Please Update Your Browser.

अछाममा नयाँ एचआईभी संक्रमित भेटिए

अछाम, १६ भदौ । अछाममा एचआईभी संक्रमित संख्या बढ्दै गएको देखिएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा १८ हजार २ सय ८४ जनाले रगत परिक्षण गराएकोमा ६७ जना नयाँ एच।आई।भि।संक्रमित भेटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका अनुसार करिब सात हजार गर्भवती महिलाको रगत परिक्षण गर्दा एक गर्भवति महिला समेत संक्रमित भएको देखिएको छ । अछाममा १ हजार ५५० बढी एचआईभी एड्स संक्रमित रहेको र हाल ५२९ जना संक्रमितले एआरटी सेवन गर्ने गरेको जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले बताए ।

नेपाल सरकारबाट जिल्ला अस्पताल मंगलसेन र न्याय हेल्थ बयालपाटा अस्पतालबाट एआरटी निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।