Please Update Your Browser.

सुरक्षित जीवनका लागि कुलत छाड्ने कि ?

डा. उत्तम खनाल 

जीवन हाँसेर जिउने रहर कसलाई पो नहोला र ! खुसी पाउनका लागि मानिसले के पो नगर्ला र । तर सबै मानिसले खुसी पाउने नाउँमा गरेका कामहरु सहि नहुन पनि त सक्दछन् । आवेग र हतारमा गरेको कर्मको फलले पछि गएर आफ्नै लागि बोझ नबनोस् सच्चा दिलको कामना यहि हो । के सहि के गलत यकिन नगरी गएिको कर्मले भविष्यको स्राप भैदियो भने जीवनमा पछुताउनु वाहेक अरु के हाता पर्दैन । हो यहि जीवन, हाँसेर बाँच्नका लागि, खुसी पाउनका लागि, जीवन देखि निरास भएका केही मानिसले गलत बाटोको साहारा लिन पुगेका छन् । त्यो बाटोले क्षणिक खुसी पनि दिन्छ, जीवनमा आनन्द पनि मिल्ला तर आफूले आफैलाई भित्र भित्रै सखाप पारिरहेको कुरा स्वयम पनि थाहा हुँदैन । यो एउटा यस्तो बाटो हो जहाँ खुट्टा राखेपछि जो कोहि वाहिरिन नसक्ने हालतमा पुग्छ । अनि जीवनको महत्व के कति छ भनेर उसले यति वेला अवगत गर्छ जब जीवनले उसलाई छोड्ने तयारी गर्दै हुन्छ । यहि घडी उ सुध्रिएर बाँच्न चाहान्छ तर समयले साथ दिन सक्दैन । कुलतले खोक्रयाएको त्यो क्षण कसैको वहसमा हुँदैन र धर्तिबाट सदाको लागि विदा हुनुको विकल्प रहँदैन ।  

 

१. के हो  लागुपदार्थ ?

विश्व स्वास्थ्य संगठनका अनुसार “कुनै पदार्थ जसको सेवनबाट प्राणीको क्रियाकलापमा एक वा सो भन्दा वढी परिबर्तन ल्याउँछ”। यसलाई सरल भाषामा भन्दा मानिसको मस्तिष्क वा स्नायुलाई प्रत्यक्ष रुपमा प्रभाव पारी शरिरका अंगहरु ज्यादै शिथिल एवं उत्तेजित वनाउने खालको वस्तुको सेवनलाई लागु पदार्थ भनिन्छ । अर्थात लागुपदार्थ वा लागु औषधी भन्नाले त्यस्ता वस्तुलाई जनाउँछ जसको प्रयोगले मानिसको स्नायु एवं मस्तिष्कमा प्रत्यक्ष प्रभाव पार्दै शरिरका अंगहरुलाई ज्यादै शिथिल तथा उत्तेजित बनाउँदछ । यो एउटा यस्तो लत हो जसमा फसेपछि न छुटकारा पाउन न उन्मुक्ति नै । 

२. कसरी गर्छन् त सेवन ? 

सेवनका आधारमा तुलना गर्ने हो भने लागुपदार्र्थ उपयोग कर्ताले मूलत तीन प्रकारले यसको प्रयोग गरेका छन् भनेर भन्न सकिन्छ । प्रयोगको प्रकृति,स्वरुप र अवस्थालाई मनन् गर्ने हो भने सम्पन्न तथा विपन्न वर्ग विचमा विभेद देखिएको छ । उनिहरुको आर्थिक अवस्थानुसार प्रयोग गरिने वस्तुको छनोट, गुण र मात्रामा फरक फरक वातावरण र परिबेशका अवस्थाहरु रहेको अनुशन्धानबाट खुल्न आएका छन् । कुलघराना परिवारले बढी महंगा वस्तुको प्रयोग गरेका हुन्छन् भने  साधारण परिवारका व्यक्तिले प्रयोग गर्ने वस्तुको मात्रा तथा मूल्यमा अलि कम मूल्यका वस्तुहरु प्रयोग गरेका हुन्छन् ।  प्रयोगको निम्न प्रकृति हुने गरेको छः

