Please Update Your Browser.

युवा संघ नेपालको सात नम्बर प्रदेशस्तरीय भेलामा के के निर्णय भए ?

धनगढी, १३ भदौं । युवा संघ नेपाल ७ नं. प्रदेशले विभिन्न निर्णय गर्दै पहिलो बैंठक धनगढीमा सम्पन्न भएको छ ।

बैंठकले स्थानीय तहको निर्वाचनको समिक्षा गर्दै आगामी आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा माउ पार्टी नेकपा एमालेले विजयी गराउन संघको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको युवा संघ नेपालका केन्द्रिय सचिव एवम् ७ नं. प्रदेशका संयोजक नरेशकुमार शाहीले जानकारी दिए ।

यस्तै बैंठकले यही भाद्र २० गतेभित्र सबै जिल्ला कमिटीका बैंठक गरी कमिटी निर्माण गर्ने, प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा नेपालको संविधान संशोधनको विषयमा दिनुभएको अभिव्यक्ति देशको राष्ट्रियता र सार्बभौमसत्ताको खिलापमा रहेको भन्दै त्यसको भत्र्सना गर्दै राजिनामाको माग गरेको छ ।

बैंठकले भ्रष्टाचारको अभियोगमा प्रमाणित भई कारबाही भोगेका व्यक्तिलाई चुनावी प्रतिष्पर्धामा अयोग्य मान्नुपर्ने, साधनस्रोतले सम्पन्न ७ नं. प्रदेशको समग्र विकासका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने निर्णय गरेको सचिव शाहीले जानकारी दिए ।

नेकपा एमालेका नेता कर्ण थापाको प्रमुखआतिथ्यमा भएको कार्यक्रममा युवा संघ नेपालका केन्द्रिय सदस्य राजेश खाती, केन्द्रिय सदस्य एवं कैलाली जिल्ला इन्चार्ज मदन रेग्मी लगायतको सहभागिता रहेको थियो ।

यसै गरी युवा संघ नेपालको आसन्न महाधिवेशनमा ७ नं. प्रदेशबाट अध्यक्षमा नरेश कुमार शाहीको दाबी रहने जनाइएको छ ।