Please Update Your Browser.

सद्भावनाका पूर्व सांसद यज्ञजित शाह, अधिकारकर्मी लिली थापा लगायत चारजना एमालेमा प्रवेश

लिली थापा

काठमाडौं, १७ भदौ । पूर्व सांसद यज्ञजित शाह नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले प्रदेश सम्पर्क संगठन किमटी प्रदेश नम्बर २ को आज एमाले पार्टी कार्यालय धुम्वाराहीमा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा शाह एमाले पार्टी प्रवेश गरेका हुन् ।

शाह सद्भावना पार्टीबाट २०५६ सालमा रुपन्देही जिल्लाको पाँच नम्बर क्षेत्रबाट निर्वाचित सांसद हुन् । पूर्व प्रधानमन्त्री डा. के आईसिंहका कान्छा छोरा शाहलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अबिर लाएर खादा ओढाई पार्टी प्रवेश गराएका हुन् ।

यस्तै सोही भेलामा मानवअधिकारका लागि महिला एकल महिला (डब्लूएचआर) की संस्थापक अध्यक्ष लिली थापा पनि नेकपा एमाले पार्टी प्रवेश गरेकी छिन् ।

यस्तै सोही कार्यक्रममा झापाका डा. प्रेमल कुमार जोशी, नेपाली कांग्रेसका चर्चित युवा नेता अचुत सापकोटा पनि एमालेमा प्रवेश गरेका छन् ।