Please Update Your Browser.

प्रदेश नम्बर सातमा कुन स्थानीय तह कुन क्षेत्रमा ? (हेर्नुहोस् नामसहित)

मीन ठकुरी\कोसेली न्यूज,

कैलाली, १७ भदौ । प्रदेश नं. ७ मा प्रदेश सभाका लागि सबैभन्दा बढी कैलालीमा १० क्षेत्र निर्धारण गरिएको छ । जानकी गाउँपालिका वडा नं. १, ३, ६ र ७, जोशीपुर गापा, र भजनी नगरपालिका वडा नं. ६ र ८ एक समाबेश गरी एक निर्वाचन क्षेत्र कायम गरिएको छ । टिकापुर नगरपालिका एक क्षेत्र कायम गरिएको छ ।

यस्तै लम्कीचुहा नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ७, मोहन्याल गाउँपालिका वडा नं. ६ र ७ र जानकी गाउँपालिका २, ५, ८ र ९ समावेश गरी एक क्षेत्र कायम गरिएको छ ।

बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका वडा नं. ६, ८, ९ र १० र मोहन्याल गाउँपालिका वडा नं. १, २, ३ र ४ समावेश गरेर क्षेत्र तय गरिएको छ । भजनी नगरपालिका वडा नं. १ देखि ७ र ९, कैलाली गाउँपालिका १ देखि ५, ७ र ८ को एक क्षेत्र कायम भएको छ ।

घोडाघोडी नगरपालिकालाई एक क्षेत्र बनाइएको छ ।

मोहन्याल गापाको ५, गौरीगंगा नपा, गोदावरी नगरपालिका ८ र ९ र चुरे गापा २ र ३ मिलाएर एक क्षेत्र कायम गरिएको छ ।

यस्तै गोदावरी नगरपालिका १ देखि ७, १०, ११ र १२ र चुरे गाउँपालिका १, ३, ५ र ६ को एक क्षेत्र बनाइएको छ । धनगढी उपमहानगरपालिका ७, ८, ९, १०, १२, १४, १५, १६, १७, १८, १९ र कैलाली गाउँपालिका ६ र ९ एक क्षेत्रमा राखिएको छ ।

धनगढी उपमहानगरपालकिा वडा नं. १, २, ३, ४, ५, ६, ११, १३ मिलाएर एक क्षेत्र कायम गरिएको छ ।

कन्चनपुर

प्रतिनिधिसभाका लागि तीन क्षेत्र रहेको कञ्चनपुरमा प्रदेशसभाका लागि ६ क्षेत्र कायम गरिएको छ । पुर्नबास नगरपालिका र लालझाडी गाउँपालिकाको एक क्षेत्र बनेको छ ।

बेलडाँडी गापा र बेलौरी नपाको एक, कृष्णपुर ननगरपालिका र शुक्लाफाँटा नगरपालिका ७, ८, ९, ११ समावेश गरी एक क्षेत्र बनेको छ ।

शुक्लाफाँटा नपा १, २, ३, ४, ५, ६, १०, १२ र बेदकोट ननगरपालिका १, २, ३, ४, ५, ६, ७, ९, १० को क्षेत्र बनेको छ भने बेदकोट नपाका ८ र भिमदत्त नपाका १ देखि १०, १७ र १९ मिलाएर एक क्षेत्र बनाइएको छ ।

भीमदत्त नपा ११ देखि १६ र १८ र महाकाली नगरपालिकालाई समावेश गरि एक क्षेत्र बनाइएको छ ।

अछाम

अछाम साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाको एक क्षेत्र बनेको छ । मल्लेख, रामारोशन र बन्नीगढी जयगढ गाउँपालिका मिलाएर एक क्षेत्र बनाईएको छ ।

कमलबजार नपा १, २, ३, ४, ५, पञ्चदेवल विनायक नपा र तुर्माखाँद गापाको एक क्षेत्र बनेको छ भने कमलबजार नपा ६ देखि १०, मंगलसेन नपा र ढकारी गाउँपालिको एक क्षेत्र निर्धारण गरिएको छ ।

