Please Update Your Browser.

कसले पाए मानवअधिकार महाभेलाको संयोजन र सह–संयोजनको जिम्मा ?

काठमाडौं, १६ भदौ । यस वर्षको राष्ट्रिय मानवअधिकार महाभेलाको संयोजन संकल्प नेपाल र सह–संयोजन युथ एड्भोकेसी नेपालले गर्ने भएका छन् । संकल्प नेपाल शान्ति, न्याय र लोकतन्त्रका लागि काम गर्ने ११ वटा महिला संस्थाहरुको नेटवर्क हो भने युथ एड्भोकेसी नेपालले युवाहरुको हक हितका लागि काम गर्दै आइरहेको छ ।

शुक्रबार काठमाडौंस्थित विओन्ड वेजिङ्गको कार्यालयमा बसेको वैठकले संयोजन र सह संयोजनको जिम्मेवारी क्रमशः संकल्प नेपाल र युथ एड्भोकेसी नेपाललाई दिने निर्णय गरेको दोस्रो राष्ट्रिय मानवअधिकार महाभेलाका संयोजक तथा बैठकका सहभागि गणेश बिकेले जानकारी दिए । बैठकमा राष्ट्रिय मानवअधिकार महाभेला २०७४ को संयोजकको दावा गर्ने संस्थाका प्रतिनिधि, महाभेलाका पुर्व संयोजक तथा उपसंयोजक लगायतको उपस्थिती रहेको पनि उनले बताए ।

विभिन्न सरकारी तथा गैरसरकारी संघ\संस्थाहरुले आ–आफ्नै किसिमले मानवअधिकार दिवस व्यापक रुपमा आयोजना गरी मनाइरहेको अवस्थामा नेपालमा नयाँ संविधान निर्माण र राज्यको पुनःसंरचनाका पक्षमा राष्ट्रव्यापी जनमत सृजना गर्न २०६७ देखि राष्ट्रिय मानवअधिकार महाभेलाको शुभारम्भ गरिएको थियो ।

राष्ट्रिय मानवअधिकार आयोग समेत आयोजक हुने यस कार्यक्रमलाई दक्षिण एशियाकै एकीकृत मानवअधिकार आन्दोलनमा सृजनात्मक कामका रुपमा लिने गरिएको पनि बिकेको भनाई छ ।

नेपालीको मानवअधिकारको रक्षा, लोकतन्त्र, शान्ति र दिगो विकासका लागि मानवअधिकारको क्षेत्रमा क्रियाशील संस्थाहरुले महाभेलाको आयोजना गर्दै आएका छन् ।

उनन्सत्तरिऔं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस–२०१७ को अवसरमा यस पटक नेपालमा नवौं मानवअधिकार राष्ट्रिय महाभेला आयोजना गर्न लागिएको हो । १० डिसेम्बरका दिन यो दिवस मनाइन्छ ।।