Please Update Your Browser.

पाँचथरमा फेरी पहिरो, १२ परिवार थप जोखिममा

लेखनाथ खतिवडा,

पाँचथर, १७ भदौ । निरन्तर वर्षाका कारण पाँचथरमा पुन १२ घर जोखिममा परेका छन् । पहिरोले फालेलङ गाँउपालिका र फिदिम नगरपालिका १३ का गरी १२ घरमा जोखिममा परेका हुन् । शुक्रबार गएको पहिरोले फालेलुङ ५ लुङमादिनका ६ घर परिवार र फिदिम १३ गुर्धुमका ६ परिवार पहीरोको जोखिममा परेका हुन् ।

पहिरोमा परेर फालेलङका भिम साँवा र थिरबहादुर साँवाको घरमा क्षति भएको स्थानीस सन्दिप थाम्सुहाङले बताएका छन् । त्यस्तै दिपक केरुङ, कान्तिवहादुर साँवा, गणेश साँवा, विष्णु साँवाका घरहरु समेत उच्च जोखिममा रहेका छन् ।

जोखिममा परेका उनीहरुलाई छिमेकिका घरमा बसेको थाम्सुहाङले बताएका छन् । यसअघि साउन २६, २७ र २८ गते गएको पहिरोका कारण फालेलुङ गाँउ पालिका १ र ३ मा मात्रै ११४ परिवार विस्थापित भएका थिए । पहिरोमा परि २ जनाको मृत्यु भइसकेको छ भने अन्य २ जना अझै वेपक्त छन् । विस्थापितहरु स्थानीय विद्यालय र सार्वजनिक स्थलमा पाल टागेर बसेका छन् ।

त्यसैगरी फिदिम नगरपालिका १३ को गुर्धुमा शक्रवार राति गएको पहिरोका कारण ६ घर जोखिममा परेको छन् । पहिरो प्रभावित क्षेत्रमा नाँगिन प्रहरी चौकिको टोलि खटिएको र थप विवरण आउन बाकि रहेको पाँचथरका प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिए ।