Please Update Your Browser.

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुन ९५ दल दर्ता

काठमाडौं, १२ भदौ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागी हुनका लागि आइतबारसम्म ९५ दल दर्ता भएका छन् ।

आइतबार नेपाली कांग्रेस, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातन्त्रिक० लगायत ३१ दल थपिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार नेकपा एमाले र माओवादी केन्द्रलगायत ६४ दलले शुक्रबारसम्म नै आयोगमा आफ्नो दल दर्ता गराएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले इच्छुक दलहरुलाई केन्द्र र जिल्ला स्तरमा दर्ता हुन सूचना गरेको थियो ।

आयोगमा करिब १२० दल आधिकारिक रुपमा दर्ता छन् । जसमध्ये स्थानीय तह निर्वाचनमा ८३ दल दर्ता भएका थिए ।