Please Update Your Browser.

पूर्व क्षेत्रमा बाढीको खतरा !

काठमाडौं, १६ भदौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाले नेपालका पूर्व क्षेत्रमा बाढीको खतरा रहेको जनाएको छ। झापा, मोरङ, सुनसरी र सप्तरीमा भारी बर्षा हुन सक्ने र त्यसले बाढी आउने जनाएको छ।

शाखाले मेची, विरिङ, कन्काई, सुनसरी खोला, त्रियुगा, कोशी नदीमा बहाव बढेको उल्लेख गरेको छ। साथै कुनैपनि बेला सतर्कता तह पार गर्न सक्ने उल्लेख गरिएको छ।

विभागले पूर्वी पहाडका आकाशमा क्युमोलोनिम्बस बादल जम्मा भएको र त्यसले लगातार ४९५ घण्टा पानी पार्न सक्ने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले पूर्वी क्षेत्रमा भारी बर्षा हुने र अन्य क्षेत्रमा मध्यम बर्षा हुन सक्ने जनाएको छ। बाढी पूर्वानुमान शाखाले भने पहाडी क्षेत्रमा पनि पहिरोको जोखिम रहेको उल्लेख गरेको छ।

क्युमोलोनिम्बस बादल सबैभन्दा मोटो बादल भएको र यो जमिनको केही माथि देखि १० किलोमिटर अग्लो सम्म हुने विभागले आफ्नो ट्वीटमा उल्लेख गरेको छ।

बाढी पूर्वानुमान शाखाले आफ्ना आफन्तहरुलाई नदि किनारामा नजान सुझाउन समेत ट्विटर मार्फत अपिल गरेको छ।