क) पेयजन्यः जुन लागुपदार्थ धुवाँको रुपमा पिउने गरिन्छ साथै जसको सेवनबाट नसा नसामा तरंगित वनाउँछ भने त्यस प्रकारको वस्तुलाई पेयजन्य लागुपदार्थ भनिन्छ । जस्तैः गाँजा, चरेस, हिरोइन, कोकिन, स्म्याक आदि । यी वस्तुलाई सेवन कर्ताले धुवाँको रुपमा सर्को मारेर पिउने तत्पश्चात लठ्ठीने गर्दछन् । 

ख) सुग्ने (डेन्ड्राइट)ः नाकको सहायताले सुँघेर गन्धद्वारा लठ्ठीने खालको लागुपदार्थलाई डेन्ड्राइट भनिन्छ । यस्ता पदार्थहरु सुँघ्नेको संख्या शहर वजारमा प्रशस्त भेटिन्छ जसलाई हामी सडकछाप (खाते) को नामबाट चिन्ने गरेका छौं । लागुऔषधको लतमा परेका कारण उनीहरुले जुत्ताको पोलिस, गम आदिलाई प्रयोग गरिरहेका हुन्छन् । त्यसै गरी सम्पन्न परिवारका ब्यक्तिहरुले भने ब्र।उनसुगर, ह्वाईट सुगर सुँघेर पुरै लठ्ठिने गर्दछन् ।

ग) सिरिन्जद्वारा लिईने नसाः कतिपय लागुपदार्थ नसाको माध्यमबाट लिने गरिएको हुन्छ जहाँ उक्त पदार्थलाई प्रयोगकर्ताले सिरिन्जद्वारा शरिरको नसा मार्फत कोष कोषमा सञ्चार गराई झुमहुने वा लठ्ठीने गर्दछन् । जस्तैः– डाइजेपाम, स्टागन,फेनार्गन आदि । यि औषधी अस्पतालमा विरामी उपचारका लागि प्रयोग गरिने हुँदा ईजाजत प्राप्त फारमेशिहरुमा पाईने र विक्रि वितरण हुने गरेका छन् । 

  • ३.सेवनका कारणहरुः लागुपदार्थ कसैले पनि जानेर सेवन गरिरहेको हुँदैन । खास गरी साथीभाईको संगत, व्यस्त पारिवारीक जीवन सैली, एकान्तपनको शिकार, प्रेममा लगातारको असफलता, घरायसि कच्कच् तथा कलह, काममा निरन्तर असफल, सामाजिक अपमान, आर्थिक संकट वा वेरोजगारी, लामो समयसम्मको तिरस्कार जस्ता कारणबाट हारमानी स्वतन्त्र जीवन जिउने वहानामा यसलाई प्रयोगको कारण बनाईनछ । सँधैको हारबाट जीवन बाँच्ने साहाराको रुपमा समेत लागुपदार्थलाई प्रयोग गर्ने गरेका हुन्छन् । नेपालका कैयौ युवा वर्ग यसको चपेटा भित्र रुमलिदै आफू र आफ्नो भविष्य अन्धकारमा डुवाइ रहेका छन् । अत निम्न कारणबाट मानिसहरु लागुपदार्थको कुलतमा फस्ने गरेका छन् ।
  • पारिवारिक वेमेल वा आफ्ना सन्तानलाई समय दिन नसक्नु  
  • गरेको काममा लगातारको असफलता, प्रेममा धोका
  • अनावश्यक चिन्ता, पिर एवं कलहयुक्त तनावबाट मुक्त हुन
  • आत्मसम्मान र पारिवारिक ममताबाट विछिप्तता हुँदाको बखत त्यसबाट छुटकारा पाउन
  • दुव्र्यसनीको संगत तथा लहलहैमा पर्नाले
  • लागुपदार्थ तस्करी गिरोहको आर्थिक प्रलोभन एवं सो सञ्जालको फन्दामा परेर । 

