Please Update Your Browser.

पाँचथरमा पहिरोकाकारण २० दिनदेखि विद्यालय बन्द, विद्यालय लाग्न अझैं समय लाग्ने

लेखनाथ खतिवडा,

पाँचथर, १४ भदौ । गएको साउन २६ गएको पहिरोबाट बाटो अवरुद्ध भएर वालवालिकाहरु विद्यालय आउँन नसक्दा फालेलुङ गाउँपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझैं सञ्चालनमा आउन सकेको छैन ।

श्रावण २६ गते विहान गएको पहिरोबाट विद्यालय सेवा क्षेत्रका ४१ परिवार विस्थापित भएपछि विद्यालयका २८ बालबालिका विद्यालय जान सकेका छैनन् । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा बस्दै आएका छन् ।

पहिरोबाट घरहरु बस्न नमिल्ने बनेका र ठाँउ–ठाँउमा धाँजा फाटेर विद्यालयपुग्ने बाटो अवरुद्ध बनेपछि विद्यार्थी विद्यालय पुग्न सक्ने अवस्था नरहेको जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति चक्र पाण्डे सुवेदीले बताए ।

“बाटो घाटो सवै वगाएको छ, सबैतिर पानीको दलदल छ” विद्यालयको अनुगमनमा गएका जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति चक्र पाण्डे सुवेदीले भने,–“अनुगमनको क्रममा म आफैँ स्थानीयहरुले सहयोग गरेर मात्र ज्यान बचाउन सकेँ । विद्यालयमा अध्ययनरत २८ वालवालिकाहरुलाई विद्यालय पठाउनुस् भन्ने अवस्था नै छैन” ।

पहिरोका कारण खोलाघारी क्षेत्रका ४१ परिवार आफ्नो बासस्थान छोडेर वुङचिङ डाँडामा वसोबास गरिरहेका छन् । आइतवरवाट विद्यालयलगाउने प्रयास गरेपनिनिरन्तर पानी परेकाकारण विद्यालय सञ्चालनगर्न नसकिएको विद्यायल व्यवस्थापन समितिका अध्यक्ष सोमकुमार राइले बताए ।

निरन्तरको वर्षासँगैको पहिरोले पाँचथरको फालेलुङ ३ र १ मा बढि क्षति गरेको थियो । अझैसम्म पनि निरन्तर पानी परिरहेकाले विद्यालय लगाउन सक्ने अवस्था नभएको स्थानीयको भनाई छ ।

पहिरोकोकारण फालेलुङ ३ कै कालिका आधारभूत विद्यालयमा ङलेवुङ र जनकल्याण आधारभूत विद्यालयलमा समेत एक हप्ता वढि पठन–पाठन अवरुद्ध भएको फालेलुङ गाँउपालिका वडा नं. ३ का वडाध्यक्ष वुद्धिमान सावदेले बताए ।

सिद्धेश्वरी माध्यमिक विद्यालय जिमाहाको कक्षा ७ मा अध्ययन एक वालिकाको निधन भएको थियो भने अर्की सोही कक्षाकी वालिका अझै बेपत्ता भएको सावदेनले बताए ।

फालेलुङ–१ को मोतिराम आधारभूत विद्यालयमा माथिवाट भित्तो खसेर केहीकक्षा कोठाहरुमा क्षति पु¥याएको छ भने हिलिहाङ–६ स्थित लिटिल स्टार इङलिस वोर्डिङ स्कुलचतुरेका ७ वटा कोठाहरु भत्किएका थिए ।

पहिरोको कारण कक्षा कोठाहरु भत्किएपछि एक हप्तासम्म विद्यालय बन्द भएको र अन्यत्र कक्षाको व्यवस्थापन गरि विद्यालय सुचारु गरिएको विद्यालयका प्रिन्सिपल हरिराज लोवाले बताए ।

पहिरोकै कारण विद्यालय बन्द भएको बारे आफूलाई कुनै जानकारी नभएको जिल्ला शिक्षा अधिकारी राजकुमार विश्वकर्माले बताए ।