Please Update Your Browser.

अधिकारकर्मीलाई ‘हिरो अवार्ड २०१७’

न्युयोर्क, १२ भदौ । युथ फर हयुमन राईटस् इन्टरनेशनलद्धारा अमेरिकाको न्युयोर्कमा आयोजित १४ औ अन्तर्रािष्ट्रय सम्मेलनमा नेपालका तर्फबाट सहभागी अधिकारकर्मी गुणराज प्याकुरेललाई ‘हिरो अवार्ड २०१७’ प्रदान गरिएको छ । सयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित कार्यक्रममा प्याकुरेललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

विश्वका ४० देशका युवा मानव अधिकारकर्मीको सहभागिता रहेको उक्त सम्मेलनमा नेपालका तर्फबाट युथ फर हयुमन राईटस्का राष्ट्रिय प्रतिनिधी गुणराज प्याकुरेलका साथै सदस्य दिपेन्द्र डंगोल, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेल तथा विभिन्न संघसंस्थाका तर्फबाट तुलसी प्रसाद चौलागाई, मोती लामा, विनोद गौतमको सहभागीता रहेको थियो ।

विश्वका विभिन्न देशमा विपदको बेला उद्धार र मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान, सन् २०१५ मा नेपालमा गएको विनाशकारी भुकम्प र त्यसपछि पुर्याएको योगदानको मुल्यांकन गर्दै नेपालका अधिकारकर्मी प्याकुरेललाई ‘हिरो अवार्ड २०१७’ प्रदान गरिएको युथ फर हयुमन राईटस् इन्टरनेशनले जानकारी दिएको छ ।