४. परिणाम तथा असरहरुः

लागुपदार्थले शारिरीक, मानसिक र संवेगात्मक पक्षमा नकारात्मक प्रभाव परिरहेको हुन्छ । कुनै असरहरु तत्काल देखिने (अल्पकालिन) हुन्छन् भने कुनै लामो समयपछि मात्र देखिने (दिर्घकालिन) हुन्छन् ।  असरहरु अल्पकालिन हुन या दिर्घकालिन तिनिहरुले मानिसलाई हानी वाहेक अरु कुनै लाभ पु¥याई रहेको हुँदैन । 

क) अल्पकालिन असरः उपयोग कर्तामा प्रयोग पश्चात छिटै देखिने खालका स्वभावहरुलाई अल्पकालिन असर भनिन्छ । यि असरहरु सेवन गरेको केहि समय पछिबाटै देखिन थाल्दछ । जस्तैः झनक्क रिसाउनु, दुब्लाउँदै जानु, स्मरणशक्ति घट्दै जानु, एकोहोरो हुनु, भनेको कुरा नसुनेझै गर्नु वा झस्कनु, सोचाई र काम गराईमा समन्वय नहुनु, भोक कम लाग्नु, शरिर झुम्म भएर लठ्ठीदै जानु, वाक्वाक् लाग्नु वा वान्ता हुनु,  परिवारबाट टाढा टाढा हुँदै जानु आदि ।

ख) दिर्घकालिन असरः यस्ता असरहरु प्रयोग गर्ने मानिसमा समयको केहि अन्तरालपछि मात्र देखिन थाल्दछ । लागुपदार्थको लतमा पुरै डुबेपछि यि असरहरु देखिने हुनाले यति वेला प्रयोगकर्तामा गम्भिर समस्या उत्पन्न भैसकेको हुन्छ । जस्तैः अरुको धनराशी लुट्ने, चोर्ने जस्ता सामाजिक अपराध र विकृतिहरु वढ्दै जानु, बाँझोपन भई निःसन्तान हुनु, मुटु, फोक्सो र रक्तचाप जस्ता समस्याहरु देखापर्नु, एच.आई.भि एवं हेपाटाइटिस वि र सि समेत हुनु, सानसिक सन्तुलन गुमाउँदै जानु, परिवारका सदस्य तथा अन्य व्यक्तिमा विभेद नगर्नु, समाजको अपहेलित पात्र हुनु र समाजिक समस्याका रुपमा खडा हुनु  आदि ।

 खान नपाउँदा औडाहा हुने, भित्र भित्रै पोल्ने, पागलपना देखिने, सन्तुलन गुमेझै हुने, सिथिल हुने, लखतरान भएर ढल्ने जस्ता परिणामबाट मुक्ति पाउनका लागि यसको सेवनलाई निरन्तरता दिनुको अरु कुनै विकल्प ठानेको हुँदैन । यसको रसायनले एक पटक प्रयोग गर्नेलाई दोस्रो पटक खाउँ खाउँ लाग्ने तल्तल् पैदा गराई दिन्छ । उसले विर्सने प्रयास गरेको हुन्छ सुरुसुरुमा तर एक पटक प्रयोग गरौं गरौं भएपछि उसले पुन सेवन गर्छ । भोलि लतको मात्रा झन दोब्बर भएर आउँछ र नपाउँदा सम्म विरामी नै हुन्छ । यसरी बस्छ लत एक पटक खाएपछि, आर्थिक प्रलोभनमा परेर, खराब साथीको सँगत गरेर, दुखबाट उन्मुक्ति पाउँछु भनेर, बदलाको भावना लिएर, तिरस्कार पैदा गराएर, परिवारको माया पाउने अभिलाषा राखेर वा घृणा स्वरुप बदला लिने विचार सिर्जना गरेर ।  

५.कसरी बस्छ लत ? 

