Please Update Your Browser.

किलो चरेससहित दुईजना पक्राउ 

दिपायल, १५ भदौ । लागु औषध चरेस ओसार–पसार तथा बिक्री बितरण कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय दिपायल मातहतमा कार्यरत क्षेत्रीय अनुसन्धान समुह (RTI) बाट खटिएको प्रहरी टोलीले बुधबार चरेससहित उनीहरुलाई पक्राउ गरेको हो ।

क्षेत्रीय प्रहरी कार्यालय दिपायलकानुसार पक्राउ पर्नेमा जिल्ला बझाङ् कडेल गाबिस वडा नं. ५ घर भई हाल धनगढी बुद्ध चोक डेरा गरी बस्ने बर्ष ३० का शिवराज उपाध्याय र बझाङ्को खिरातडी ८ घर भई धनगढी ७ देवरीया  बस्ने १६ बर्षका दुर्गा दत्त पन्त रहेका छन् । 

लागुऔषध चरेस बिक्रि बितरण गर्नको लागी धनगढी उप–महानगरपालीका ७ स्थित कैलाली बहुमुखि क्याम्पस जोखरताल जाने बाटोमा से.५ प ७४९३ नम्बरको मोटरसाइकलमा सेतो कट्टामा बेरी लैजादै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । निजहरुबाट २० किलो चरेस र उनीहरुले प्रयोग गरेको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागु औषध बझाङ्बाट आयात गरिएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि प्रहरीको भनाई छ । उक्त कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजिमा RTI सक्रिय रहेको र थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय कैलालीले गरिरहेको पनि बताइएको छ ।