे घरमा राखिनाले पूरातात्विक बस्तूहरूको सून्दरता नष्ट हुन्छ नै नेपाल सरकारको संग्राहलय ब्यवस्थापनमा उदाशिनताको झल्को पनि दिन्छ । संग्राहलयमा उपलब्ध सामनहरू समेत नअटेको संग्राहलय भवन सानो छ । संग्राहलयमा लुम्बिनीतथा तिलौराकोटमा उत्खनन्को क्रममा फेला परेका ई.पूं ७ औ शताब्दी देखीका गहना, प्रस्तर मूर्ती, माटाका भाडाँ,पैसा आदी पनि हेर्न पाईन्छ ।

शाक्य राज्यको अन्त्य

शाक्य गणराज्य कपिलबस्तूसंग तत्कालीन शाक्तिशाली कोशल राज्इका राजा प्रसेनजितले बैवाहिक सम्बन्ध बिस्तार गर्न ईच्छा देखाएपछि कपिलबस्तूका भारदारहरूले उनीलाई राजकूमारी नभएतापनि कपिलबस्तूनिवासी दासीको सून्दर छोरीलाई राजकूमारीको रुपमा दिन राजालाई सूझाएका थिए । छिमेकी राज्यसंग छलकपट गर्न नहुने भन्दै यसमा राजकुमार सिद्धार्थ गौतमले फरक मत राखे पनि अन्त्त राजा शूद्धोदनलेभारदारहरूको राय अनूसार कपिलबस्तूको राजकूमारीका रुपमा दरबारका दासीको छोरी भाषा भक्तियालाई राजकूमारीको रुपमा कन्यादान गरी कोशल राज्यमा पठाए । सेनापति एवं भारदारहरूले छिमेकी राज्य कोशलमाबैवाहिक सम्बन्ध राख्दा कपिलबस्तु राज्यलाई समेत सूरक्षात्मक हिसावमा फाईदा हुने सूझाएका थिए । कोशल राजा प्रसेनजितले रानी भाषाभक्तिया र उनको छोरा बिरुद्धकलाई राजकूमारको रुपमा सम्मा एवं सूविधाप्रदान गरे । जब बिरुद्धक अन्य देशका राजकुमार एवं राजकूमारीहरूलाई बिभिन्न समयमा मावली तर्फबाट उपहार आएको र आफ्नो नआएकोमा निराश थिए । उनी १६ बर्षको उमेरमा शिक्षाको लागि मावाली कपिलबस्तूराज्यमा आए । उनी कपिलबस्तु राज्यमा रहदां जब गौतम बुद्धलाई ज्ञान प्राप्ती पछि आफ्नो जन्मभूमीमा पहिलो पटक राजकीय स्वागत गर्ने कार्यक्रमको तयारी हूंदै थियो । जमिन एवं मञ्च सजावटको तयारी हुँदै गर्दाराजकुमार बिरुद्धकलाई कपिलबस्तूका सेनाले उक्त क्षेत्रमा दासी र उनीहरूको सन्तानलाई प्रवेश निषेध रहेको भनी अभद्र ब्यवहार गरेपछि उनी कोशल राज्य फर्केका थिए । त्यस समयमा उनी आफ्नो बुबा कोशलका राजाप्रसेनजितसंग भएका छलकपट र आफ्नो अपमानको बदला शाक्य राज्य ध्वस्त पारेर लिने प्रण गरे ।

कोशलका राजाले पनि आफ्नो विवाहमा ठुलो षडयन्त्र भएको भन्दै रानी र राजकूमारलाई दरबारको मूख्य राजगृहबाट अलग गरे । यो खबर कपिलबस्तूका राजकुमार सिद्धार्थ गौतमले थाहा पाई कोशल राजाप्रसेनजितलाई भेटी कपिलबस्तु राज्यबाट गल्ती भएकोमा कपिलबस्तु राज्यको तर्फबाट क्षमा मागे । सिटार्थ गौतमले कोशल राजा प्रसेनजितलाई सत्ता संचालन गर्दा जनतामा आफ्नो पारिवारिक कलह एवं कमजोरीदेखाउन नहुने भनी सम्झाई बूझाई कोशल र कपिलबस्तु राज्य बिचको संभावित वाद विवादलाई अन्त्य गरे र कोश राजालाई आफ्नो रानी र राजकुमार बिरुद्धकलाई राजगृहमा राख्न राजी गराए ।