लागुपदार्थलाई कानूनले ओसारपसार, विक्रिवितरण, उत्पादन एवं उपभोग गर्न निषेधित गरेको छ । यति हुँदा हुँदै पनि यसको संजाल व्यापक र विस्तार हुँदै विश्वव्यापि समस्याको भयाव रुप बनेको छ ।  यसको उत्पादन कसले र कहाँ गर्छ ? कसरी गरेको छ ? विक्रिवितरण र ओसारपसारमा कस्ता कस्ता व्यक्तिको संलग्नता रहेको छ ? यसको निरन्तर अनुसन्धान भैरहेको छ तर कानूनको आँखा छल्दै आपूर्ति गर्ने र सेवन गर्नेको संख्यामा कुनै कमी आएको छैन । त्यसो भए यसको लतले नै हरेक प्रयोग कर्तालाई अन्तिम विन्दुसम्म जानका लागि सहयोग गरिरहँदो रहेछ ।  लागुपदार्थको प्रयोग गर्छु, कुलतमा फस्छु भनेर जानाजानी कसैले आफूलाई होमिदिएको हुँदैन । यि कृयाकलापमा सामाजिक, पारिवारिक, मानसिक, आर्थिक र मनोवैज्ञानिक घटनाक्रमहरुले भूमिका खेलिरहेका हुन्छन् । अभिभावकले पनि उसको संगत कस्तो छ, कहाँ जान्छ ? को को साथी छन् ? तिनिहरुको स्वभाव र आचरण कस्ता प्रकारका छन् भनेर निगरानी कमै राख्दछन् । समय दिदैनन् र ठानेका हुन्छन् सबै पुरा गरिदिएकै छ, राम्रै होला तर यतिले मात्र अभिभावकको दायित्व पूरा भएको मानिदैन । जब मानिस एकोहोरिन थाल्छ तब विचार गर्नु पर्छ कि उसमा केहि कुरा खेलिरहेको छ, चाहे त्यो राम्रो या नराम्रो पनि हुन सक्छ । बराबर सोधपुछ, छलफल, परामर्श र भावनाहरु आदान प्रदान गरिदिने हो भने गहिरो तल नबस्न पनि सक्छ । हो, मानिसको यहि रुमलिरहेको भावनात्मक संवेदनसिलता माथि कुलतमा फसेका व्यक्ति वा संजालको गिरोहले खेल्ने स्थान पैदा हुन गएमा आज, भोलि र पर्सि गर्दै उसलाई त्यसको तल बस्छ । त्यहि वस्तुको संझना आउन थाल्छ अनि हरेक दिन खाउँखाउँ लाग्छ । खान नपाउँदा औडाहा हुने, भित्र भित्रै पोल्ने, पागलपना देखिने, सन्तुलन गुमेझै हुने, सिथिल हुने, लखतरान भएर ढल्ने जस्ता परिणामबाट मुक्ति पाउनका लागि यसको सेवनलाई निरन्तरता दिनुको अरु कुनै विकल्प ठानेको हुँदैन । यसको रसायनले एक पटक प्रयोग गर्नेलाई दोस्रो पटक खाउँ खाउँ लाग्ने तल्तल् पैदा गराई दिन्छ । उसले विर्सने प्रयास गरेको हुन्छ सुरुसुरुमा तर एक पटक प्रयोग गरौं गरौं भएपछि उसले पुन सेवन गर्छ । भोलि लतको मात्रा झन दोब्बर भएर आउँछ र नपाउँदा सम्म विरामी नै हुन्छ । यसरी बस्छ लत एक पटक खाएपछि, आर्थिक प्रलोभनमा परेर, खराब साथीको सँगत गरेर, दुखबाट उन्मुक्ति पाउँछु भनेर, बदलाको भावना लिएर, तिरस्कार पैदा गराएर, परिवारको माया पाउने अभिलाषा राखेर वा घृणा स्वरुप बदला लिने विचार सिर्जना गरेर ।  

६. कसरी बच्ने या बचाउने त ?

