Please Update Your Browser.

सुट प्रेमीका लागि सुटमाडौं

दर्जी दाजुभाई

काठमाडौं, १६ भदौं । इश्वर खोज्न मन्दिर गएजस्तै सुट खोज्नेले “सुटमाडौं” जान पाउने भएका छन् । ग्राहकहरुको उच्च मागलाई मध्यनजर गर्दै मोर्डन तयारी पोसाकले आफ्नो पाँचौ सेवा केन्द्रको रुपमा काठमाडौंको पुतलीसडकमा सुटमाडौं संचालनमा ल्याएको छ । 

एक करोडको अधिकृत पूँजीमा संचालन भएको सुटमाडौंको भदौ १८ गते आइतबार बिहान साढे ११ बजे विधिवत् उद्घाटन गरिने संचालक प्रकाश दर्जीले जानकारी दिए । सुटमाडौंको उद्घाटन रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२ का निवर्तमान डिष्ट्रिक गर्भनर (नेपाल र भुटान) जयालक्ष्मी राज्य शाहले गर्ने कार्यक्रम छ । संचालक दर्जी पनि रोटरी क्लव अफ धनगढीका जोइन्ट सेक्रेटरी हुन् ।

रहर र बाध्यता जुनसुकै कारणले भएपनि राजधानीमा सुट खोज्नेहरुको पहिलो रोजाई बनाउने उद्देश्यका साथ संचालन भएको सुटमाडौंले जुनसुकै प्रकारका अर्डर लिएर निर्धारित समयमा सेवा दिन सक्ने गरि काम गर्ने संचालक दर्जीले बताए ।

के हो त सुटमाडौं ?

सुदूरपश्चिममा मन्दिरलाई माडु, माडी पनि भनिन्छ । अर्थात देउता बस्ने ठाउँलाई माडु, माडीको नामले पुकारिन्छ । जसलाई पवित्र स्थल भनेर बुझिन्छ । देउता खोज्नेहरु त्यहाँ जान्छन् । त्यही विश्वासबाट प्रभाबित भई “सुट”मा “माडौं” जोडेर सुटको माडु अर्थात सुटमाडौं नाम राखिएको संचालक दर्जीले प्रष्ट्याए ।

सुटमाडौंका बिशेषताः

  • नेपालका पहाडी जिल्लामा उत्पादन हुने अल्लोको रेसाबाट तयार गरिएका कपडा ।
  • विश्वस्तरिय इटालियन ब्राण्डका फेबरिक (कपडा) का विभिन्न तयारी पोसाक ।
  • भारतका ब्राण्डेड रेमण्ड, ग्रेसिम, चिनार, रेडइन टेलर जस्ता कम्पनीका फेबरिक उपलब्ध ।
  • अत्याधुनिक प्रविधी यूक्त मेसिनहरुको प्रयोगबाट स्तरिय सिलाई ।
  • ४० वर्षे सिलाई अनुभवको सीप भएका हिक्मत बहादुर दर्जीको कार्य कौसलता पस्किदै ।

सटिङ तथा सुटिङ्का साथसाथै, अफिसियल, बैंक तथा वित्तिय संस्थाका पोसाक, स्कुल तथा कलेजका डे«सहरुको समेत अर्डर लिने सुटमाडौंले बेस्पोक आइटम (अर्डरनुसार नाप लिएर तयार गर्नु) र वर्षौको अनुभवअनुसार नेपालीहरुको औसत साइजमा तयार पारिएका सुटहरु समेत उपलब्ध गराउने जनाएको छ ।

संचालक दर्जीले आफ्नो पुर्खौली पेसालाई आधुनिकीकरण गर्ने दौरानमा मोर्डन तयारी पोसाक उद्योगको पाँचौं सेवा केन्द्रका रुपमा सुटमाडौं संचालन गरेको बताए । 

सुदूर तथा मध्यपश्चिम लगायत नेपालका केही जिल्लाहरुमा बढ्दै गएको मोर्डन तयारी पोसाकको लोकप्रियता र विश्वासलाई थप मजबुत बनाउँन राजधानीमा सुटमाडौं संचालनमा ल्याइएको पनि दर्जीको भनाई छ ।

सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत आफ्ना छ जना दाजु भाइनै अहिले यो पेसामा क्रियाशील रहेको र आगामी दिनमा समेत आफुहरुले यही पेसालाई निरन्तरता दिने बताए ।

२०५१ सालमा सुदूरपश्चिमको कञ्चनपुरमा दर्ता भएको मोर्डन तयारी पोसाक उद्योगका मोर्डन तयारी पोसाक धनगढी, सुटगढी धनगढी, मोर्डन महिला फेसन जोन धनगढी र सुटमाडौं काठमाडौ गरि पाँचवटा सेवा केन्द्र संचालनमा रहेको प्रकाशका सहोदर दाजु तथा मोर्डन तयारी पोसाक उद्योगका संचालक हिक्मत दर्जीले जानकारी दिए । 

दर्जी दाजुभाईले सुटमाडौंको व्यवसायिक बृद्धिका लागि व्यवसायी सुन्दर थापासँगको संयुक्त लगानीमा सुटमाडौं संचालन गरेको पनि बताएका छन् ।

‘मोडर्न ब्राण्ड’ को मोटो (नीति) नै गुणस्तर, सन्तुष्टि र ग्यारेन्टी भएकोले आफ्नो सेवामा सेवाग्राहीलाई गुनासो गर्ने ठाउँ नहुने विश्वास संचालकको छ । 

स्मरणरहोस्, सटिङ् तथा सुटिङ्का तयारी पोसाकहरुको उद्योग संचालन गर्ने काठमाडौंको श्रेष्ठ टेलरिङ् नेपालकै पहिलो टेलरिङ् मानिन्छ भने मोर्डन तयारी पोसाक उद्योग सुदूरपश्चिमकै पहिलो उद्योग हो ।