प्रदेश नं. ७ का सात पहाडी जिल्लामध्ये अछाम मात्रै प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र कायम भएको जिल्ला हो ।

डोटी

डोटीका सायल गाउँपालिका, आदर्श, पूर्वचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिका पुरै र शिखर नगरपालिका ७ देखि ११ सम्मका वडाहरु समावेश गरी एक क्षेत्र बनेको छ ।

यस्तै शिखर नगरपालिका १ देखि ६ सम्मका वडाहरु, केआई सिंह, बोगटान, बढीकेदार र जोरायल गाउँपालिकालाई समावेश गरी एक क्षेत्र तय गरिएको छ ।

बाजुरा

बाजुराका हिमाली, स्वामिकार्तिक, पाण्डव गुफा र बुढीनन्दा गापा समावेश गरी एक क्षेत्र बनाइएको छ । यस्तै बडीमालिका नगरपालिका, गौमल गाउँपालिका, छेडेदह गाउँपालिका, बुढीगंगा नगरपालिका र त्रिबेणी नगरपालिकालाई समावेश गरी एक क्षेत्र बनाइएको छ ।

दार्चुला

दार्चुलाको लेकम, मालिकार्जुन, दुहु, व्यास गापा र महाकाली नपा समावेश गरी एक क्षेत्र कायम गरिएको छ ।

यस्तै अपी हिमाल, नौगाड, मार्मा गापा र शैल्यशिखर नपा मिलाएर एक क्षेत्र तय भएको छ ।

बैतडी

बैतडीको डिलासैनीका १, २, ३, ४ र ७, पर्चुडी नपा, सुनार्या गापाका २ देखि ८, पाटन नपा र सिगास गापा समावेश गरेर एक क्षेत्र तय भएको छ ।

डिलासैनीका ५ र ६, सुर्नायाको १, दोगडाकेदार गापा, दशरथचन्द नपा, मेलौली नपा, पञ्चेश्वर गापा र शिवनाथ गापा समावेश भएको अर्को क्षेत्र निर्धारण भएको छ ।

बझाङ

प्रदेश नंं ७ का पहाडी जिल्लाहरुमध्ये सबैभन्दा बढी १२ स्थानीय तह रहेको बझाङ् जिल्लामा पनि प्रदेशका लागि दुई मात्र निर्वाचन क्षेत्र हुने भएका छन् ।

काँडा, सुर्मा, तलकोट, छबिसपाथिभरा, मष्टा, खप्तड छान्ना, थलारा गापाको वडा नं. ९ र जयपृथ्वी नपा समावेश गरि एक क्षेत्र बनाईएको छ ।

स्तै बिथ्थडचौर, केदारस्युँ, दुर्गाथली र थलारा गापा १ देखि ८ र बुङ्गल नपा समावेश गरी एक क्षेत्र कायम गरिएको छ ।

डडेल्धुरा

प्रदेशकै सबैभन्दा कम स्थानीय तह रहेको डडेल्धुरा जिल्लामा पनि प्रदेशसभाका लागि दुई क्षेत्र कायम गरिएको छ ।

परशुराम नपा, आलिताल, भागेश्वर, अजयमेरु गापाका वडा नं. ५ र ६ समावेश गरि एक क्षेत्र निर्धारण गरिएको छ भने अमरगढी नपा, नवदुर्गा, गन्यापधुरा र अजयमेरु गापाका १ देखि ४ सम्मका वडाहरु समावेश गरि अर्को क्षेत्र कायम गरिएको छ

संबिधानको धारा १७६ को उपधारा १ को खण्ड (क) अनुसार प्रत्येक्षतर्फ कायम हुने सदस्य संख्यालाई साठी प्रतिशत मानी बाँकी चालीस प्रतिशतमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था अनुसार यस प्रदेशमा २१ जना समानुपातिकतर्फबाट सदस्य संख्या कायम हुनेछन ।