Please Update Your Browser.

सुदूरपश्चिमवासीका लागि अर्को खुसी, सौर्य एअरलाइन्सद्वारा काठमाडौं–धनगढी उडान सुरु

धनगढी, १७ भदौं । सौर्य एयरलाइन्सले काठमाडौं–धनगढी रुटमा सेवा विस्तार गरेको छ । नेपालको आन्तरिक हवाई यातायातमा पहिलोपटक जेट जहाज सेवा भित्र्याएको सौर्यले शुक्रबाट काठमाडौं–धनगढी रुटमा सेवा विस्तार गरेको हो ।

सौर्य एयरलाइन्सले हरेक दिन दिउँसो १२ः१५ बजे काठमाडौंबाट र १३ः२५ बजे धनगढीबाट काठमाडौंका लागि उडान भर्ने सौर्य एयरलाइन्स प्रालिले जनाएको छ । सौर्य एयरको सेवा सञ्चालनपछि काठमाडौं–धनगढीको उडान समय बढीमा ४५ मिनेटको हुने बताइएको छ । अहिले अरु एअरलाइन्सको उडान समय ७५ मिनेटसम्मको हुने गरेको छ ।

दुई वर्षदेखि ५० सिट क्षमताको एउटा जहाजबाट आन्तरिक उडान सुरु गरेको सौर्यले क्यानडामा निर्मित ‘सीआरजे २०० जेट जहाज’ सञ्चालन गर्दै आएको छ । सो एयरलाइन्सले हाल काठमाडौंदेखि नेपालगञ्ज, विराटनगर, भद्रपुर र भैरहवासम्म हवाई सेवा सञ्चालन गरिरहेको सौय एयरलाइन्स प्रालिका मार्केटिङ चिफ गोपाल भट्टराईले बताए । सौर्यको भाडादर धनगढी काठमाण्डौ ४९,०० रहेकोछ ।

सौर्य एयरलाइन्सले काठमाण्डौं–धनगढीमा सेवा विस्तार गरेपछि धनगढी विमानस्थलमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपमेयर शुसिला भट्ट मिश्रले जनताको सेवा सुविधाका लागि सौर्य एलाइन्सले विश्वसनियताको वाताबरण बनाउनु पर्ने बताइन् । एलाइन्सले भयरहित वातावरणमा सेवा दिनुपर्ने भन्दै उनले सूचनाको आदान प्रदान गरेर यात्रुलाई ढुक्क र सुरक्षित यात्राको विश्वशनीयता हुन आवश्यक रहेको औल्याइन् ।