राजा प्रसेनजितले राज्यको सम्पुर्ण कार्यभार सेनापति दिर्घ आर्यनलाई बूझाई गौतम बुद्धका अनूयायीको रुपमा उनलाई भेट्न बुद्ध आश्रम श्रवस्ती गए । राजा प्रसेनजित फर्किएपछि मृत्यूको अन्तिम क्षणमाआफ्नो छोरा बिरुद्धकलाई कपिलबस्तु राज्यले आफूमाथी गरेको छलकपटको बदला लिन सूझाएका थिए । कोशल नरेश प्रसेनजितको मृत्यू पछि बिरुद्धक राजा भए । कपिलबस्तु राज्य ध्वस्त पार्ने आफ्नो प्रण र बुबाकोआदेशलाई मनन् गर्दै कोशल राजा बिरुद्धक पूर्ण सैनिक दलबल सहित कपिलबस्तु तर्फ प्रस्थान गरे । गौतम बुद्धले यो खबर थाहा पाई सूकेको रुख मूनी बसे र बिरुद्धकको प्रतिक्षा गरे । राजा बिरुद्धकले गौतम बुद्धलाईदेखी शितल छहारी दिने रुख मूनी नबसी तपाई किन सूकेको मृत रुख मूनी बस्नू भयो भनी प्रश्न गरेपछि बुद्धले यो सूकेको रुख होईन हिजो हरियो हूंदा यसको र मेरो सम्बन्ध थियो भनी उनलाई युद्धबाट समाधाननखोज्न सुझाए । बिरुद्धकलाई राजा प्रसेनजितले राजकुमार पदबाट च्यूत गर्दा गौतम बुद्धले पून राजकुमार बनाउन सहयोग गरेको सम्झी पहिलो पटक कपिलबस्तु आक्रमणको प्रयास स्थगित गरे । गौतम बुद्धले शाक्यराज्य जोगाउन पहिलो पटकको आक्रमण प्रयासमा हस्तक्षेप गरी असफल बनाएइतापनि उनको आफ्नै जिवनकालको उत्तराद्र्धमा कोशल राजा बिरुद्धकले कपिलबस्तु राज्य माथी भिषण आक्रमण गरे र कपिलबस्तूशाक्य राज्यको पतन भयो । कपिलबस्तु कोशल राज्यको अंगको रुपमा रह्यो । हाल नेपालको प्रदेश नं. ५ अन्तरगत लुम्बिनीअञ्चल, कपिलबस्तु जिल्ला अन्तरगत कपिलबस्तु क्षेत्र ईतिहासको ऐनाको रुपमा रहेको छ ।

बुद्ध ज्ञान र लुम्बिनी

“नेपालमा बुद्ध जन्मनु भएको हो” Buddha was born in Nepal  भनी नेपालका राष्ट्रिय बिभुती गौतम बुद्ध नजिकबाट अनुभव गर्न जो कोही नेपाली पनि लुम्बिनी जानु पर्ने हुन्छ । लुम्बिनी भौगोलिक एवं यातायातकोसुबिधाका हिसाबले समेत सुगम स्थानमा रहेको र राजधानीबाट समेत बसमा करिब ६ घण्टा र प्लेनमा करिब ४५ मिनेटमा सहज रुपमा पुग्न सकिन्छ । यहांको यात्राले चञ्चल मानव जिवनलाई शान्ती र आध्यात्मिकबाटो तर्फ अग्रसर गराउन तपाईलाई लुम्बिनीले स्वागत गरीरहेको छ । बौद्ध आध्यात्मको केन्द्र बिन्दुको रुपमा लुम्बिनी क्षेत्रको बिकास भईरहेको बेला बिभिन्न राष्ट्रहरूको कला सांस्कृतिले भरीपुर्ण बौद्ध गुम्बा नेपालमा नैहेर्न, अनुभव गर्ने अवसर पनि हामीलाई लुम्बिनीले दिएको छ । गौतम बुद्धको पञ्चशिल सिद्धान्त एवं बौद्ध ज्ञानलाई नजिकबाट अनुभव गर्न र पारिवारिक यात्रालाई अविस्मरणीय बनाउन लुम्बिनी पनि तपाईको एउटासाथी हुनेछ ।

कृष्ण कूमार बलामी
नागार्जून नगरपालिका ६, टौखेल