Please Update Your Browser.

गौरा महोत्सव सकियो, देउडामा कैलाली वहुमुखी क्याम्पसको पुरुष समुह पहिलो

धनगढी, १७ भदौ । सुदुरपश्चिमबासीको महान पर्व गौराको अवसरमा धनगढीमा जारी गौरा महोत्सव हिजो शुक्रबार सम्पन्न भएको छ ।

राष्ट्रीय लोक तथा दोहरी गित प्रतिष्ठान कैलाली र युवा विकास केन्द्रको सयुक्त आयोजना सुरु भएको महोत्सवको एक कार्यक्रमका विच गौरीगंगा नगरपालिका मेयर भीम देउवाले समापन गरे । सो अवसरमा वोव्दै देउवाले सुदुरपश्चिमको मौलिक संस्कृति सवै मिलेर जगाउनु पर्नेमा जोड दिए ।

महोत्सव समापनको अवसरमा कला संस्कृति र साहित्यको क्षेत्रमा योदना पुराउने विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरिएको छ । साहित्यकार मणीराज जोशी, गायक भोजराज भाट, पत्रकार नवराज पनेरु लगायतलाई सम्मान गरिएको हो ।

अघिल्लो वर्षदेखि गौरा महोत्सव आयोजना गर्न सुरु गरिएको हो । सुदुरपश्चिमको मौलिक कला संस्कृतिको संरक्षण गर्नका लागि महोत्सवलाई आगामी वर्षमा पनि निरन्तरता दिने राष्ट्रीय लोक तथा दोहरी गित प्रतिष्ठान प्रदेश नम्वर ७ का संयोजक सुरत रावत डोटेली कान्छाले जानकारी दिए ।

गौरा महोत्सवको अवसरमा आयोजना गरिएको राष्ट्रीय देउडा प्रतियोगिता पनि सकिएको छ । प्रतियोगितामा कैलाली वहुमुखी क्याम्पसको पुरुष समुह प्रथम भएको छ ।

यस्तै कालीकोटको समुह दोस्रो कैलाली वहुमुखी क्याम्पसको महिला समुह तेस्रो र तारानगरको महिला समुह सान्त्वना भएको छ ।

विजयीलाई क्रमशः दश हजार एक सात हजार एक पाँच हजार एक र तीन हजार एक नगद सहित पुरस्कार वितरण गरिएको महोत्सव आयोजक समितीका संयोजक युवराज जोशीले बताए ।

देउडा प्रतियोगीतामा सुदुर र मध्यपश्चिमका १४ वटा टिमले सहभागीता जनाएका थिए ।