भविष्य वर्बाद होस्, जीवन खेर जाओस् कसैको चाहना हुन्न । मानिसले गरेको काम सुख पाउनकै लागि हो तर सबै काममा सुख हुँदैन । आनन्दका लागि भनेरै गरिएको काम हो पत्रपत्रिका पढ्नु, सिनेमा हेर्नु, कथा कविता पढ्नु, साहित्य लेख्नु, भ्रमण गर्नु, खेलकुदमा भाग लिनु, वियर हुस्की पिउनु तर यि सब कुरामा मानिस जब गहरिदै जान्छ तब त्यसैको लत बस्छ अनि साहित्य लेख्नेका लागि लेखनमै ध्यान जान्छ, पिउनेका लागि पिउनु, घुम्नेका लागि घुम्नु जति मज्जा आउँछ अरु काममा हुँदैन । हो, हरेक मानिसमा केहि न केहि लत बसेकै हुन्छ को तर नराम्रो चिजको लत बसाउनु भने अवस्य हुँदैन । “खाली समय सैतानकको घर” भने झैं जब मानिस फुर्सदिलो हुन्छ मनमा नानाभाँति विचारहरु सलबलाउने समय मिल्छ । आएका ति सबै विचारहरु सहि हुँदैनन् तर उसका लागि त्यो नै ठिक हुन्छ । त्यसकारण हरेक मानिसले आफूलाई कुनै न कुनै काममा संलग्न भई व्यस्त गराएकै राम्रो ।

  • पढ्ने वहानमा उनिहरु कहाँ जान्छन्, कस्ता साथीको सँगत छ, के के गर्छन् अभिभावकले अप्रत्यक्ष निगरानी गर्ने ।
  • घरमा वालबच्चालाई भरपुर समय दिने साथै दिनभरि भए गरेका कामको बारेमा मन्थन गर्ने गराउने ।
  • हरेक अभिभावकले पढ्नैका लागि मात्र दवाव नदिई अतिरिक्त कृयाकलाप गर्न प्रोत्साहन गर्ने ।
  • नाच्यो, गायो, खेल्यो भनेर गाली नगरी समयको सिमा तोकी पढ्न उत्प्रेरीत गर्ने गराउने ।
  • अभिभावकले आफ्ना वालवालिकाहरुको दैनिक क्रियाकलाप बारम्बार निगरानी राख्ने ।
  • कुलतमा लाग्ने आशंका भएका साथीको सँगत नगर्ने, गर्न नदिने र त्यसबाट टाढै बस्ने ।
  •  लागुपदार्थ सम्बन्धी  प्रचारात्मक शिक्षालाई व्यापक वनाउने ।
  • टोलटोलमा पुस्तकालय, वाचनालय, योग तथा व्यायामशालको स्थापना गर्ने ।  
  • समाजमा घुलमिल बढाउन सामाजिक कार्यमा संलग्न रहने वा संलग्न हुन प्ररित गर्ने ।
  • लागुपदार्थ उत्पादन, ओसारपसार, वेचविखन, तथा प्रयोगलाई कडाईका साथ नियन्त्रण गर्ने ।
  • पारिवारीक सम्बन्ध सुमधुर बनाउने वा वच्चाको अगाडी घरमा अनावस्यक झैझगडा नगर्ने ।
  • फूर्सदको समयलाई सदुपयोग गर्न खेलकुद, व्यायाम, गायन, नृत्य, कला, साहित्य लेखन एवं मनोरञ्जनका कृयाकलापहरुमा सरिक हुने ।
  • दुव्र्यसनीलाई त्यस्ता कृयाकलाप त्याग्न सल्लाह दिदै पुनःस्थापना केन्द्रमा लैजाने ।
  • हरेक टोल वा विद्यालयमा खबरदारीका लागि क्लव गठन गराई सक्रियता बढाउने । 

यसरी लागुपदार्थको प्रयोगबाट आफू पनि बच्ने र आफ्ना छरछिमेकीलाई पनि उचित वातावरणमा बाँच्नका लागि सबैले मिलेर हातेमालो गर्नु उचित हुने छ । त्यसको छोराछोरी विग्रिएछ ठिकै भो भनेर तालि बजाउनु भन्दा किन कुलतमा लागेछ, मेरो वच्चाले के गर्दैछ, कस्ताको सँगत छ बारम्बार निगरानी गर्दै उसको समस्या समाधानका उपायहरु खोजितिर लाग्नु नै महनाता हुने छ ।  यति भैदिए सुरक्षित भविष्य निर्माणका लागि जीवनको मूल्य स्पष्ट बोध हुने थियो । 

 नागार्जुन नगरपालिका ८, भिमढुङ्गा । khanaluttam24@yahoo.com मोः ९८४१९५७९६१